भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

कार्ल माक्र्सको जन्म दिवसमा अध्ययन गोष्ठी

  • बैशाख २६, २०७८

नेपाल क्रान्तिकारी विद्यार्थी संघ १३ औं राष्ट्रिय सम्मेलन तयारी समितीको आयोजनामा विश्व सर्वहारा वर्गका महान गुरू कार्ल माक्र्सको २०३ औँ जन्म दिवसको अध्ययन गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुका सल्लाहकार र सहयोगीहरु पुँजीपतीहरु भएकाहरुले ति पार्टीहरुले पँुजीपति वर्गकै सेवा गर्नेछन् भन्नुभयो ।

समाजवादमा मात्रै कामदार वर्गको हित हुने चर्चा गर्दै भन्नुभयो, “कामदार वर्गले काममात्रै गर्ने होईन, राजनीतिक र सांस्कृतिकरूपमा पनि अघि बढ्नुपर्छ र त्यसको जिम्मा राज्यले लिनुपर्छ ।”

देशकै ठुल्ठुला पदमा पुगेका मानिसहरुमा अध्ययन नहुँदा परिस्थितिको सहि विश्लेषण नभएको र विश्वव्यापीकरण र निजीकरणजस्ता साम्राज्यवादका ज्यावलहरुकै वकालत गर्दै हिँडेको बटाउँदै उहाँले विद्यार्थीहरुले मानव समाजको विकास, विभिन्न देशका कामदार वर्गको आन्दोलन र क्रान्ति, कम्युनिस्ट आन्दोलन, किसान आन्दोलनलगायत विषयहरुमा गहन अध्ययन र छलफल चलाउनुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवम् नेक्राविसङ्घ १३ औं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले विद्यार्थी कार्यकर्ताहरुलाई अध्ययन गर्न गराउन अध्ययन गोष्ठिको आयोजना गरेको बताउनुभयो ।

विश्वव्यापी महामारी कोभिड—१९ को रोकथामको लागि आ—आफ्नो क्षेत्रबाट सकेको प्रयास गर्नुहुन विद्यार्थी कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।
समितिका सदस्य ईश्वर शाहीले ‘द्वन्द्वान्मक भौतिकवाद’ र अर्का सदस्य हृदय दहालले ‘माक्र्सवादका तीन सङ्घटकहरु’ बारे आ—आफ्नो प्रस्तुति दिनुभएको कार्यक्रममा केन्द्रीय सचिव रमेश प्रजापतिले पनि बोल्नुभएको थियो ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *