माओ कसरी क्रान्तिकारी बन्नुभयो ?
- माघ २५, २०८१
हनोई, भियतनाम, २५ जुलाई (एएफपी) । भियतनामको राजधानी हनोईमा बिहीबार भियतनामी कम्युनिस्ट पार्टीका नेता गुयेन फु ट्रोङको अन्त्येष्टिका लागि उच्च अधिकारीसहित हजारौँ नागरिक भेला भएका छन् ।
गत साता राजधानी हनोईको एक सैनिक अस्पतालमा वृद्धावस्थाका कारण देखिएका गम्भीर रोगका कारण निधन भएका ८० वर्षीय उहाँ दशकौँपछि भियतनामले पाएको सबैभन्दा शक्तिशाली नेता हुनुुहुन्थ्यो ।
भियतनामका धेरै वरिष्ठ नेताहरूको अन्तिम विश्रामस्थल माई डिच समाधिस्थलमा शुक्रबार अपराह्न ३ः०० बजे ट्रोङको अन्त्येष्टि गरिनेछ भने बिहीबारदेखि नै सर्वसाधारणका लागि श्रद्धाञ्जलीका लागि राखिएको छ ।
सन् २०११ देखि पार्टीको नेतृत्व गर्दै आएका ट्रोङ सन् १९८६ मा देशको अर्थतन्त्रको उदारीकरणपछि लगातार तीनपटक पार्टीको नेतृत्व सम्हाल्ने पहिलो नेता हुनुहुन्छ ।
उहालाई पार्टी, प्रहरी, सशस्त्र बल र व्यवसायमा फैलिएको भ्रष्टाचारविरोधी उच्च प्रोफाइल अभियानका लागि भियतनामी जनताले सम्मान गर्ने गरेका छन् भने कतिपय विश्लेषकहरूले यसलाई राजनीतिक कलहसँग पनि जोडिएको बताउने गरेका छन् ।
मध्य हनोईस्थित राष्ट्रिय अन्त्येष्टि गृहमा नेताको ठुलो चित्र र दर्जनौँ पदकमुनि झन्डा ढाकिएको ट्रोङकोे कफिन राखिएको छ भने कफिन वरपर पहेँलो फूलको गुच्छा र धूप बालिएको छ ।
कालो र सेतो हेडब्यान्ड लगाएका ट्रोङको परिवारले शोकसन्तप्त शुभचिन्तक तथा आपन्तजनहरूलाई अभिवादन गर्दै अन्त्येष्टिमा कुनै पनि परम्परागत नगद खाम वा फूलहरू नदिन अनुरोध गरेका छन् ।
“शोक अवधिभर देशभरका सबै झन्डा आधा झुकेका छन् भने मनोरञ्जन र खेलकुदका कार्यक्रमस्थगित गरिएको छ । महासचिवको निधनले पार्टी, राज्य, जनता र परिवारका लागि अपूरणीय क्षति भएको छ,” पोलिटब्युरो सदस्य लुओङ कुओङले भन्नुभयो ।
ट्रोङको मृत्युको घोषणा हुनुभन्दा एक दिनअघि सत्ताको बागडोर सम्हालेका राष्ट्रपति तो लामसहित देशका शीर्ष पार्टी पदाधिकारीले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न हनोइ पुगेका दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सो र क्युवाका सभामुख एस्टेबान लाजो हर्नान्डेजलगायत विदेशी अधिकारीसमेतले उहाँप्रति सम्मान व्यक्त गरेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम र वासिङ्टनबिचको गहिरो सम्बन्धका हिमायतीको रूपमा ट्रोङको प्रशंसा गर्नुभएको थियो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी ट्रोङलाई ‘रुसको साँचो मित्र’ को रूपमा प्रशंसा गर्नुभएको थियो ।
सिंगापुरको आइएसईएएस–युसोफ इशक इन्स्टिच्युटका सिनियर फेलो ले होङ हिपले भन्नुभयो, “ट्रोङको नेतृत्वमा भियतनामले सबै प्रमुख शक्तिराष्ट्रसँग सन्तुलित विदेश नीति कायम गर्न सफल भएको छ ।”
“यसका कारण भियतनामले महत्वपूर्ण आर्थिक विकास हासिल गर्न सफल भएको छ र अब सन् २०३० सम्ममा उच्च मध्यम आय भएको अर्थतन्त्र बन्ने बाटोमा छ,” उहाँले एएफपीसँग भन्नुभयो ।
ट्रोङको खराब स्वास्थ्यका कारण सन् २०२६ को पार्टी महाधिवेशनसम्म उनी सत्तामा रहन नसक्ने अनुमान गरिएको थियो । उहाँको रोगको विवरण सार्वजनिक गरिएको छैन ।
Leave a Reply