भर्खरै :
ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश | जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए |

छायादेवी कम्प्लेक्सविरुद्धको प्रदर्शनमा सम्पदाप्रेमीहरु पक्राउ

  • आश्विन १४, २०८०

काठमाडौँ, १३ असोज । काठमाडौँ महानगर वडा नं. २६ ठमेलस्थित ऐतिहासिक कमलपोखरी पुरेर बनाएको छायादेवी कम्प्लेक्स हटाउनुपर्ने र ऐतिहासिक कमलपोखरी कायम गर्नुपर्ने माग राखी शनिबार धर्ना दिएका प्रदर्शनकारीहरुमध्ये २५ जनालाई संविधानविपरित नेपाल प्रहरीले पक्राउ गरेको छ । सम्पदाप्रेमी समाज नेपाल र टुगेडर वी क्यानको आयोजनामा शनिबार ऐतिहासिक सम्पदा जोगाउनुपर्ने भनी शान्तिपूर्ण तवरले धर्ना बसेका आन्दोलनहरुलाई विभिन्न देशका राजदूत एवं कूटनीतिक व्यक्तित्व आउने बेला निषेधित क्षेत्र भन्दै गिरफ्तार गरिएको थियो ।

नेपालको संविधान २०७२ ले शान्तिपूर्ण तवरले भेला हुने, जुलुस प्रदर्शन गर्ने र धर्ना दिन पाउने अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । संविधानको भाग ३ को धारा १७ मा स्वतन्त्रताको हकअन्र्तगत उपधारा (२) मा प्रत्येक नागरिकलाई देहायलाई स्वतन्त्रता हुनेछ भनिएको छ । (क) विचार र अभिव्यक्तिको स्वतन्त्रता, (ख) बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, (ग) राजनीतिक दल खोल्ने स्वतन्त्रता, (घ) संघ र संस्था खोल्ने स्वतन्त्रता, (ङ) नेपालको कुनै पनि भागमा आवातजावत र बसोबास गर्ने स्वतन्त्रता । मौलिक अधिकारलाई हनन गर्दै शान्तिपूर्ण जुलुस र धर्ना प्रदर्शन गरेका सम्पदाप्रेमीहरुलाई पक्राउ गर्नु प्ष्पकमल दाहाल नेतृत्वको सरकारको संविधानविरोधी र प्रजातन्त्रविरोधी कदम भएको विज्ञहरुले औँल्याएका छन् ।

कानुन अध्ययन समाजका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले कुनै निषेधित क्षेत्र नतोकेके स्थानमा शान्तिपूर्णरुपमा धर्ना प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुलाई पक्राउ गर्नु संविधान प्रदत्त वाक तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता मौलिक हकका हनन र प्रजातन्त्रको मूल्य मान्यताविपरित भएको बताउनुभयो ।

देशमा जघन्य अपराध गर्ने र अदालतबाट दोषी ठहर गरी जेल सजाय भोगिरहेकालाई प्रचण्ड सरकारको निर्णयमा राष्ट्रपतिमार्फत सजाय माफी दिन मिल्ने तर देशकै सम्पदा मिची ऐतिहासिक बही कमलपोखरीमा बनाएको भवन भत्काउनुपर्ने, सांस्कृतिक धरोहर म्हासेको विरोध गर्नेलाई पक्राउ गर्नुले सरकार कसद्वारा सञ्चालित र परिचालित छ भनी सचेत जनसमुदायले प्रश्न उठाइरहेको छन् ।

          

धर्नाको क्रममा प्रहरीले नियन्त्रणमा लिएका प्रदर्शनीकारीहरुमा नारायण महर्जन, विश्वक डंगोल, रमेश डंगोल, उपेन्द्र सुवाल, हरिरत्न गोरर्खाली, पुण्यराम गाईजू, मनिष गोरा, कवीन्द्र डंगोल, सरोज लवजू, अशोक बज्राचार्य, पृथिवेन्द्र महर्जन, महेश बज्राचार्य, विवेक रावल, लक्ष्मीप्रसाद रन्जित, राजेश बुइयो, शान्त महर्जन, धर्मसेन महर्जन, मानबहादुर महर्जन, वन्दना महर्जन, सुरेन्द्र, राजु कपाली, महेन्द्र ब्रह्माचार्य, विष्णु खत्री र पूर्ण बुढाथोकी रहनुभएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *