भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

कोलम्बियामा आम हड्ताल जारी डुक सरकारद्वारा भीषण दमन

  • बैशाख २७, २०७८

कोलम्बियामा भइरहेको मानव अधिकार हननको विरोधमा भइरहेको विरोध प्रदर्शन तथा आमहड्ताल आइतबार १२ औँ दिनमा पनि जारी रह्यो । त्यहाँको सरकारी फौज र सरकारसमर्थित हतियारधारीहरुद्वारा भइरहेको गैरकानुनी हत्याहरुको अन्तराष्ट्रिय मानव अधिकार संस्थाहरु र त्यस देशको सरकारी महान्यायाधिवक्ताको प्रतिवेदनले उदाङ्गो पारेपछि त्यहाँ दक्षिणपन्थी राष्ट्रपति इभान डुकको सरकारविरुद्ध जनप्रदर्शन चर्केको हो । जनप्रदर्शनमाथि डुक सरकारले भीषण दमनचक्र चलाइरहेको छ । सरकारको दमनमा ३७ जनाको ज्यान गइसकेको छ भने ३५९ बेपत्ता भइसकेका छन् ।

चिलीका दक्षिणपन्थी राष्ट्रपति सेवास्टियन पिनेराले झैँ उनका मित्र डुकले पनि जनतामाथि दमन गरेर नै देशको राजनीतिक र सामाजिक असन्तुष्टिलाई दबाउने प्रवृत्ति देखाइरहेका छन् । विरोध प्रदर्शनमा मानव अधिकारीवादी, सामाजिक कार्यकर्ता, राजनीतिक दलका कार्यकर्ताहरु एक भई प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले बोगोटाको मध्यभागस्थित जर्नालिस्ट पार्क र बोलिभार स्क्वायरमा विरोध प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीहरुले प्रहरी दमन र निहत्था नागरिकमाथि हिंसा अन्त गर्न माग गरिरहेका छन् । प्रदर्शनकारीहरुले दमनको क्रममा ज्यान गुमाएकाहरुको स्मृतिमा कालो पहिरन लगाएर विरोध जारी राखेको छन् ।

कोलम्बियाका मानव अधिकारीवादी संस्थाहरुका अनुसार अप्रिल २८ का दिन विरोध प्रदर्शन सुरु भएदेखि ५४८ जना बेपत्ता भएकोमा १८९ जना अस्पताल तथा प्रहरी हिरासतमा भेटिएका छन् भने ३५९ जना अझै हराइरहेका छन् । दुर्गम जङ्गलमा प्रहरीहरुले खाल्डो खनेर लासहरु गाडिरहेको टाढाबाट खिचिएका भिडियोहरु सामाजिक सञ्जालमा छाइरहेका छन् ।

कोलम्बियामा त्यहाँको सशस्त्र विद्रोहरत वामपन्थी पार्टी फार्क शान्ति प्रक्रियामा आएर हतियार त्याग गरेपछि दक्षिणपन्थी हतियारधारीहरुको आतङ्क, हत्या र हिंसा बढ्दै गएको छ । शान्ति प्रक्रियापछिको चार वर्षमा ५ सय जनाभन्दा बढी पूर्व फार्क लडाकु तथा सामाजिक कार्यकर्ताहरुको हत्या भइसकेको छ । वर्तमान दक्षिणपन्थी राष्ट्रपति इभान डुकको सरकारले जनताको सुरक्षाभन्दा दक्षिणपन्थीहरुको हिंसालाई बढावा दिदैँ आएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *