भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

उकासिन नसकेको राजनीतिक संस्कार

  • पुष १०, २०७७

संविधानले वाक् स्वतन्त्रता सुनिश्चत गरेको छ । त्यसकारण नागरीक आफ्नो धारणा राख्न स्वतन्त्र छन् । सामाजिक सञ्जाल आज नागरिकले आफ्नो धारणा व्यक्त गर्ने प्रभावशाली माध्यम बनेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय बारे नेपाल मजदुर किसान पार्टीको प्रतिक्रियालाई लिएर सामाजिक संञ्जालमा केही टिप्पणीहरु भएका छन् ।

प्रधानमन्त्रीको कदमबारे आज सिङ्गो देश नै विभाजित छ । संसद विघटनलाई उचित र अनुचित मान्नेहरु बीचको छलफलले आज पुसको चिसो पनि बिर्साएको छ । नेमकिपा देशका एउटा जिम्मेवार राजनीतिक दल हुनुको नाताले राजनीतिक घटनाक्रमबारे आफ्नो मत राख्नु आवश्यक र स्वभाविक प्रक्रिया हो । विभिन्न सञ्चारमाध्यमर्माफ्त नेमकिपाले पनि अरु दलले जस्तै आफ्नो मत सार्वजनिक ग¥यो । नेमकिपाको प्रतिक्रियामाथि टीकाटिप्पणि हुनु स्वभावि हो । तर, टिप्पणिमाथिको बहस भने बिषयकेन्द्रित, वस्तुपरक र तर्कसङ्गत हुन जरुरी छ । एउटा प्रसङ्गलाई अर्को असम्बन्धित र अवस्तुपरक विषयसँग जाडेर टिप्पणि गर्नुले भने पर्वाग्रहमात्र अभिव्यक्त गर्दछ, विषयवस्तुको गहिराइ समात्न सक्दैन ।

नेमकिपा देशका एउटा जिम्मेवार राजनीतिक दल हो । नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा नेमकिपाको योगदान र भूमिकालाई कुनै पनि वस्तुपरक विश्लेषकले नकार्न सक्दिैन । पञ्चायती व्यवस्थाले सबभन्दा बढी दुःख दिएका दलहरुमध्ये नेमकिपा अग्रपङ्क्तिमा आउँछ । २०४६ सालको जनआन्दोलनको पृष्ठभूमि बनाउनेदेखि आन्दोलनमा सशक्त भूमिका खेल्यो । तर, २०४६ सालको जनआन्दोलनपछि आन्दोलनका सहयोद्धा दलहरुले नेमकिपालाई सबभन्दा बढी दुःख दिने काम भयो । नेका, एमाले, माओवादी, राप्रपा कुन–दलले नेमकिपालाई धारे हात लगाएर सरापेनन् । तर, राजनीतिक आन्दोलन र नैतिकताको दरिलो जोधाहा भएर नेजकिपा जनपक्षीय आन्दोलन र समाजवाद प्राप्तिको उद्धेश्यमा लागिरह्यो । २०६२ ६३ सालको प्रतिगमनविरोधी आन्दोलनमा अरु दलहरुले सत्तासुदतिर ¥याल चुहाइरहे । तर, नेमकिपा नेपाली समाजका गुणत्मक राजनीतिक परिवर्तनका निम्ति आन्दोलनको नेतृत्व पङ्क्तिमा लगातार उभिरह्यो ।

नेमकिपाले कहिल्यै पनि जाति, धर्म, क्षेत्र र सम्प्रादायको कुरा गरेन । माओवादीले मात्र होइन बरु एमाले र नेकाले समेत जातीय र क्षेत्रीय सङ्गठन खोलेर साम्प्रादायीक राजनितिको जग बसालेको छ । एउता सिद्धान्तनिष्ठ कम्युनिस्ट पार्टीको रुपमा नेमकिपाले वर्गसङ्घर्षलाई नै जोठ दिदै आएको छ । तर, प्रधानमन्त्रीको कदमबारे आफ्नो बुझाई सार्वजनिक गर्दा नेमकिपालाई कपोलकल्पित र पूर्वाग्रहपूर्ण तल्लोस्तरको प्रतिक्रिका जनाउनुले अझै उकासिन नसकेको राजनीतिक संस्कार प्रतिबिम्बित गरेको छ ।

आफूले जसरी सोचेको हो, सबैले त्यसरी नै सच्नुपर्ने विचार अलोकतान्त्रिक चिन्तनको उपज हो । लोकतन्त्रमा विभिन्न विचारबारे बहस र छलफल स्वभाविक हो । तर, सभ्य र उन्नत लोकतान्त्रिक देशका जनताले विषयमा केन्द्रित रहेर शिष्ट र वस्तुपरक प्रतिक्रिया दिन जानेको हुन्छ । बिडम्बना नेपालका बुद्धिजीवी र लेखक भनीनेहरुबाट समेत नेमकिपा बारे हावामा घर बनाईरहनु उद्देकलाग्दो छ । उनीहरुका त्यसता टिप्पणि विषयकेन्द्रित छैनन् । संसद विघटन कति उचित वा अनूचित भन्ने विषयमा बहस स्व्भाविक हो । नेमकिपाले राखेको धारणामा तर्कसङ्गत टिप्पणि स्वीकार्य हुन सक्छ । तर, बेप्रसङ्गको कुरा उकासेर तल्लो स्तरको टिप्पणि गनु गलत हो । बुद्धिजीवी, लेखक र स्तम्भकार भन्नेहरुले समेत यस्ता हचुवा र हलुका प्रतिक्रिया दिएर आफ्नो उचाइको खिसिट्युरी गरिहिरेका छन् । यसले देशको होचो राजनैतिक संस्कार र हचुवा बौद्धिक वृर्ततर्फ सङ्केत गरेको छ ।

मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *