लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
फागुन ३०, भक्तपुर । भक्तपुर नपाको आयोजनामा फागुन २९ गतेबाट सुरु भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत बुधबार विराटनगर महानगरपालिका र बुटवल उप महानगरपालिकाविच भएको खेलमा बुटवल उप महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ६४–२२ अंकले पराजित ग¥यो । उक्त खेलमा बुटवल उप–महानगरपालिकाका विष्णु सोमरी मगर म्यान अफ द म्याच घोषित भएका भए ।
त्यस्तै मेलौली नपा र पोखरा महानगरपालिकाविच भएको खेलमा मेलौली नपाले पोखरा महानगरपालिकालाई ४३–२२ पराजित ग¥यो । सो खेलमा पोखरा महानगरपालिका होममाया खप्तड मगर म्यान अफ द म्याच घोषित भए ।
भिमदत्त नपा र बनेपाबिचको खेलमा भिमदत्तले बनेपालाई ६९–१६अंकले हरायो । उक्त खेलमा मानमति विष्ट म्यान अफ द म्याच घोषित भए ।
काठमाडौ महानगरपालिका र मध्यपुर थिमि नगरपालिकाविच भएको प्रतिस्पर्धामा काठमाडौ महानगरपालिकाले जित हासिल ग¥यो । उनले प्रतिद्वन्द्वी मध्यपुर थिमिलाई ६५–२५ ले हरायो । काठमाडौ महानगरपालिकाका पुनम कार्की म्यान अफ द म्याच घोषित भए ।
विराटनगर महानगर नपा र गोदावरीबिचको खेलमा विराटनगरले गोदावरीलाई ३९–२३ अन्कले पराजित ग¥यो । उक्त खेलमा विराटनगर महानगर नपाका रोजिना खवास म्यान अफ द म्याच घोषित भए ।
बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित ग¥यो भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भए ।
बुटवल नपा र महाकाली नपाविचको खेलमा बुटवलले महाकालीलाई ५९–२४ अंकले पराजित ग¥यो भने बुटवल नपाका सृजना थारु म्यान अफ द म्याच घोषित भए ।
सिद्धिचरन नपा र पोखरा महानगरपालिकाविचको खेलमा पोखराले सिद्धिचरलाई ७९–१७ अंकले पराजित ग¥यो भने पोखरा नपाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भए ।
किर्तिपुर नपा र बनेपा नपाविचको खेलमा किर्तिपुरले बनेपालाई ३५–३२ अंकले पराजित ग¥यो भने उक्त खेलमा किर्तिपुरका नितु सुनार म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै मेलौली नपा र कलैया नपाविचको खेलमा मेलौली नपाले जित हासिल ग¥यो । मेलौलीले कलैयालाई ६१–१३ ले पराजित ग¥यो भने उक्त खेलमा मेलौली नपाका रविना चौधरी म्यान अफ द म्याच घोषित भए ।
सोहि दिन काठमाडौ महानगरपालिका र भक्तपुर नगरपालिकाविच भएको खेलमा भक्तपुरले काठमाडौलाई ४३–२९ अङ्कले हराउँदै क्वाटर फाइनलमा प्रवेश हुन सफल भएकाे छ । सो खेलमा भक्तपुरका इशा सैजु म्यान अफ द म्याच घोषित भए । बाँकी खेलहरु चैत्र ३ गतेसम्म हुने आयोजक समितिले जनाएको छ । क्वाटर फाइनल खेल चैत्र २ गते हुने छ ।
Leave a Reply