भर्खरै :
भक्तपुर नपाका प्रमुख प्रजापति र जापानको ओइजुमी नगरका प्रमुख तोसिआकीबीच भेट | नर्सिङ दिवसको अवसरमा शुभकामना कार्यक्रम | ३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यास | सुर्ती नियन्त्रणमा युवा सृजनशील सक्रिय हुँदै | खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्नः क्वनेया गुँला बाजँ सञ्चालन तथा व्यवस्थापन समिति प्रथम | अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास | ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश | जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना |

कीर्तिपुर नगरव्यापी अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगिता

  • मंसिर १२, २०८०

काठमाडौँ, १० मङ्सिर । कीर्तिपुर व्याडमिन्टन क्लवको आयोजनामा चौथो कीर्तिपुर नगरव्यापी अन्तरविद्यालय व्याडमिन्टन प्रतियोगिता आइतबारबाट सुरु भयो ।

१२ र १४ वर्षमुनिका छात्र÷छात्रा विधा प्रतियोगिताको उद्घाटन क्लवका पूर्वसंस्थापक अध्यक्ष एवं सल्लाहकार दुर्कमान महर्जनले रेफ्रिलाई खेलकुद सामग्री हस्तान्तरण गरी गर्नुभएको थियो ।

कार्यक्रममा सल्लाहकार महर्जनले खेलाडीहरूले खेल मनोरञ्जनको रूपमा नलिई दक्ष र उत्कृष्ट हुने ढङ्गले खेल्नुपर्ने बताउनुभयो ।

नेपाल खोखो सङ्घका अध्यक्ष प्रदीप महर्जनले हरेक प्रतियोगिताको शुभारम्भ विद्यालयबाट सुरू गर्नुपर्ने उल्लेख गर्नुभयो ।

क्लवका अध्यक्ष चन्दन महर्जनको सभापतित्वमा भएको कार्यक्रममा क्लवका सचिव नारायण महर्जन, सन्तोष महर्जनलगायतले बोल्नुभएको थियो । प्रतियोगिता मङ्सिर १२ गतेसम्म चालु रहने आयाजकले बताएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *