भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति

  • पुष २८, २०८१

-नर्मन सोलोमन

राष्ट्रपति बाइडेनले भर्खरै इजरायललाई हतियार ढुवानीका लागि ८ अर्ब डलरको सम्झौता अनुमोदन गरेको समाचार सप्ताहन्तमा फैलियो । एक अज्ञात अमेरिकी अधिकारीले बाचा गरे, “हामी इजरायलको रक्षाको लागि आवश्यक क्षमताहरू प्रदान गरिरहनेछौँ ।” एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले गत महिना गाजामा इजरायलका कार्यहरू नरसंहार हो भनी निष्कर्ष निकालेपछि बाइडेनको निर्णय उनको राष्ट्रपतित्वकालको नयाँ कदम थियो ।
बाइडेनमाथि व्यक्तिगतरूपमा ध्यान केन्द्रित गर्नु तार्किक छ । इजरायलमा ठुलो परिमाणमा हतियार पठाउन जारी राख्ने उनको छनोट निर्णायक र आपत्तिजनक छ । तर, राष्ट्रपतिको नरसंहार र काङ्ग्रेसको ठुलो बहुमतको सक्रिय स्वीकृति संयुक्त राज्य अमेरिकाको प्रमुख मिडिया र समग्र राजनीतिसित मेल खान्छ ।

गाजा युद्ध सुरु भएको चालीस दिनपछि, एनी बोयरले न्युयोर्क टाइम्स पत्रिकाको कविता सम्पादकको पदबाट आफ्नो राजीनामाको घोषणा गरिन् । एक वर्षभन्दा बढी पछि, उनको कथनले गाजाको विनाशको कारण यति धेरै उदार संस्थाहरूको नैतिक विश्वसनीयता किन ध्वस्त भएको छ भनी छर्लङ्ग पार्छ । जब बोयरले गाजाका जनताविरुद्ध इजरायली राज्यको अमेरिकी–समर्थित युद्धको निन्दा गरिन्, उनले दृढतापूर्वक देशको अग्रणी उदारवादी समाचार सङ्गठनबाट आफूलाई अलग गर्ने विकल्प रोजिन् ।

“यो अव्यावहारिक पीडामा हामीलाई अभ्यस्त गराउन खोज्नेहरूको ‘व्यावहारिक’ स्वरमा म कविता लेख्न सक्दिनँ । अब कुनै घृणित प्रयोक्ति छैन । अब मौखिकरूपमा शुद्धीकरण गरिएको बहानाहरू सफल छैनन् । थप युद्धपिपासु झूटमात्र बाँकी छन् ।” बोयरले भनिन् ।

अनुकूलन प्रक्रिया चाँडै नियमित भयो । यो सबैभन्दा महत्वपूर्ण रूपमा राष्ट्रपति बाइडेन र उनका बफादारहरूद्वारा उत्प्रेरित गरिएको थियो, जो विशेषगरी त्यसले वास्तवमै के गरिरहेको थियो भनेर बहाना सिर्जना गर्न उत्प्रेरित थिए ।
मुख्यधारका पत्रकारहरूको लागि समाचार सम्पादन प्रक्रियाले भाषा र मानवताको एक सुसङ्गत स्तरमा विश्वासको इच्छुक निलम्बन आवश्यक थियो । जब बोयरले यसको गाजा कभरेजको गम्भीर महत्वलाई तीव्रताका साथ बुझिन्, उनी ‘अखबारको रेकर्ड’ बाट पछि हटिन् ।

युद्धको पहिलो छ हप्ताको सामग्री विश्लेषणले पत्ता लगाएको थियो कि न्युयोर्क टाइम्स, वासिङ्गटन पोस्ट र लस एन्जलस टाइम्सद्वारा छापिएका समाचारहरूमा प्यालेस्टिनीहरूप्रति एक ठाडो अमानवीय प्रवृत्ति थियो । तीनवटा समाचारपत्रले ‘द्वन्द्वमा इजरायली मृत्युलाई असमानतापूर्वक जोड दिए’ र “इजरायलीहरूको हत्याको वर्णन गर्न भावनात्मक भाषा प्रयोग गरे, तर प्यालेस्टिनीहरूको हत्यामा गरेनन्” द इन्टरसेप्टको अध्ययनले देखाएको छ ।
सम्पादक र संवाददाताहरूले ६० देखि १ जनासम्मको इजरायलीविरुद्ध प्यालेस्टिनीहरूको हत्यालाई वर्णन गर्न ‘हत्या’ शब्द प्रयोग गरेका थिए र इजरायलीहरूविरुद्ध प्यालेस्टिनीहरूको १२५ देखि २ जनासम्मको हत्यालाई वर्णन गर्न ‘नरसंहार’ प्रयोग गरिएको थियो । हत्यालाई वर्णन गर्न ‘भयानक’ शब्द प्रयोग गरिएको थियो । तर प्यालेस्टिनीहरूको हत्यालाई ‘मृत्यु’ मा अवमूल्यन गरिएको थियो ।

गाजा युद्धको एक वर्षपछि, अरब–अमेरिकी इतिहासकार राशिद खालदीले भने, न्यूयोर्क टाइम्सजस्ता विचारका अङ्गहरूमा मेरो आपत्ति यो हो कि उनीहरूले इजरायली दृष्टिकोणबाट सबै कुरा हेर्छन् । ‘यसले इजरायललाई कसरी असर गर्छ, इजरायलीहरूले यसलाई कसरी हेर्छन् ?’ सम्पूर्ण पश्चिमाहरूको विश्व दृष्टिकोणको केन्द्रमा इजरायल छ र यो सामान्यतया हाम्रो कुलीनवर्गका लागि साँचो हो । इजरायलीहरूले धेरै चतुरताका साथ, गाजाबाट प्रत्यक्ष रिपोर्टहरू रोकेर इजरायलकेन्द्रित परिप्रेक्ष्यलाई अझ बलियो बनाए ।

खालिदले सङ्क्षेपीकरण गरे ः मुख्यधाराको मिडिया पहिलेजस्तै अन्धो छ, कुनै पनि राक्षसी इजरायली झूटको लागि, शक्तिको लागि स्टेनोग्राफरको रूपमा काम गर्न वासिङ्गटनमा भनिएको कुरा दोहो¥याउन तयार छ ।
पूर्वाग्रही मिडिया वातावरणले बाइडेन र उनका प्रख्यात तर्कवादीहरूलाई हुकबाट बाहिर निकाल्न र कथालाई आकार दिनको लागि मार्ग सहज बनायो, जटिलतालाई समान व्यवहारको नीतिको रूपमा लुकाइयो । यसैबिच, इजरायलको हतियार र गोला बारुदको शक्तिशाली वृद्धि र आपूर्ति संरा अमेरिकाबाट आउँदै थियो । उनीहरूले मारेका प्यालेस्टिनीहरूमध्ये झन्डै आधा बालबालिका थिए ।

ती केटाकेटी र तिनीहरूका परिवारका लागि, नरकको बाटो राम्रो दोहोरो विचारको साथ प्रशस्त गरिएको थियो । जब गाजामा त्रासदी चलिरहेको थियो, कुनै पनि पत्रकारले बाइडेनलाई टेक्सासको उभाल्डेमा व्यापकरूपमा निन्दा गरिएको स्कूल गोलीबारीको समयमा बोलेको जस्तो कदम पाउँदैनन्, राष्ट्रपतिले तुरुन्तै सम्बोधन गरेका थिए । “त्यहाँ अभिभावकहरू छन् जसले आफ्नो बच्चालाई फेरि कहिल्यै देख्न सक्दैनन्, बच्चा गुमाउनु भनेको आफ्नो आत्मा टुक्रा टुक्रा हुनुजस्तै हो … यो भाइबहिनी, हजुरबा हजुरआमा र उनीहरूको परिवारका सदस्यहरूले र पछाडि छोडिएको समुदायले साझा गरेको भावना हो । अनि उसले विनम्र स्वरमा सोध्यो, हामी किन यो नरसंहारमा बाँच्न तयार छौँ ? हामीले किन यस्तो हुन दिनु ?

उभाल्देमा भएको नरसंहारमा १९ बालबालिकाको मृत्यु भएको थियो । गाजामा भइरहेको दैनिक नरसंहारले केही घण्टामै सयौँ प्यालेस्टिनी बालबालिकाको ज्यान लियो । जब बाइडेनले जातीय सफाया र सामूहिक हत्यालाई स्वीकार गर्न अस्वीकार गरे, जसलाई उनले नै सम्भव बनाइरहेका थिए । उनको कदममा डेमोक्र्याटहरूले मौनता वा अन्य प्रकारको सहयोग गरे । एक लामो समयदेखि चलिरहेको चाल भनेको ‘दुई–राज्य समाधान’ को लागि समर्थन पुष्टि गरेर आवश्यक नरसंहारका लागि हतियार आपूर्ति गर्नु हो ।

क्यापिटल हिलमा प्रभुत्व जमाउँदै, एक अस्पष्ट सिद्धान्तले प्यालेस्टिनी जनतालाई व्यावहारिक राजनीतिको लागि मार्न योग्य छ भन्ने धारणा राखेको छ । सिनेटर चक शुमर र प्रतिनिधि हकिम जेफ्रीजजस्ता पार्टी नेताहरूले अन्यथा सङ्केत गर्न वस्तुतः केही गरेनन् ।

समग्र मिडिया वातावरण अलि धेरै भिन्न थियो तर प्यालेस्टिनी नागरिकहरूको लागि कम घातक थिएन । गाजा युद्धले मुख्य धाराको व्यापक मिडिया कभरेज प्राप्त गर्यो, जुन समयको साथ कमजोर हुँदै गयो† प्रभावहरू धेरै हदसम्म निरन्तर हत्यालाई ‘सामान्य मृत्यु’ बनाउनका लागि थिए । पीडाको बारेमा केही असाधारण रिपोर्टिङहरू अस्तित्वमा थिए । तर, विश्वासपूर्वक बाइडेनको कमजोर युद्धविराम प्रयासहरूलाई निर्धारित खोजहरूको रूपमा अपहरण गर्दै पत्रकारिताले बिस्तारै पृष्ठभूमिको आवाजसँग मिल्दोजुल्दो मिडिया वातावरण निर्माण गरेको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आलोचना बढ्दै गएको छ । तर, प्रचलित अमेरिकी मिडिया कभरेज र राजनीतिक बयानबाजी – प्यालेस्टिनीहरूलाई सामूहिकरूपमा नष्ट गर्ने इजरायली मिसनलाई उजागर गर्न चाहँदैन । विरलै इजरायलका नेताहरूलाई प्यालेस्टिनी नागरिकहरूको सुरक्षामा अपर्याप्तरूपमा चिन्तितरूपमा चित्रण गरिएको छ ।

डरलाग्दो सत्यहरूको बारेमा स्पष्टताको सट्टा, अमेरिकी मिडिया र राजनीतिको सामान्य कथाहरूले प्रयोक्ति र छलको प्रस्ताव गरेको छ ।

नोभेम्बर २०२३ को मध्यमा न्यूयोर्क टाइम्स म्यागजिनको कविता सम्पादकको पदबाट राजीनामा दिँदा, एनी बोयरले प्यालेस्टिनका जनता, दशकौँदेखिको कब्जा, जबरजस्ती विस्थापन, वञ्चितता, निगरानी, घेराबन्दी, कारावास र यातनामार्फत प्रतिरोध गरेका मानिसहरूविरुद्ध जारी युद्ध भनी निन्दा गरिन् । अर्को कवि, विलियम स्टाफर्डले दसकौँ अघि लेखेका थिए : म यसलाई क्रूरतम् भन्छु र हुनसक्छ सबै क्रूरताको जरा के हुन्छ थाहा छ तर तथ्यलाई चिनाउन सक्दिनँ ।
(लेखक नर्मन सोलोमन RootsAction.org का राष्ट्रिय निर्देशक र सार्वजनिक शुद्धता संस्थानका कार्यकारी निर्देशक हुनुहुन्छ । उहाँको भर्खरको पुस्तक, ‘वार मेड इनभिजिबल : हाउ अमेरिका हाइड्स द ह्युमन टोल अफ इट्स मिलिटरी मेसिन’ गाजा युद्धको बारेमा नयाँ शब्दको साथ पेपरब्याक संस्करणमा प्रकाशित भएको थियो ।)

– एमआर अनलाइनबाट
अनुवाद : आरोही

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *