भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए
- पुष २८, २०८१
चीनको सन्दर्भमा माओ त्सेतुङको मनमा पश्चिमा विचारधाराको प्रयोग बारेमा संशय उठ्न थालेसँगै उहाँले छिङ साम्राज्यको भविष्यप्रति उठेका विवादमा ठुलो चासो राख्न सुरु गर्नुभयो । आफ्नो चिन्तनका कारण माओ एक सुधारवादीबाट क्रान्तिकारीका रूपमा विकसित हुन थाल्नुभयो ।
दुर्बल छिङ राजवंशको राजगद्दी सन् १९११ मा ६ वर्षीय सम्राट फुईको हातमा आयो र शासन व्यवस्था चलाउन उहाँका तर्फबाट नियुक्त सल्लाहकारहरूलाई राज्याधिकारी भनियो । मध्यमवर्गीय सुधारवादीहरू तथा सानो सङ्ख्यामा भए पनि शक्तिशाली व्यापारिक घरानाहरूबाट उनीहरूले उग्र विरोधको सामना गर्नुपर्यो । अन्तिम छिङ राजवंशमा गरिएको शाही सेनाको सुधारबाट मञ्चुहरूको बाहुल्य रहेको परम्परागत आठध्वजे सेना हानहरूको बाहुल्य भएको नयाँ सेनामा रूपान्तरित भयो । तर, नयाँ सेनामा पेइचिङस्थित शाही राजसभाको नियन्त्रण कम हुन गयो र सेना खण्डित भयो ।
शून्यताको अवस्थामा पेइचिङका सम्राटलाई चुनौती दिँदै क्षेत्रीय नियन्त्रणका लागि सरदारहरूले धोका दिए । पेइचिङ र छाङ्शामा सहरी क्षेत्रहरूमा विद्यार्थी र बौद्धिकवर्गले परिवर्तनका लागि आह्वान गर्दै जाँदा अवस्था झन्झन् उग्र हुँदै गयो । सन यात सेन नाम भएका एक जना विपक्षी क्रान्तिकारीले विदेशमा निर्वासनमा रहँदा प्रभावशाली भूमिकाका लागि ऊर्जा सञ्चय गरेर राख्नुभएको थियो । चीनको दक्षिणपूर्वी तटको ग्वाङदोङ प्रान्तका मूल बासिन्दा सन यात सेनले अमेरिकी अधीनमा रहेको हवाईमा शिक्षा प्राप्त गर्नुभयो । त्यहीँ उहाँले उदारवादी राजनीतिक विचारधाराका साथै इसाइ धर्म ग्रहण गर्नुभएको थियो । जब सन यात सेन चीन फर्कनुभयो, उहाँले धार्मिक र सत्तारुढ अधिकारीहरूविरुद्ध आन्दोलन गर्न थाल्नुभयो ।
आफ्नो गृह प्रान्तमा असफल विद्रोहपछि सन यात सेनले ब्रिटेन अधीनस्थ हङकङमा पलायन भएर विदेशमा रहेका चिनियाँ तथा चीनमा सक्रिय भूमिगत समूहलाई सङ्गठित गरेर क्रान्तिकारी शक्ति तयार गर्ने कार्यलाई निरन्तरता दिनुभयो । यस सङ्गठनको मुख्य आधार पश्चिमा आर्थिक सहयोग थियो । जसका लागि सन यात सेन छिङ राजवंश पतन होस् भन्ने चाहने अमेरिकाका धनाढ्यका सम्पर्कमा निर्भर हुनुहुन्थ्यो ।
अन्य क्रान्तिकारी आन्दोलनमा सन यात सेनले प्रस्ताव गरेसरह पश्चिमा स्वार्थअनुसारको राज्य प्रणाली ल्याउनेभन्दा पनि हान चिनियाँहरूको शासन प्रणाली पुनस्र्थापित गर्ने र मञ्चुहरूको शासन हटाउने आवाज चर्को पारिँदै थियो । सुधारवादीको प्रतिनिधित्व गर्ने खाङ यउवेइ र क्रान्तिकारीको प्रतिनिधित्व गर्ने चाङ पीङलीनजस्ता प्रभावशाली विचारकहरूद्वारा ती आन्दोलन अभिप्रेरित थिए । एक सुधारवादीका रूपमा खाङले राजसभामा रहेका सुधारवादी अधिकारीको प्रयासका माध्यमबाट चीनको आत्म–शक्तिलाई निरन्तरता दिनुपर्ने वकालत गर्नुहुन्थ्यो । क्रान्तिले खाङलाई स्वीकार गरेन । उहाँले विश्वास गर्नुभएको मार्गले भयङ्कर विनाश र नोक्सानमात्र हुने थिएन, समग्र देशलाई नै विखण्डनको मोडमा ल्याउनसक्थ्यो । आफ्नो पुस्तक ‘ग्रेट हार्मोनी’ मा उहाँले पश्चिमा विस्तारवादको निन्दा गर्दै पश्चिमा शक्तिको चङ्गुलमा भारतसरह परेमा चीनको सम्भावित भविष्यबारेमा आफ्नो अविश्वास प्रकट गर्नुभएको छ ।
क्रान्तिकारी विचारक चाङ पीङलीन विदुषी हुनुहुन्थ्यो । आफ्नो आलेख ‘क्रान्तिमा खाङ यउवेइको पत्रविरुद्ध’ मा चाङले क्रान्तिको आवश्यकता पुष्टि गर्न पश्चिमा उदाहरण प्रस्तुत गर्नुभएको छ । अमेरिका र फ्रान्सको संविधान क्रान्तिका माध्यमबाट आएको उल्लेख गर्दै उहाँले छिङ राजसंस्था समाप्त नपारुञ्जेल चीनमा प्रगतिको मार्ग नखुल्ने तर्क दिनुभएको छ । खाङ सरह चाङले पश्चिमा प्रणालीलाई स्वीकृति दिनुभएको छैन तर चीनको वैधानिक राजनीतिको पक्ष लिनुभएको छ ।
जब युवा माओले स्मिथ, रुसो, नेपोलियन र मोन्टेस्क्युका पुस्तकबाट आफ्नो ध्यान हटाएर सन यात सेनका पर्चामा ध्यान दिनुभयो, उहाँ त्यसबाट प्रभावित हुनुभयो । सुधारवादी खाङको प्रभाव पनि माओमा पर्यो । सम्राटको एकल निर्णयमा चीनको शासनसत्ता सञ्चालन हुनुभन्दा कानुनी राज्य हुनुपर्ने खाङको विचार माओलाई मन परेको थियो । उहाँले सन यात सेन राष्ट्रपति र खाङ यउवेइ प्रधानमन्त्री भएको स्वप्निल गणतन्त्रका बारेमा लेख्नुभयो । माओले १७ वर्षको उमेरमा लेखेको एउटा अर्को आलेखमा सन यात सेनले समर्थन गरिरहेको पश्चिमा प्रणालीभन्दा वैधानिक उपागमको पक्षमा कलम चलाउनुभयो । यस सम्बन्धमा वास्तवमा माओको विचार चाङसँग मेल खान्थ्यो । खाङ र चाङसरह माओले पश्चिमा प्रणाली अँगीकार नगर्ने र चिनियाँ इतिहास तथा परम्पराप्रति सचेत रहँदै पश्चिमा शक्तिको दबाबका विपक्षमा उभिने निर्णय लिनुभएको थियो ।
त्यसै ताका माओले राजसंस्थाप्रति बफादार देखाउने आफ्नो छोटो टुपी काटेर राजनीतिक झुकावका आधारमा अलिखित अर्को राजनीतिक अभिव्यक्ति दिनुभयो ।
सन् १९११, अक्टोबरमा उहानमा सशस्त्र विद्रोह सफल भएको खबर आयो । आत्म–शक्ति बढाउने आफ्नो प्रयास अवधिमा सुधारवादीद्वारा छिङ राजसभामा गठित नयाँ सेनाका विद्रोहीको नेतृत्वमा छाङशाबाट खासै टाढा नरहेको उहानमा सो विद्रोह भएको थियो । सन यात सेन त्यतिखेर अमेरिकामा हुनुहुन्थ्यो तर विद्रोहमा सहभागी हुन हतार हतार स्वदेश फर्कनुभयो । अर्कोतर्फ उहानबाट मात्र केही घण्टाको दूरीमा रहनुभएका माओले पनि क्रान्तिकारी सेनासँग आबद्ध हुन तत्काल छाङशाबाट प्रस्थान गर्नुभयो । विद्रोह चरमरूपमा फैलियो र माओ उहान आइपुग्दासम्म विद्रोहीले छाडशा पनि कब्जामा लिए । शाही सुधारवादी कदम असफल भएको स्पष्ट भयो : सन यात सेनको नेतृत्वमा रहेको भूमिगत समूहद्वारा भन्दा पनि छिङ राजसभाको आफ्नै सुधारात्मक कदमले विद्रोह सिर्जना गराएको थियो । चार महिनापछि छिङका राज्याधिकारीले राजगद्दी परित्याग गरे । चीन गणतन्त्रात्मक भयो, गणतन्त्र चीन, जहाँ सन यात सेन राष्ट्रपति हुनुभयो, जस्तो कि माओले सोच्नुभएको थियो । तर, के माओ त्सेतुङको क्रान्तिकारी यात्रा यत्तिमै समाप्त भयो त ? त्यहाँबाट टाढा गयो !
क्रान्तिकारी सेनामा ६ महिना सेवा पु¥याएपछि १८ वर्षीय माओले आफ्नो पुस्तकमा ध्यान दिन बिदा लिनुभयो । यो बुद्धिमत्तापूर्ण थियो, सतर्क बाटोबाट जनवादी गणतन्त्र चीनका भावी नेताले सशस्त्र आन्दोलनमार्फत सत्ता कब्जाको सीमा बाहिर रहेरमात्र भविष्य देख्न सक्थे ।
दुर्भाग्यले चाङको भविष्यवाणी पनि सही भयो । छिङ राजसंस्थाको पतनपछि चीन विखण्डनको सङ्कट र गृहयुद्धको चपेटामा पर्न गयो । गणतन्त्र चीन स्थापना भएको एक वर्षभित्र राष्ट्रपति सन यात सेन या त शाही सेनालाई छुट दिने या गृहयुद्धको सामना गर्नुपर्ने दबाबमा पर्नुभयो ।
यति गर्दा पनि यो अस्थायी गठबन्धन छोटो समयका लागि रह्यो । अनि, युआन शिखाई नामका छिङ राजसंस्थाका पूर्वजनरलले नयाँ राष्ट्रपति भएर राजनीतिक दलहरूलाई अवैध भन्दै सन यात सेनको राष्ट्रिय पार्टीमाथि प्रतिबन्ध लगाउनुभयो । दुई वर्षपछि युआन शिखाईले आफूलाई सम्राट घोषणा गर्ने हिम्मत गर्नुभयो । यसले गर्दा विद्रोह र विप्लव पुनः सुरु भयो । प्रान्तहरूमा उत्पन्न शक्ति शून्यताको फाइदा सरदारहरूले उठाए । गणतन्त्र चीन एकपटक फेरि खण्डित भयो र नामका लागि मात्र गणतन्त्र रहन गयो । यस अशान्तिले झनै कट्टर राजनीतिक विरोध तथा माओको विचारधाराका लागि मार्गप्रशस्त भयो ।
माओ सन् १९१३ मा शिक्षक तालिमको विद्यालय हुनान फस्र्ट नर्मल स्कूलमा भर्ना हुनुभयो । त्यहाँ उहाँले याङ छाजी नैतिकवान प्राध्यापक आफ्नो संरक्षक तथा मित्रका रूपमा फेला पार्नुभयो । माओकी आमा वेन सुछिनसरह याङ पनि परम्परागत नव कन्फुसियस नीति तथा त्यसका सदाचार, नैतिकता र दार्शनिक सिद्धान्तमा दिइएको जोडप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । माओकी अशिक्षित आमाविपरीत याङसँग पश्चिमा सिद्धान्त र उदार ग्रन्थहरूको अपूर्व ज्ञान थियो । लाग्छ, नयाँ पुस्ताको राजनीतिक र बौद्धिक विकासलाई दिशानिर्देश गर्नका लागि उहाँ पूर्णतया सुसज्जित हुनुभएको हो ।
याङको छत्रछायाँमा माओले आफ्नै खाले नेतृत्व विकास गर्नुभयो । सन् १९१५ मा उहाँले विद्यालय प्रशासनसँग सामूहिकरूपमा व्यवहार गर्न ‘एसोसिएसन फर स्टुडेन्ट सेल्फ–गर्भमेन्ट’ नामको संस्था गठन गर्नुभएको थियो । त्यसपछि चिनियाँ युवाको सबलीकरणबाट चीनलाई बलियो बनाउन सन् १९१७ मा ‘दी सिनमिन इन्स्टिच्युट’ स्थापना गर्नुभयो । उहाँले विद्यालयका जर्नलमा आफ्नो आलेख प्रकाशित गरेर विद्यार्थीहरूलाई पढ्नका लागि मात्र होइन कार्यान्वयनमा उत्रनसमेत उत्साहित गर्दै उनीहरूको क्रियाशीलता प्रभावकारी बनाउन तल्लो तहसम्म सम्पर्क स्थापित गर्नुभएको थियो ।
दी सिनमिन इन्स्टिच्युटले नै अन्ततः त्यो पृष्ठभूमि तयार पार्यो जसको जगमा कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) बन्ने भयो । सन् १९१८ मा याङ छाचीलाई पेइचिङ विश्वविद्यालयबाट अध्यापनका लागि प्रस्ताव आयो । नीतिपरक ज्ञान तथा राजनीतिकरूपमा औसत दर्जाका शिक्षक याङसँग धेरै नै प्रभावित भएकाले माओले उहाँलाई पेइचिङसम्म पछ्याउनुभयो र विश्वविद्यालयमा सहायक लाइब्रेरियन पदमा काम गर्न पाउनुभयो । पेइचिङमा याङको परिवारसँगै बस्दा माओ आफ्ना संरक्षककी छोरी याङ खाइषुईको प्रेमजालमा पर्नुभयो ।
अझ महत्वपूर्ण कुरा, पेइचिङमा विश्वको इतिहास पढ्ने क्रममा माओले कार्ल माक्र्सका ग्रन्थ अन्वेषण पार्नुभयो ।
– ‘माओ त्सेतुङबारे अध्ययन’ बाट
Leave a Reply