भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए

  • पुष २८, २०८१

कराकस, २७ पुस (टेलिसुर) । राष्ट्रियसभामा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति निकोलस मादुरोले अमेरिकी समर्थनमा अस्थिरता निम्त्याउन खोज्ने षडयन्त्रमाथि विजयी भएकोमा उत्सव मनाउनु स्वाभाविक भएको बताउनुभएको छ ।

“हामी एक महान ऐतिहासिक गठबन्धन हौँ, जुन २० औँ शताब्दीको अन्त्यमा भेनेजुयलाको इतिहास परिवर्तन गर्ने घटनाहरूबाट सुरु भयो । हामी राष्ट्रवादी, क्यारिबियाली र ल्याटिन अमेरिकी विचारधारालाई मूर्त रूप दिने ऐतिहासिक गठबन्धन हौँ,” उहाँले १२० भन्दा बढी देशका प्रतिनिधिमण्डलहरू सम्मिलित समारोहमा भन्नुभयो ।

“हाम्रो विचारधारा विदेशबाट ल्याइएको होइन, हामीभन्दा अघिका पुस्ताको सङ्घर्षको जराबाट निस्किएको हो । भेनेजुयलाको इतिहास हाम्रो राजनीतिक संस्कृतिको दृढ सङ्कल्प, शक्ति र आत्मिक भावनाले लेखिनेछ ।” उहाँले भन्नुभयो ।
मादुरोले अन्तर्राष्ट्रिय मञ्चमा भेनेजुयलाको शक्ति शान्ति, संवाद र वार्ताको कूटनीतिमा आधारित रहेको बताउनुभयो । यद्यपि, यो दृष्टिकोण कायम राख्न निरन्तर प्रयास चाहिन्छ ।

“कायरहरूलाई कसैले सम्मान गर्दैन । तिनीहरूको षडयन्त्रलाई लात, अपमानित र चकनाचुर पारिएको छ । साम्राज्यको अधीनमा बस्ने र यसको दास बन्नेहरू शैतानसँग सम्झौता गर्नेहरू जस्तै हुन् – उनीहरूलाई थुकिन्छ, जलाइन्छ, प्रयोग गरिन्छ र त्यसपछि खारेज गरिन्छ, “क्यानडा र पानामाको वर्तमान अवस्थालाई खतरनाक अधीनताको उदाहरणको रूपमा उल्लेख गर्दै मादुरोले भन्नुभयो ।

“हामी कहाँ खडा छौँ भनेर जान्न महत्वपूर्ण छ । यदि हामी यहाँ छौँ किनभने भेनेजुयला राज्यले संरा अमेरिका र यसको ल्याटिन अमेरिकी उपग्रहहरूद्वारा बनाइएको स्पष्ट विश्वव्यापी सञ्चार षड्यन्त्रविरुद्ध वैध रक्षाको अधिकार प्रयोग गरेको छ । तिनीहरूले भेनेजुयलाको राष्ट्रपति चुनावलाई विश्वव्यापी चुनावमा परिणत गरे र हामीले तिनीहरूलाई परास्त ग¥यौं ।” मादुरोले घोषणा गर्नुभयो । “बोलिभारियाली शक्तिले साम्राज्यवाद र यसको छलको कूटनीतिलाई पराजित गर्यो । तिनीहरूले हामीलाई जित्न सकेनन् । भेनेजुयलाका जनतालाई कसैले पनि वशमा राख्न सक्दैन,” उहाँले जोड दिनुभयो ।

राष्ट्रपति मादुरोद्वारा ह्युगो चाभेजको विरासतप्रति आफ्नो बफादारीको पुनः पुष्टि शुक्रबार भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोले सन् १९९९ मा कमाण्डर ह्युगो चाभेजले सुरु गरेको बोलिभारियाली क्रान्तिप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्नुभएको छ ।

उहाँले आफ्नो उद्घाटन समारोहमा समाजवादी आदर्शप्रति आफ्नो समर्पणलाई पुनः पुष्टि गर्नुभयो जसमा १२० देशका २,००० भन्दा बढी प्रतिनिधिहरू उपस्थित थिए । २०३१ सम्म विस्तारित कार्यकालको लागि राज्य प्रमुखको रूपमा आफ्नो पहिलो भाषणमा, मादुरोले बोलिभारियाली क्रान्तिका नेताको मृत्युपछि आफ्नो पहिलो सपथग्रहण समारोहको सम्झना गर्नुभयो ।

“हाम्रो जीवनमा सदा रहिरहनुहुने अमर, अजेय र प्रिय कमाण्डर चाभेजलाई बिदाइ दिएर हामी त्रसित र टुटेको मन लिएर आएका हौं । मैले लगाएको स्यास उहाँको स्यास थियो किनभने मैले उहाँको विरासत, उहाँको ध्ये, उहाँको सङ्घर्ष र उहाँका सपनाहरूप्रति पूर्ण वफादारीको कसम खाएको थिएँ,” उहाँले भन्नुभयो ।

“ह्युगो चाभेजले २१ औँ शताब्दीमा सबै दक्षिण अमेरिकी भूमिहरूबाट स्पेनी साम्राज्यलाई निष्कासित गर्ने पुरुष र महिलाहरूको विचार, परियोजना र मौलिक सपनाहरू ल्याउने ऐतिहासिक उपलब्धि हासिल गर्नुभयो ।”

“यदि भेनेजुयला भनिने यस भूमिका मानिसहरूको ५००–वर्षीय इतिहासको विशेषता हो भने, यो सबै प्रकारका प्रभुत्व, औपनिवेशिकता र साम्राज्यवाद विरुद्धको वीरतापूर्ण र असाधारण प्रतिरोध हो,” मादुरोले औँल्याउनुभयो ।

“म सधैं लोकप्रिय शक्ति, आदिवासी जनजाति, श्रमिक वर्ग, आम जनताप्रति वफादार रहनेछु,” उनले बोलिभारियाली क्रान्तिलाई दैनिकरूपमा निर्माण गर्नेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो ।

मादुरोले मातृभूमिलाई धोका दिने र भेनेजुयलालाई विदेशबाट आक्रमण गर्नेहरूलाई सन्देश पनि दिनुभयो, बोलिभारियाली संविधानले “साम्राज्यवादी षड्यन्त्रहरूको अवहेलनामा जन्मिएको कानुन र न्यायको शासनद्वारा शासित लोकतान्त्रिक, सामाजिक राज्यको ग्यारेन्टी दिन्छ ।”

“यो संविधान हाम्रो गणतन्त्र इतिहासमा पहिलो पटक जनताले लेखेको र अनुमोदन गरेको हो । यसलाई जनताले बचाएका छन् । आज हामी भन्न सक्छौं कि यो संविधान विजयी छ र भेनेजुयला शान्तिमा छ,” पुनः निर्वाचित राष्ट्रपतिले जोड दिनुभयो ।

मादुरोले राष्ट्रपतीय स्यासको प्रतीकात्मक महत्वलाई पनि प्रकाश पार्नुभयो, जुन समुदायका पुरुष र महिलाहरूले बुनेका थिए ।

“कराकासका छिमेकीहरूका नम्र महिलाहरूको हातबाट हाम्रो राष्ट्रपतिको स्यास प्राप्त गर्दा मैले ठूलो सौहाद्र्ध भावना महसुस गरेँ । यो एक विशेष स्यास हो किनभने यसले मानिसहरूको आशीर्वाद बोक्छ । जनतालाई, म भन्छुः म तपाईंको झोला साथमा बोकेको छु ।

राष्ट्रपति मादुरोद्वारा चिनियाँ र ओपेक प्रतिनिधिमण्डलसँग भेटघाट
राष्ट्रपति निकोलस मादुरोले चिनियाँ र ओपेक प्रतिनिधिमण्डलसँग भेटघाट गर्नुभएको छ । शुक्रबार उहाँले चीनको राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष वाङ तोङमिङको नेतृत्वमा रहेको चिनियाँ सरकारको प्रतिनिधिमण्डल र पेट्रोलियम निर्यात गर्ने देशहरू (ओपेक) र ग्यास निर्यात गर्ने देशहरूको फोरम (जीईसीएफ) सङ्गठनको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग भेटघाट गर्नुभयो ।

यो पहिलो भेट मादुरोको उद्घाटनको सन्दर्भमा भएको थियो, जसले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको रूपमा चिन्हित गर्छ ।

परराष्ट्रमन्त्री तन गिल र उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजको उपस्थितिमा भएको बैठकले भेनेजुयला र चीनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि थप आशाजनक भविष्य निर्माण गर्ने उद्देश्यलाई प्रकाश पारेको छ ।

यो भेटले दुवै सरकारको सहयोगलाई अझ प्रगाढ बनाउने प्रतिबद्धताको प्रतीकमात्र होइन, सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको पाँच दशकभन्दा लामो समयदेखिको मित्रतालाई पनि सुदृढ बनाउँछ ।

सन् १९९९ मा ह्युगो चाभेजको सत्तामा प्रवेश गरेपछि यो गठबन्धन थप सुदृढ भएको थियो र मादुरो प्रशासनमा विकास हुँदै गइरहेको छ ।

त्यतिमात्र होइन, ओपेक र ग्यास निर्यात गर्ने देशहरूको मञ्चका प्रतिनिधिहरूसँग मादुरोको बैठकले भेनेजुयलाको विश्वव्यापी ऊर्जा बजारमा आफ्नो स्थिति सुदृढ पार्ने चासोलाई हाइलाइट गर्दछ ।

राष्ट्रपतिको उद्घाटन समारोहमा भाग लिन मोहम्मद हमेल र हैथम अल घैसजस्ता नेताहरूको काराकास आगमन भेनेजुयलाको लागि अन्तर्राष्ट्रिय समर्थन र मादुरोलाई वैध राष्ट्रपतिको रूपमा मान्यताको प्रमाण हो ।

चिनियाँ प्रतिनिधिमण्डलसँगको यो भेट र ऊर्जा क्षेत्रका वरिष्ठ अधिकारीहरूसँगको भेटले भेनेजुयलाको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र चुनौतीपूर्ण विश्वव्यापी परिप्रेक्ष्यमा रणनीतिक गठबन्धनलाई बलियो बनाउने प्रयासमा महत्वपूर्ण क्षणलाई प्रतिबिम्बित गर्दछ ।

यी प्रयासहरूले २०३१ सम्म चल्ने नयाँ राष्ट्रपति चक्रमा परिणाम दिने अपेक्षा गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *