भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू

  • पुष २८, २०८१

-जेरेमी कुजमारोभ

सन् २०२४ नोभेम्बरको आरम्भमा बारबारा बोन्टेले युक्रेनी जमिनका ठुलाठुला चक्लाको खरिदबिक्री बाक्लिएकोमा चिन्ता जाहेर गरिन् । युक्रेनी जग्गा किन्नेहरूमा धेरै त अमेरिकाका निजी लगानीकर्ता छन् भने केही साउदी कृषि–उद्योग तथा लगानी कम्पनी छन् । बोन्टे युरोपेली सङ्घको संसद्मा बेल्जियमकी सांसद हुन् ।

युरोपेली संसद्लाई सम्बोधन गर्दै उनले लेखिन्, “विभिन्न रिपोर्ट हेर्दा खासगरी अमेरिकी र केही साउदी कृषि उद्योग एवम् लगानी कम्पनीले ठुलो आकारमा युक्रेनको खेतीयोग्य जमिन खरिद गरिरहेका छन् । उदाहरणको लागि कार्गिल, एडिएम, ब्ल्याकरक, ओकट्री क्यापिटल म्यानेजमेन्ट र बुन्ज लिमिटेडजस्ता कम्पनीले युक्रेनको धेरैजसो खेतीयोग्य जमिनमाथि नियन्त्रण गरेको रिपोर्ट छ ।”
त्यसपछि बोन्टेले दुइटा प्रश्न उठाइन् :

१. युरोपेली सङ्घको रणनीतिक खाद्यान्न आपूर्ति निर्भरतामाथि अमेरिकी स्वार्थसिद्ध गर्ने बहुराष्ट्रिय कम्पनीहरूले युरोपेली कृषियोग्य भूमिको बेचबिखनले पार्ने प्रभावबारे (युरोपेली) आयोगको बुझाइ के छ ? यस प्रभावलाई आयोगले कसरी सम्बोधन गर्ने सोचेको छ ?

२. यसबाट संरा अमेरिका युक्रेनलाई दिएको सैन्य सहयोगको क्षतिपूर्ति गर्न खोजिरहेको देखिन आउँछ । युक्रेनी कृषियोग्य भूमि र त्यसबाट आउने नाफामाथि नियन्त्रण जमाएर उसले युद्धपछिको दृश्यमा आफ्नो भूराजनीतिक उपस्थिति सुनिश्चित गर्न चाहेको छ । युक्रेनबाट मिठोमिठो मात्र टिप्नबाट संरा अमेरिकालाई कसरी रोक्ने ? त्यो स्थितिमा अङ्गभङ्गहरूसँग सम्झौता गर्नुबाहेक युरोपको हातमा केही पर्ने छैन । आयोगले यसको समाधान कसरी गर्ने सोचेको छ ?
बोन्टेका प्रश्नहरूमा युक्रेन युद्धको भित्री नियत छर्लङ्ग खुलेको छ । युक्रेनी राष्ट्रपति भोलोमिर जेलेन्स्कीलाई संरा अमेरिका र युरोपेली देशहरूले सघाउनुको कारण उनको प्रश्नबाट बाहिर आएको छ ।

वैदेशिक लगानीकर्ताहरूलाई चढाइएको कोसेली हेर्दा पुराना युद्धहरूको झल्को मिल्छ । विगतका युद्धहरूमा पनि पश्चिमाहरूले आफ्ना युवा पुस्तालाई कर्पोरेट कम्पनीहरूको नाफाको बलिवेदीमा चढाउँदै आएका थिए ।
युद्ध र चोरी
पश्चिमा कर्पोरेसनहरूले धमाधम युक्रेनको खेतीयोग्य भूमि कब्जा गर्दै छन् । यसबारे विस्तृत प्रतिवेदन सन् २०२३ मा प्रकाशित भएको थियो । ओकल्यान्ड संस्थानले प्रकाशित गरेको उक्त प्रतिवेदनको शीर्षक थियो, ‘युद्ध र चोरी : युक्रेनको कृषि भूमिमाथिको अधिग्रहण’ । (ओकल्यान्ड संस्थान अमेरिकाको क्यालिफोर्नियास्थित ओकल्यान्डमा रहेको स्वतन्त्र नीति अनुसन्धान संस्था हो ।)

खाद्यान्न सुरक्षाका सल्लाहकार फ्रेडरिक मुस्यो तथा कोर्नेल विश्वविद्यालयका विद्यावारिधि छात्र त् डेभिलर्सले लेखेको उक्त प्रतिवेदन युक्रेनको भूमिकाबाट सुरु हुन्छ । प्रतिवेदनको सुरुमै युक्रेन ‘युरोपको खाद्यभण्डार’ हो भनी लेखिएको छ । युक्रेनको ३ करोड ३० लाख एकड जमिन खेतीयोग्य छ । युक्रेनी भूमि ‘विश्वकै सबैभन्दा उब्जाउ खेतको ठुलो हिस्सा’ युक्रेनमा छ ।

सन् २०२१ मा जेलेन्स्कीले संरचनात्मक समायोजन कार्यक्रमको एउटा हिस्साको रूपमा भूमिसुधार कार्यक्रम लागु गरेका थिए । पश्चिमा वित्तीय संस्थानहरूको संरक्षणमा त्यो समायोजन कार्यक्रम ल्याइएको थियो । त्यसैले नयाँ भूमिसुधारले अमेरिकी कम्पनीहरूलाई युक्रेनी जमिन खरिद गर्ने बाटो खोल्यो ।

(‘युद्ध र चोरी’ प्रतिवेदनअनुसार जथाभावी निजीकरण र भ्रष्ट शासनको बिजारोपण सन् १९९० को दशकको आरम्भमै भएको थियो । यी नीतिका कारण जमिनको लालपुर्जा जति नवकुलीन वर्गको हातमा थुप्रियो । त्यसपछि युक्रेन अनेक विदेशी स्वार्थको केन्द्र बन्यो । अमेरिकाका निजी जग्गा कारोबारीहरू र साउदी अरबका कम्पनीहरूले साइप्रस र लक्जेम्बर्गकै हाराहारीमा युक्रेनलाई कर नलाग्ने ट्याक्स हेभन देशको सूचीमा राखे ।)
संरचनात्मक समायोजन कार्यक्रममा युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचले आपत्ति जनाएका थिए । उनलाई अमेरिका प्रायोजित मैदान विद्रोहमार्फत सन् २०१४ मा सत्ताच्युत गरियो ।
जेलेन्स्कीको ‘भूमिसुधार’ पछि दुई क्रिमिया बराबरको ५० लाख हेक्टर जमिन निजी क्षेत्रले हाकाहाकी ‘चो¥यो’ ।

चोरहरूमध्ये एउटा थियो गोल्डमेन साख्स । यो वालस्ट्रीटको लगानी कम्पनी हो । यसका प्रतिनिधि बाइडेन सरकारमा समेत छन् । सन् २०२२ अप्रिलमा यसले नेदरल्यान्डको ‘एनएन इन्भेस्टमेन्ट पार्टनर्स होल्डिङ्स एनभी’ कम्पनी किनेको थियो । नेदरल्यान्डको यो कम्पनी युक्रेनको सबैभन्दा ठुलो जमिनदार कम्पनी ‘कार्नेल होल्डिङ्स एसए’ को प्रमुख सेयरधनी हो । त्यसैगरी उसको ठुलो सेयर युक्रेनको अर्को ठुलो जग्गाधनी कम्पनी ‘आसतार्ता’ मा पनि छ ।

(उपराष्ट्रपतिको पदमा छँदा जो बाइडेनले युक्रेनी नेता पेत्रो पोरोशेन्कोलाई ब्ल्याकमेल गरेका थिए । बाइडेनले युक्रेनका महान्यायाधिवक्ता भिक्टर शोकिनलाई तुरुन्तै बर्खास्त नगरे अन्तर्राष्ट्रिय मुद्राकोषले दिने भनेको १ अर्ब डलरको ऋण रोकिदिने धम्की दिएका थिए । खासमा त्यसबेला शोकिनले युक्रेनको सरकारी प्राकृतिक ग्यास कम्पनी ‘बुर्मिसा’ मा भइरहेको घोटालाबारे छानबिन गरिरहेका थिए । बुर्मिसाले जो बाइडेनका छोरा हन्टरलाई आफ्नो बोर्ड सदस्यको रूपमा नियुक्त गरेको थियो जबकि हन्टरसँग तेल र ग्यास उद्योगमा काम गरेको अनुभव थिएन । कार्नेल र आसातार्ता कम्पनीमा फ्लोरिडास्थित ताम्पामा रहेको लगानी कम्पनी ‘कोर्पेनिक ग्लोबल इन्भेस्टर्स, एलएलसी’ को पनि सेयर छ । यस कम्पनीसँग ४ अर्ब ९७ करोड डलर बराबरको जम्मा धन छ ।)
सन् २०२४ को राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसलाई ४५ हजार ४७३ डलर र सन् २०२० को निर्वाचनमा जो बाइडेनलाई ९८ हजार ५५१ डलर चन्दा दिने भेनगार्ड ग्रुप कौडीको मोलमा युक्रेनी भूमि खरिद गर्ने वालस्ट्रीटको अर्को कम्पनी हो ।

सन् २०२० को निर्वाचनमा भेनगार्डले बर्नी स्यान्डर्सलाई १३ हजार ५७३ डलर चन्दा दिएको थियो । स्यान्डर्स रुसविरुद्ध युक्रेनको अडानको पक्षमा थिए । सन् २०२२ मा सो कम्पनीले सिनेटर राफेल वार्नकलाई ११ हजार ३७० डलर चन्दा दियो । जर्जिया राज्यका डेमोक्रेटिक नेता वार्नक युक्रेन युद्धका पक्षधर थिए । त्यस्तै भेनगार्डले डेमोक्रेटिक उम्मेदवार जोन फेटरमानलाई ८ हजार १४९ डलर चन्दा दियो । उनी युक्रेनलाई सहयोग बढाउनुपर्ने विचारका हुन् । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध विशेष सैन्य कारबाही सुरु ग¥यो । लगत्तै भेनगार्डले पुटिनको निन्दा गर्दै र युक्रेनप्रति ऐक्यबद्धता जनाउँदै सार्वजनिक वक्तव्य नै जारी ग¥यो ।)

अमेरिकाका केही ठुला कर्मचारी सञ्चय कोष, प्रतिष्ठानको कोष तथा विश्वविद्यालय अनुदानलाई युक्रेनी भूमिमा लगानी गरिएको छ । यो रकमलाई ‘एनसीएच क्यापिटल’ मार्फत लगानी गरिन्छ । ‘एनसीएच’ अमेरिकाको निजी लगानीकर्ता कम्पनी हो । यसको मुख्यालय न्युयोर्कको रकफेलर प्लाजामा छ । यो कम्पनी युक्रेनको पाँचौँ ठुलो जग्गाधनी कम्पनी हो । यसको हातमा २ लाख ९० हजार ७४९ हेक्टर युक्रेनी जमिन छ ।

(‘युद्ध र चोरी’ प्रतिवेदनमा उल्लेख भएअनुसार ‘एनसीएच’ ले युक्रेनमा ‘एग्रोप्रोस्पेरिस’ कम्पनीमार्फत काम गर्छ ।)
‘एनसीएच क्यापिटल’ माथि गैरकानुनी ढङ्गले जग्गा कब्जा, करछली र अवैध वित्तीय धन्दा गरेको आरोप छ । सन् २०१५ मा यसका संस्थापक तथा कार्यकारी प्रमुख जर्ज रोहर युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्को र अमेरिकी वाणिज्यमन्त्री पेन्नी प्रित्जकरबिच भएको उच्चस्तरीय बैठकमा सहभागी थिए । सोही बैठकपछि युक्रेनले अन्तर्राष्ट्रिय मुद्राकोषको संरचनात्मक समायोजन कार्यक्रममा सहमति जनाएको थियो । सहमति जनाएबापत युक्रेनलाई ओबामा सरकारले १ अर्ब डलरका दुई ऋण सुनिश्चित गरिदिएको थियो ।

(‘एनसीएच क्यापिटल’ को स्थापना सन् १९९३ मा जर्ज रोहर र मोरिस टाबासिनिकले गरेका थिए । उनीहरू सोभियत सङ्घको विघटनपछि फैलिएको निजीकरणको उन्मादमा आहाल खेलेका व्यापारी हुन् । उनीहरूले लगातार विभिन्न कोष बनाएर त्यस भेगका जमिनलाई कौडीको मोलमा किन्ने वा लीजमा लिने धन्दा चलाएका थिए । उनीहरू अन्न तथा सिमी उब्जाउने विशालकाय चक्लाहरू जोर्न चाहन्थे । यसरी उनीहरू युक्रेन र रुसमा गरी ७ हजार हेक्टर जमिनको भूमि बैङ्क खडा गर्न सफल भए । पश्चिमका प्रमुख वित्तीय संस्थाबाट अकूत लगानी जम्मा गरेपछि ‘एनसीएच क्यापिटल’ ले यो रकमलाई बहुद्देश्यीय कम्पनीको माध्यमबाट साइप्रस र साइमन टापुजस्ता कर नलाग्ने देशमा पठायो । यसरी स्थानीय कम्पनीहरूसँग मिलेर उसले थप जग्गा हडप्न संयुक्त लगानी कम्पनी बनायो ।)

‘एनसीएच क्यापिटल’ का लगानीकर्ताहरूमा डो केमिकल, हनिवेल, लकहीड मार्टिनका साथै हार्वर्ड युनिभर्सिटी, मिसिगन युनिभर्सिटी र वेलेज्ली कलेजका अनुदान कोष पनि छन् । ‘डो केमिकल’ नेपाम र एजेन्ट ओरेन्जजस्ता कुख्यात विस्फोटकको उत्पादक हो । ‘हनिवेल’ र ‘लकहीड’ युद्धबाट अकूत नाफा कमाउने कम्पनी हुन् ।

‘ओपन सिक्रेट्स डट कम’ मा प्रकाशित रिपोर्टअनुसार ‘एनसीएच क्यापिटल’ ले डेमोक्रेटिक पार्टीका उम्मेदवारहरूलाई अचाक्ली चन्दा दिएको छ । किनभने, उनीहरू नै युक्रेनमा अमेरिकी हस्तक्षेपका हर्ताकर्ता हुन् । उनीहरूले युक्रेनलाई अरबौँ डलरको सैन्य तथा वित्तीय सहयोग दिलाउँदै आएका छन् ।

सन् २०२४ मा ‘एनसीएच क्यापिटल’ ले क्यालिफोर्निया डेमोक्रेटिक प्रतिनिधि जिम्मी पेनेटालाई ५ हजार डलर चन्दा दियो । उनको निर्वाचन क्षेत्रमा रहेका सान्टा क्रुज, मोन्टेरे र सान होजेमाथि आँखा गाड्दै कम्पनीले चन्दा दिएको थियो । पेनेटा अमेरिकी जलसेनाका पूर्व अफिसर हुन् भने पूर्व ‘सिआइए’ प्रमुख लियोन पेनेटाका छोरा हुन् ।

(सन् २०२४ को निर्वाचनमा ‘एनसीएच क्यापिटल’ ले सबैभन्दा बढी चन्दा दिएका रिपब्लिकन उम्मेदवार रोजर विकर हुन् । उनी सिनेटको हतियार सेवा समितिका पदाधिकारी हुन् । उनले युक्रेनमा तीव्र गतिमा सैन्य सहयोग पठाउन पहल गरेका थिए । उनले खुलेर रुसविरुद्ध आणविक आक्रमण गर्नुपर्छ भन्दै आएका छन् । त्यस्तै ‘एनसीएच क्यापिटल’ ले डेमोक्रेटिक उम्मेदवार रित्ची टोरेसलाई १ हजार डलरको चन्दा दियो । टोरेस ब्रोङ्सका सांसद हुन् । उनले सदनमा मतदान हुँदा युक्रेनमा सैन्य सहयोग पठाउन तीनपल्ट मत दिए । उनले भने, “संरा अमेरिका स्वतन्त्रताका लागि लड्ने स्वतन्त्रता सेनानीहरूलाई सघाउनेबाहेक अर्को विकल्प छैन । यसप्रकारको सहयोग अहिले युक्रेनलाई दिनुपर्छ । पुटिनको आक्रमणविरुद्ध आत्मरक्षा गर्ने मुद्दा नै हाम्रो प्राथमिकता बन्नुपर्छ ।” ‘एनसीएच क्यापिटल’ ले डेमोक्रेटिक सांसद जोस गोटहाइमरलाई ५ सय डलर चन्दा दियो । गोटहाइमर क्लिन्टनका चेला हुन् । उनी युक्रेनलाई सैन्य सहयोग दिनुपर्ने पक्षमा छन् ।)

जिम्मी पेनेटा ‘सदनमा युक्रेनलाई प्रचुर सहयोग दिनुपर्ने’ मतका प्रवक्ता हुन् – ‘द सान लुइ ओबिस्पो ट्रिब्युन’ ले उनीबारे यही लेखेको छ । उनले ‘राष्ट्रिय सुरक्षा प्याकेज’ पारित गर्न भूमिका खेलेका थिए । सो ‘प्याकेज’ अनुसार युक्रेनलाई ६१ ऋर्ब डलरको सुरक्षा सहयोग दिइएको छ । उक्त ‘प्याकेज’ मा रुसबाट खोसिएको धन युक्रेनले बेच्न सक्ने प्रावधान पनि समावेश छ ।

(पेनेटाले युक्रेन मानव अधिकार नीति ऐनका मस्यौदाकार र प्रस्तावकसमेत हुन् । यसलाई अमेरिकाका दुवै शासक दल र दुवै सदनले पारित गरेका थिए । यस ऐनले मानव अधिकार उल्लङ्घनका लागि रुसलाई जवाफदेही मान्छ । त्यस्तै पेनेटाले ‘सीमाहीन ऐन’ मा पनि हात हालेका छन् । यसले रुसका युद्ध प्रयासहरूमा सैन्य सहयोग दिएकोमा चिनियाँ कम्युनिस्ट पार्टीलाई दोषी मान्छ । पेनेटा सदनबाट एउटा प्रस्ताव पारित गराउन लागिपरेका छन् । सो प्रस्तावले युक्रेनी बालबालिकालाई जबरजस्ती धर्म सन्तान बनाएकोमा रुसको निन्दा गर्छ र ती बालबालिकालाई आफ्नै देश र परिवारकहाँ फिर्ता पठाउन आह्वान गर्छ ।)

सन् २०२४ अगस्टमा पेनेटाले युक्रेनको भ्रमण गरेर राष्ट्रपति जेलेन्स्कीलाई भेटे । लगत्तै जेलेन्स्कीको तारिफ गर्दै उनले वक्तव्य जारी गरे । वक्तव्यमा पेनेटाको दाबी थियो – थप सहयोग पठाउनका लागि कानुन पारित गर्न सदनमा हामीले गरेको मिहिनेतको फलस्वरूप लडाइँको मैदानमा अमेरिकी सहयोगको उचित प्रयोग भएको देखेर र सुनेर म गदगद भएँ ।

युक्रेनी कृषिमा लगानी गरिरहेका ‘एनसीएच’ लगायत अन्य कम्पनीहरूले पश्चिमा वित्तीय संस्थाहरूबाट ऋण लिएका छन् । खासगरी पुनर्निर्माण तथा विकासका लागि युरोपेली बैङ्क (इबीआरडी), युरोपेली लगानी बैङ्क (ईआइबी) र अन्तर्राष्ट्रिय वित्तीय कर्पोरेसन (आइएफसी) ले ती कम्पनीलाई ऋण दिएका हुन् । (आइएफसी विश्व बैङ्ककै निजी शाखा हो ।)

ओकल्यान्ड संस्थानको प्रतिवेदनले बहुराष्ट्रिय कर्पोरेसन तथा स्थानीय धनाढ्यहरूको प्रचुर लगानीसामु टिक्न नसकेका युक्रेनका साना किसानको पनि चर्चा छ । आफ्नो जग्गा जोगाउन, विस्थापनबाट बच्न र गरिबीको दलदलबाट उम्किन ती किसानलाई ऋणको खाँचो छ तर तिनलाई ऋणमा पहुँच छैन । युक्रेनका कतिपय किसान अमेरिका भासिएका छन् । खेतीपातीको काम खोज्दै उनीहरू अमेरिकाका मध्यपश्चिम क्षेत्र पुगेका छन् । त्यहाँ काम गरेर जहानपरिवार पाल्न उनीहरू देशमा रेमिट्यान्स पठाउँछन् ।

(लन्डनस्थित ‘गोल्डमेन साख्स’ का कर्मचारीले यसबिच परदेशी युक्रेनीहरूलाई खोज्दै काउबोय जुत्ता र टोपी उपहार दिएको देखियो । जबकि ‘गोल्डमेन साख्स’ ले पनि युक्रेनको कृषिमा लगानी हालेको छ ।)

प्रतिवेदकमुस्यो र डेभिलर्सले लेखे, “विश्व बैङ्कले साना किसानलाई सहयोग गर्न स्थापना गरेको ‘आंशिक ऋण ग्यारेन्टी कोष’ मा ५४ लाख डलर मात्र छ । कृषि व्यापारमा सक्रिय भीमकाय कम्पनीहरूलाई सो बैङ्कले उपलब्ध गराएको ऋणको तुलनामा यो हात्तीको मुखमा जिरासिवाय केही होइन ।”

मुस्यो र डेभिलर्सले जोड दिएर लेख्छन् – पश्चिमा सहयोग संस्थाले युक्रेनलाई अरबौँ डलर उपलब्ध गराउँदा “एकैबाजी संरचनात्मक समायोजन कार्यक्रमजस्ता सर्त थोपरिन्छ । सरकारी खर्च कटौती गर्नुपर्ने, सामाजिक सुरक्षामा खर्च घटाउनुपर्ने, अर्थतन्त्रमा प्रमुख क्षेत्रलाई निजीकरण गर्नुपर्ने सर्त लादिन्छ ।”

(सरकारी खर्च कटौतीको नीतिभित्र कर्मचारीको पेन्सन र ज्याला घटाउनुपर्ने† पानी र ऊर्जा आपूर्तिको सरकारी बन्दोबस्तीमा ‘सुधार’ गर्नुपर्ने, बैङ्क तथा युक्रेनी अर्थतन्त्रका अन्य हिस्सालाई निजीकरण गर्नुपर्नेजस्ता क्रियाकलाप पर्छन् । यी नीतिका कारण युक्रेन ऋणको बोझमुनि थिचिँदै छ ।)

‘भूमि बजार बनाउनुपर्ने’ सर्त पश्चिमा सहयोग पाउन पूरा गर्नुपर्ने मूल सर्त थियो । ‘बहुमत युक्रेनी जनताले विरोध गर्दागर्दै पनि सन् २०२० मा राष्ट्रपति जेलेन्स्कीले त्यो सर्त पूरा गरिदिए । यो सर्तका कारण कृषि क्षेत्रमा भ्रष्टाचार बढ्ने र शक्तिशालीहरूको स्वार्थले कृषिमा नियन्त्रण जमाउने तर्क राख्दै युक्रेनी किसान विरोधमा उत्रेका थिए ।’ नभन्दै आज युक्रेनमा त्यही भइरहेको छ ।

(प्रतिवेदनमा सन् २०१९ र २०२० मा कृषियोग्य भूमिको बेचबिखनसम्बन्धी कानुनमा सरकारले हेरफेर गरेपछि युक्रेनी जनता विरोध प्रदर्शनमा उर्लेको प्रसङ्ग उल्लेख छ ।)

प्रतिवेदकद्वय मुस्यो र डेभिलर्साको विचारमा ठुला कृषि व्यापारीहरूलाई सघाएर अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले “व्यवहारतःजमिन हडप्ने काममा टेवा दिनुका साथै सिन्थेटिक साधन, जीवाश्म इन्धन र ठुलो आकारमा एकप्रजाति (मोनोक्रपिङ) को भारी प्रयोगमा आधारित औद्योगिक कृषि मोडललाई उत्साहित गरेका छन् ।” लेखकद्वय लेख्छन्,“यो मोडल वातावरण तथा समाजका लागि अत्यन्त हानिकारक भएको पुष्टि गर्ने धेरै प्रमाण छन् ।”

यसको विपरीत युक्रेनका साना किसानहरूलाई तिनको जग्गा–जमिनबाट बेदखल गरिँदै छ । यसको अर्थ के भने “पर्यावरणमैत्री कृषि, वातावरणीय दिगोपन र स्वस्थ खाना उत्पादन गर्ने फरक शैलीको उत्पादन मोडललाई सर्वत्र फैलाउन ठुलो प्रतिरोध तथा कौशलको आवश्यकता छ ।”

‘युद्ध र चोरी’ प्रतिवेदनमा युद्धपछिको युक्रेनको स्पष्ट तस्बिर देख्न सकिन्छ । युद्धपछि युक्रेनको थप भूमि निजीकरणमा जानेछ । युद्धबिच नै अति मोटाइसकेका कर्पोरेट लगानीकर्ताहरूले पछि पनि नाफा कुम्ल्याउनेछन् ।
सरकारले कार्यान्वयनमा ल्याएको भूमि निजीकरणलाई युक्रेनका बहुसङ्ख्यक जनता खारेज गराउन चाहन्छन् । तर, यसैबिच पश्चिमा कम्पनीहरू मालामाल हुँदै छन् । त्यसकारण, जेलेन्स्की सरकारलाई पश्चिमाहरू आफ्नो कारिन्दा ठान्छन् ।
(कुजमारोभ ‘कोभर्ट एक्सन म्यागेजिन’ का प्रबन्ध सम्पादक हुन् । उनी सन् २०१८ मा मन्थ्ली रिभ्यु प्रेसले प्रकाशित गरेको ‘द रसियन्स आर कमिङ अगेन’ का लेखक पनि हुन् ।)

एमआर अनलाइन । सम्यक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *