भर्खरै :
भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु | नेमकिपा काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलन सुरू – कम्युनिस्टको बदनाम नक्कली कम्युनिस्टहरूले गरे | इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी | अमेरिकाको सुरक्षामाथि फेरि प्रश्न |

अन्तर नगर महिला कबड्डी प्रतियोगितामा मेलौली नगरपालिका प्रथम

  • चैत्र ३, २०८०
भक्तपुर, ३ चैत । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको अन्तर नगर महिला कबड्डी प्रतियोगिताको समापन समारोह सहिद स्मृति खेलमैदानमा शनिबार एक कार्यक्रमविच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सचीव एवं संघीय सांसद प्रेम सुवालले गणतन्त्रमा समेत सहिदहरुको सपना पुरा नभएको र यसमा सिहदरबारमा बस्ने राजनैतिक पार्टीहरु प्रमुख दोषी रहेको बताउनुभयो । सहिदहरुको सपना पुरा गर्न विद्यालय शिक्षा निशुल्क, रोजगारी, योग्यता अनुसार काम दिनुपर्ने र दिनप्रतिदिन व्यापार घाटा बढ्दै जादा देशको अर्थतन्त्र खतरामा पुगेको बताउनुभयो । सरकारबाट नै नेपालको चुरे क्षेत्र दोहन भैरहेको र तराई मरुभूमिमा परिणत हुने खतरा बढेको बताउनुभयो । नेपालका सबै नदिनाला भारतलाई सुम्पिने कुरा नेपाल र नेपाली जनताको हितमा नभएको बताउनुहुदै अन्तर नगर कबड्डी मार्फत नपाले सहिदहरुलाई सम्झिरहेको बताउनुभयो ।
बागमती प्रदेश सभाका सदस्य सृजना सैजुले भक्तपुर नपाले अन्तर नगर खेलमार्फत पालिका र पालिकाविच खेलकुदले जोडेको बताउनुभयो । भक्तपुरको शैक्षिक, धार्मिक, रहनसहन, स्वास्थ्य, पर्यटन प्रचारप्रसार हुने र यसले नगरपालिकाहरुविच सहकार्य र मित्रता बढ्ने बताउनुभयो । महिलाविचको खेलकुद प्रतियोगिताले खेलजगतमा महिलाको सकृय सहभागिता बढ्ने र कामदार वर्गको छोरीलाई जुझारु बन्न प्रोत्साहित हुने बताउनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले भनपाले खेलकुद क्षेत्रलाई प्राथमिकता राख्दै आएको र घोषणापत्र अनुसार काम गर्दै आइरहेको बताउनुभयो । नपाले खेलकुद क्षेत्रमा नियमित प्रशिक्षण दिदै आइरहेको अवगत गराउनुहुदै अन्तर नगर खेलकुद प्रतियोगिताले नगरपालिकाविच एक आपसमा अनुभव साटासाट गर्ने अवसर प्राप्त भएको बताउनुभयो । समाजमा महिला र पुरुषविच असमानता रहेकोले महिलालाई खेलकुद क्षेत्रमा आकर्षित गर्ने उदेश्यले नगरपालिकाले नेपालमै पहिलोपटक महिला कबड्डी प्रतियोगिता आयोजना गरेको बताउनुभयो । साथै सरकारकै नितिका कारण युवा जनशक्तिहरु विदेशिनु परेको बताउनुभयो ।
कार्यक्रममा एसियन कबड्डी फेडेरेसनका उपाध्यक्ष बिनोद प्रजापतिले भनपाले आयोजना गरेको महिला कबड्डी प्रतियोगिताप्रति आभार प्रकट गर्नुहुदै महिला कबड्डी खेलको विकासमा भक्तपुर नगरपालिकाको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले २०५५ सालमा नपाले अन्तर नगर कबड्डी प्रतियोगिता आयोजना गरेको समेत स्मरण गर्नुभयो ।
शनिबार भएको बुटवल उपमहानगरपालिका र मेलौली नगरपालिकाविचको फाइनल खेलमा मेलौलीले बुटवललाई ५२-२० अंकले पराजित गर्यो भने मेलौलीका रविना चौधरी म्यान अफ द म्याच घोषित भए । कार्यक्रममा प्रमुख अतिथि सुवालले विजयी प्रतियोगीहरुलाई प्रमाणपत्र, शिल्ड र नगद पुरस्कार वितरण गर्नुभएको थियो ।
अन्तर नगर महिला कबड्डी खेलमा बेष्ट रेडतर्फ मेलौली नपाका रविना चौधरी, बेष्ट डिफेन्डरतर्फ मेलौली नपाका रोशनी साउद, सर्वोत्कृष्ट खेलाडीतर्फ मेलौली नपाकै जयन्ती बडु घोषित भएका थिए ।
कार्यक्रममा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो भने वडा अध्यक्ष उपेन्द्र सुवाल र वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *