भर्खरै :
ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश | जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए |

समाज सुधारमा शुभकामना आदानप्रदानन

  • आश्विन २३, २०७८

भक्तपुर, २२ असोज । समाज सुधार माध्यामिक विद्यालयको आयोजनामा शुक्रबार दसैंको शुभकामना आदानप्रदान तथा अभिभावक भेला भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नंं. ८ का वडाध्यक्ष महेन्द्र ख्यामलीले हरेक अभिभावकहरुले आ–आफ्ना छोराछोरीहरुको अध्ययनरमा देखिएका कमी कमजोरीहरुको बारेमा समयमै केलाएर उनीहरुको भविष्य राम्रो बनाउनेतर्फ ध्यान जानु आवश्यक छ भन्नुभयो ।

कोरोना भाइरसको सङ्क्रमण जोखिम कायमै रहेको अवस्थामा यसबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । वडाध्यक्ष खायमलीले हिजोआज सामाजिक सञ्जाल, फेसबुक, टिकटक आदिमा साथै धेरै समयसम्म बालबालिकाहरु मोबाइलमा व्यस्त रहँदा मानसिक समस्याहरु देखिएको विचार व्यक्त गर्नुभयो ।

विद्यालयका पूर्व प्र.अ लक्ष्मीनारायण दुवालले अनेकौं चुनौती सामना गर्दै समाज सुधार मावि आजको एक नमुना विद्यालयको रुपमा पु¥याउन सफल भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णसागर बासी, भक्तपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यलगायतले बोल्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक जगनाथ प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षकहरु कृष्णप्रसाद सुवाल र सुरज दिदीयाले पनि बोल्नुभएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *