भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

वागीश्वरी माविमा एक दिने कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम

  • फाल्गुन २०, २०८०

भक्तपुर, १९ फागुन । वागीश्वरी माध्यमिक विद्यालयको आयोजना विद्यालयमा कार्यरत कर्मचारीहरु बिच एक दिने कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम शनिबार सम्पन्न भयो ।

कार्यक्रमका अतिथि वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले कर्मचारीहरुले ऐन कानुनको विषयमा जानकारी राख्नुका साथै संस्थाप्रति इमान्दार भई वैचारिक रुपमा स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममां वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जिम्मेवारी प्रतिको लगनशीलत नै व्यक्तिको परिचय रहेकाले कर्मचारीहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले वागीश्वरीमा कार्यरत कर्मचारीहरुको साथ सहयोगले आज वागीश्वारी माविसँग,ै वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट गरी तीनवटा संस्था सफलतापूर्वक सञ्चालन भैरहेको बताउनुभयो ।

भक्तपुर नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् प्रशिक्षक बसन्त भट्टराईले नेपालमा अभ्यास भइरहेको प्रशासनीक कानुनी प्रावधान, कर्मचारीको कर्तव्य, मर्यादाकोबारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा प्रअ कृष्णप्रसाद धन्छा, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, वागीश्वारी माविका सहायक प्र.अ. कृष्णप्रसाद कर्माचार्य, राजन फेलु, तुल्सीराम प्रजापति तथा सविन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *