भर्खरै :
भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु | नेमकिपा काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलन सुरू – कम्युनिस्टको बदनाम नक्कली कम्युनिस्टहरूले गरे | इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी | अमेरिकाको सुरक्षामाथि फेरि प्रश्न |

भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता सुरु

  • फाल्गुन ३०, २०८०

भक्तपुर, २९ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले २०८० फागुन २९ देखि चैत्र ३ गते सम्म सञ्चालन हुने अन्तर नगर महिला कबड्डी प्रतियोगिताको आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नुभयो ।

भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेंले खेलकुद महिलाहरुलाई शारीरिक र मानसिक रुपले बलियो बनाउने सशक्त माध्यम भएको बताउनुभयो ।

खेलकुदमा सहभागी महिलाहरु अरुभन्दा तुलनात्मक रुपमा सभ्य, अनुशासित र निडर हुने बताउँदै उहाँले खेलकुद स्वास्थ्य र तन्दुरुस्तको निम्ति पनि भएको बताउनुभयो ।

खेलकुदको नियमअनुसार खेलाडीहरुले उत्साहपूर्वक प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै अध्यक्ष बिजुक्छेँले खेलमा हार जित स्वाभाविक भएको र खेलाडीहरुबीच आपसी मित्रता कायम गर्ने अवसर पनि भएको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विभिन्न नगरपालिकाबाट सहभागी खेलाडीहरुलाई भक्तपुर नपामा स्वागत गर्दै खेलकुदको माध्यमबाट देशका विभिन्न नपासँग सुमधुर सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको बताउनुभयो ।

जनप्रतिनिधि र खेलाडीहरुसँग अनुभव आदानप्रदान गर्ने राम्रो अवसर हुने बताउँदै उहाँले खेलाडीको प्रतिभा प्रदर्शन गर्ने अवसरको रुपमा प्रतियोगितालाई उपयोग गर्न खेलाडीहरुलाई मार्गनिर्देश गर्नुभयो ।

भक्तपुर नपाले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै हरेक नागरिकलाई खेलकुद र शराीरिक अभ्यासमा सहभागी गराउने प्रयास चालु राखेको बताउँदै भक्तपुर नपाले नियमित खेलकुद प्रशिक्षणको पनि आयोजना गर्दै आएको बताउनुभयो ।

त्यस्तै बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अन्तर नगर खेलकुद प्रतियोगिता आयोजनाले देशका विभिन्न नगरपालिकाका खेलाडी र नगरबासीहरुबीच मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव विकास हुने बताउँदै देशलाई स्वस्थ बनाउन त्यहाँका नागरिकहरु मानसिक र शारीरिक रुपमा स्वस्थ हुनुपर्ने धारणा राख्नुभयो ।

खेलकुदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ भन्दै उहाँले देश हाँक्नेहरुसँग अनुशासन नहुँदा नेपाली जनताले अप्ठेरो अवस्था महसुस गरिरहेको बताउनुभयो । शासकहरुले खेलाडीहरुको देशप्रेम र अनुशासनबाट पनि केही पाठ सिक्नुपर्ने बताउँदै उहाँले नयाँ पुस्ताले आ–आफ्नो तर्फबाट अनुशासनको प्रदर्शन गर्नुपर्छ भन्नुभयो ।

नेपाल कबड्डी संघका अध्यक्ष तुलसा थापाले महिला कबड्डी आयोजनाले भक्तपुर नपाप्रति आभार प्रकट गर्दै गाउँगाउँमा पूर्वजहरुले खेल्ने कबड्डी खेल अन्तर्राष्ट्रिय क्षेत्रमा पनि तीव्र गतिले विकास हुँदै आएको बताउनुभयो ।

खेलकुद विकासमा तीनवटै तहका सरकारहरु समन्वय आवश्यक भएको बताउँदै उहाँले नेपालका खेलाडीहरुलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै रोजगारीको सुनिश्चितता गर्नुपर्ने धारणा राख्नुभयो ।

भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेको बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा निर्णायकको तर्फबाट राष्ट्रिय निर्णायक दिलिपनारायण श्रेष्ठ र खेलाडीहरूको तर्फबाट भक्तपुर नगरपालिकाका राष्ट्रिय महिला कबड्डी खेलाडी पूजा दुवालले अन्तर नगर महिला कबड्डी प्रतियोगिता २०८० को खेल अखिल नेपाल कबड्डी संघको नियमअनुसार अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्न शपथ लिनुभयो ।

प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट ¥यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *