भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

अध्यक्ष बिजुक्छेँसँग शाननानका उपमेयरको भेट

  • श्रावण १२, २०८१

भक्तपुर,  साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपालको उत्तरी छिमेकी देश जनवादी गणतन्त्र चीनको सिचाङ (तिब्बत) को शाननान नगरपालिकाका उपमयेर मु योङ वनको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले  भेटघाट ग¥यो ।

अध्यक्ष बिजुक्छेँले उतिबेला काठमाडौँ उपत्यकावासीलाई तिब्बती भाषा अहिलेका पुस्तालाई अङ्ग्रेजी भाषाजस्तै आउने प्रसङ्ग उल्लेख गर्दै नेपालमा सरकारहरूको परिवर्तन, बरोबरको भूकम्प, भक्तपुरको साफू कोठामा आगलागीलगायत घटनाबाट अभिलेख नष्ट भएको बताउनुभयो ।चीनका यात्री ह्वेङ साङको यात्रा विवरणको आधारमा लुम्बिनी उत्खनन भएको, युरोपेली आउनुअघि संस्कृत र तिब्बती भाषामा नेपालको अभिलेख भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेपाली विद्यार्थीलाई तिब्बती भाषा र तिब्बतीलाई नेपाली भाषा पढाउने कार्यक्रमले अभिलेख खोज्न मद्दत गर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले नेपाली छोरी भृकुटीको तत्कालीन तिब्बतका राजा स्रङचनगम्पोसँग विवाहको बेलाका ठाउँहरू नेवारी नाममा रहेको बताउनुभयो ।
पहिले काठमाडौँ उपत्यकाका किसानका छोरीहरूलाई घरबाटै कपडा बुन्न सिकाइन्थ्यो, अहिले कपडा कारखानाहरूको विकाससँगै त्यस्तो सिकाइने काम हराएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले कठिन परिस्थितिमा तिब्बतको विकासको अनुभव नेपालीलाई उपयोगी हुने बताउनुयो ।

शाननान नगरपालिकाका उपमेयर योङ वनले आफू १२ वर्षपछि पुनः नेपाल आउन पाएको उल्लेख गर्दै नेपालको संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चीनका १५ सयदेखि २ हजार रेल दैनिक युरोपलगायत देशमा गुड्ने उल्लेख गर्दै उपमेयर योङ वनले बीआरआईको मर्म दक्षिणपूर्वी एसियालाई केन्द्र बनाई पूर्वाधार विकास गर्ने रहेको बताउनुभयो ।

पछाडि पारिएको तिब्बतमा अहिले विकासमा अगाडि बढेको चर्चा गर्दै शाननानका उपमेयरले सन् १९९४ सम्म तिब्बतमा हवाईजहाज र गाडीको यात्रा कठिन भएको र अहिले रेलको यात्रा सजिलो भएको बताउनुभयो ।

चीनको ४० प्रतिशत कुल गार्हस्थ उत्पादन इन्टरनेटबाट भएको उल्लेख गर्दै शाननानका उपमेयरले भौतिक विकाससँगै इन्टरनेटको विकास जरूरी रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका र तिब्बतको इतिहासको अध्ययनसँगै सांस्कृतिक आदानप्रदान जरूरी भएको उल्लेख गर्दै उपमेयर वनले ४–५ वर्षभित्र नतिजा आउने गरी यस क्षेत्रमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भृकुटीको विवाहको बेला तिब्बतको केन्द्र शाननान भएको उल्लेख गर्दै उहाँले भृकुटीको विवाहबारे नाटक तयार गर्नुपर्ने बताउनुभयो ।
उपमेयर वनले भन्नुभयो, “भृकुटीको नाताले नेपाल–तिब्बत आफन्त पर्छ ।”

पार्टी अध्यक्ष बिजुक्छेँले पार्टीका प्रकाशनहरू प्रदान गर्दै नेपाल र चीन आफन्त पर्ने दुई परिवार भएको उल्लेख गर्नुभयो ।

शाननानका उपमेयर वनले पार्टी अध्यक्ष बिजुक्छेँलाई शाननानको नक्सा र तस्बिर पुस्तक उपहार प्रदान गर्नुभयो ।

भेटघाटमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थिति थियो ।
शाननान नगरपालिकाको तर्फबाट लि हाओ लु, नियन चा, ऊचीन छ्युचन, लुओ शाङ छ्रेन, ची चोङको सहभागिता थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *