भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

‘ताइवान स्वतन्त्रता’ ले कहीँ पनि पु¥याउँदैन

  • फाल्गुन ५, २०८०

-ली वेनहान

चीनको राज्य परिषद् ताइवान मामिला कार्यालयका प्रवक्ता चेन बिन्हुआले जनवरी १७ मा हालै सम्पन्न ताइवानको क्षेत्रीय नेतृत्व र व्यवस्थापिकाको निर्वाचनबारे सञ्चारमाध्यमको प्रश्नको जवाफ दिँदै राष्ट्रिय पुनर्मिलनलाई अडिग रूपमा अगाडि बढाउने चिनियाँ मुख्य भूमिको सङ्कल्प दोहो¥याउनुभयो ।

तथाकथित ‘चुनाव’ जनवरी १३ मा सम्पन्न भयो । ‘ताइवान स्वतन्त्रता’ समर्थक डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का उम्मेद्वार लाइ चिङ–टे र उनीसँगै दौडमा रहेका सहयाओ बि–खिम नेतृत्वको जोडी निर्वाचनमा विजयी भए ।

चेनले ताइवान चीनको हिस्सा हो भन्ने तथ्यलाई चुनावी नतिजाले खण्डन गर्न नसक्ने, अन्तरसामग्री सम्बन्धको आधारभूत परिदृश्य, विकासको प्रवृत्तिलाई परिवर्तन गर्न नसक्ने र चीनको पुनर्मिलनको अपरिहार्य प्रवृत्तिलाई रोक्न नसक्ने बताउनुभयो ।

निकट भविष्यका लागि ताइवानप्रतिको मुख्य भूमिको नीतिबारे चेनले भन्नुभयो, “हामी एक चीन सिद्धान्तलाई मूर्त रूप दिने, ‘ताइवान स्वतन्त्रता’ को दृढतापूर्वक विरोध गर्ने र शान्ति कायम राख्ने सन् १९९२ को सहमतिलाई दृढतापूर्वक पालन गर्नेछौँ ।”

उहाँले अगाडि भन्नुभयो, “मुख्य भूमिले क्रस स्ट्रेट एक्सचेन्ज (जल डमरु वारपार आदानप्रदान) विस्तार गर्नेछ, सहयोग प्रवद्र्धन र राष्ट्रिय पुनर्मिलनलाई अगाडि बढाउन एकीकरणलाई गहिरो बनाउनेछ ।

लाइको चुनावी जीत धेरै कारकहरूको मिश्रणको परिणाम हो र यसलाई ‘स्वतन्त्रता’ शक्तिहरूको विजयको रूपमा व्याख्या गर्न सकिँदैन, ताइवान अध्ययन विज्ञहरूले भनेका छन् ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सेजको इन्स्टिच्युट अफ ताइवान स्टडीजका निर्देशक झु वेइडोङका अनुसार लाइले ताइवानको चुनाव जितेको भए पनि यसले करिब ४० प्रतिशत मतदाताको मात्र समर्थन पाएकोले यस टापुको मुख्यधाराको जनमतलाई प्रतिनिधित्व गर्दैन ।

निर्वाचनमा डीपीपीको मतको हिस्सा र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने मतदाताको सङ्ख्या यो वर्ष अहिलेसम्मकै न्यून बिन्दुमा पुगेको छ । १९९६ मा ‘प्रत्यक्ष चुनाव’ को थालनीपछि, विजयी उम्मेदवारहरूले सामान्यतया ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छैनन्, केवल दुई अपवादहरूमा बाहेक । एउटा २००० मा थियो, डीपीपीको चेन शुई–बियानले ३९.३ प्रतिशत प्राप्त गर्यो र अर्को यस पटकलाइले ४० प्रतिशत मत प्राप्त गरेका छन् ।

डीपीपीको विगत आठ वर्षको सत्तामा रहेको असन्तुष्टि, राम्रो अर्थतन्त्र र क्रस स्ट्रेट एक्सचेन्ज (जल डमरु वारपार आदानप्रदान) को लागि आह्वान, विपक्षी दलहरूले प्रतिनिधित्व गरेको जसले संयुक्त रूपमा लगभग ६० प्रतिशत मत जित्यो, यस टापुमा मुख्यधाराको विचार झल्काउँछ, झुले भन्नुभयो ।

चुनावमा चिनियाँ कोमिन्ताङ (केएमटी) र ताइवान पिपुल्स पार्टी (टीपीपी) बिचको प्रस्तावित गठबन्धन अस्तित्वमा आउन सकेन । तिनीहरूको असहमतिलाई सदुपयोग गर्दै लाइले चिनियाँ मुख्य भूमिसँग पुनः एकीकरणको विरुद्धमा कारबाहीहरूको वकालत गरे र प्रभावकारीरूपमा मतदाताको ध्यान हटाएर क्रस स्ट्रेट (जल डमरु वारपार) तनावलाई बढाए ।

लाइको निम्ति भोटमा आएको स्खलन, पछिल्ला दुई नेतृत्व चुनावमा डीपीपीको प्रदर्शनको तुलनामा, समर्थनमा उल्लेखनीय स्खलनलाई सङ्केत गर्दछ । यसबाहेक पनि पार्टीले यस टापुको एक सदनात्मक व्यवस्थापिकामा बहुमत कायम गर्न असफल भएपछि भविष्यमा यसका नीतिहरू पारित गर्ने सम्भावनालाई सीमित गर्दै आफ्नो विधायिकी फाइदा गुमाएको छ ।

११३ सीट भएको व्यवस्थापिकाको चुनावमा केएमटीले ५२ सीट जित्यो, डीपीपीले ५१ सिट जित्यो र टीपीपीले आठ सिटमात्र जित्यो । बाँकी दुई स्वतन्त्र उम्मेदवारमा परेका छन् ।

यस चुनावले देखाएको प्रान्तको जनमतमा आएको परिवर्तनको जाँच गर्दै शाङ्घाई इन्स्टिच्युट अफ ताइवान स्टडीजका उपनिर्देशक नी योङजीले यस टापुको प्रभावशाली भावना क्रस स्ट्रेट जलडमरु वरपार शान्ति, प्रगति, सञ्चार र सहयोगतर्फ झुकाव रहेको दाबी गर्नुभयो ।
अधिकांश ताइवानका बासिन्दाहरूले स्थिर र सौहार्दपूर्ण क्रसस्ट्रेट जलडमरु वरपार सम्बन्ध खोज्छन् र लाइको व्यक्तिगत अडान, टीपीपीको शासन गर्ने क्षमता र मुख्य भूमिको सामना गर्न अमेरिकामा झुकाउने दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गर्छन् ।

डीपीपीको दुई कार्यकाल सत्तामा भएपछि जनताले ‘ताइवान स्वतन्त्रता’ बयानलाई भ्रमपूर्ण र अप्राप्य लक्ष्यको रूपमा हेर्छन्, नीले भन्नुभयो ।
झुले जोड दिनुभयो कि ‘ताइवान स्वतन्त्रता’ लाई बढावा दिनुले पारस्परिक विश्वासको विद्यमान अभावलाई मात्र बढाउँछ, क्रस स्ट्रेट (जल डमरु वारपार) तनाव बढाउँछ र क्रस स्ट्रेट सम्बन्धहरू नियन्त्रणबाट बाहिर निस्कने जोखिम बढाउँछ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले जनवरी १४ मा ताइवान क्षेत्रमा हालै सम्पन्न नेतृत्वको निर्वाचनको नतिजाले एक चीन सिद्धान्तलाई पालना गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रचलित सहमतिलाई परिवर्तन नगर्ने बताउनुभयो । उहाँले ताइवानको ‘स्वतन्त्रता’ विगतमा कहिल्यै सम्भव नभएको र भविष्यमा पनि सम्भव नहुने कुरामा जोड दिनुभयो ।
–पेइचिङ रिभ्युबाट
अनुवाद : अभिनव 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *