भर्खरै :
ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश | जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए |

संसद विघटनको अन्तराष्ट्रिय कोण

  • पुष ९, २०७७

नेपालको पछिल्लो राजनीतिक घटना बारे भारतका केही ‘बुद्धिजीवीहरु’का टिपणीलाई लिएर नेपालको राजनीतिक वृतमा चर्चा परिचर्चा चलेको छ । विशेषतः नेपालविद मानिएका र नेपालको राजनीतिमा बरोबर नाम सुनिएका प्रध्यापक एसडी मुनी, भारतीय सेनाका पूर्वमेजर जनरल अशोक महेत्ता र भारतका रक्षा मन्त्रालय सम्बद्ध आईडीएसएका ‘नेपाल जानकार’ डा. निहार नायकले गरेको टिपणीलाई यतिबेला फरक—फरक खेमाले फरक—फरक कोणबाट विश्लेषन गरिरहेका छन् । विभक्त नेकपाका दुबै पक्षले उनीहरुका भनाईलाई आ—आफ्नो अनुकूलतामा व्याख्या गरिरहेका छन् । दाहाल—नेपाल खेमा पक्षधरहरुले भारतीय ‘बुद्धिजीवीहरु’का अभिव्यक्तिलाई संसद विघटनमा भारतीय चलखेलका कोणबाट अथ्र्याइरहेका छन् । अर्कोतिर ओली खेमाले भारतीय नेता र नेपाली अधिकारीहरुको पछिल्लो दौडाहबीच ओली भारतीय हस्तक्षेप रोक्न सफल भएको प्रमाणको रुपमा ती ‘बुद्धिजीवीहरु’का भनाईलाई अथ्र्याइरहेका छन् । प्रधानमन्त्रीसँग भारतीय अधिकारी र नेताहरुसँगको भेटमा के कस्ता कुराकानी भएका थिए भन्ने कुरा खसोखास सार्वजनिक नभएसम्म अहिले तीमध्ये कुनैपनि व्याख्यालाई सङ्लो रुपमा बुझ्न सकिन्न ।

तर, नेपालको राजनीतिको पछिल्लो घटानाक्रम को विश्लेषणमा भारतका ‘नेपालविद्’ हरुले दिएको अभिव्यक्तिमा अर्को छिमेकी देश चीनको प्रङ्सग आउनुले भने संसद विघटनलाई नेपालको आन्तरीक पररिधिमा रहेर मात्र बुझ्न नसकिने देखिएको छ । उनीहरुका अभिव्यक्तिले संसद विघटनसँग क्षेत्रीय एवम् अन्तराष्ट्रिय राजनीति पनि जोडिएको स्पष्ट हुन्छ ।

यतिबेला विश्व राजनीतिका प्रधान अन्तरविरोधहरुमध्ये एउता अन्तरििवरोध चीन र संरा अमेरीकाबीचको अन्तरविरोध हो । तत्कालीन सोभिएत सङ्घ र संरा अमेरीकाबीचको शीतयुद्धपछि यतिबेला चीन र संरा अमेरीकाबीच अर्को ‘शीतयुद्ध’को अवस्था छ । राजनीति, अर्थतन्त्र र कूटनीतिबाट चीनलाई अब पर्छान नसकिने निष्कर्षमा संरा अमेरीकाका नेताहरु पुगिसकेका छन् । अब चीनको गतिलाई रोक्न सैनिक हमला बाहेक अर्को विकल्प उनीहरुले देख्न छाडीसके । त्यकारण पूर्वी एसिया र दक्षिण एसियाका देशहरुलाई आफ्नो प्रभाव विस्तार गर्ने र सैनिक शिविरहरु राख्ने मूल ध्ययका साथ संरा अमेरीका लागिरहेको छ । दक्षिण एसियामा उसले भारतसँग मिलेमतो गरिसकेको छ । भारतसँग विभिन्न सैनिक सम्झौता गरेर भारतीय भूमीमा अमेरिकी सेनाको लागि ढोका खुल्ला गरिसकेको छ । यस्तो परिस्थितिमा पछिल्लो समय नेपालमा बद्दो चीनसँगको सौहार्द सम्बन्ध संरा अमेरीका र भारतको निम्ति आँखाको कसिङ्गर बन्दै आएको थियो । त्यसकारण नेपालमा राजनीतिक अस्थिर निम्त्याएर धमिलो पानीमा माछा माने भारत उद्यत छ । नेपालमा राजनीतिक अस्थिरता बढ्नुको अर्थ भारतीय हस्तक्षेपको विस्तार हुनु हो, विगतका धेरै घटनाक्रमले यही पुष्टि हुन्छ । दक्षिण एसियाको सन्दर्भमा भारतीय शासक वर्गले संरा अमेरीकाको स्वार्थको प्रतिनिधित्व गर्ने गरेको छ ।

भारतको आफ्नो उद्धेश्य पूरा गर्न यतिबेला नेकपाका नेताहरुले काँध थपेका छन् । ओली सरकारलाई विफल बनाएर अस्थिरता निम्त्याउने परिस्थिति नेकपाका नेताहरु स्वयम्ले तयार पारे । आज देश राजनीतिक अस्थिरतातिर उन्मुख छ । त्यही राजनीतिक अस्थिरतालाई ‘अब नेपालमा चीनको भूमीका कमजोर हूने भन्दै एसडी मुनी, मेहत्ता र नायकहरु दङ्गदास छन् । विदेशी शक्तिको योजनामा बन्दुक चलाउन आफ्नो काँध थप्ने नेकपाका नेताहरुलाई समय र इतिहासले मूल्याङ्कन गर्नेछ । तर, यतिबेला नेपाली जनता भने फेरी पनि नेपालको राजनीतिक अस्थिरताको फाइदा उठाउने जालसाफीप्रति सजक हुनु जरुरी छ ।

मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *