भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

सचेत जनता र बुद्धिजीविको सङ्घर्षबाट बन्छ जनपक्षीय कानुन

  • माघ ३, २०७७

भक्तपुर, २ माघ । ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा क्याम्पसको संयुक्त आयोजनामा ‘नेपालको राजनीतिक आन्दोलन र नेमकिपा’ विषय प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छ“े (रोहित) ले सार्वभौम र स्वतन्त्र राष्ट्रमा बाह्य शक्तिको हस्तक्षेप हुने गर्दैन भन्दै नेपालका प्रमदेखि विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रारलगायत नियुक्तिमा समेत भारतीय हस्तक्षेप हुनु खतराको सड्ढेत भएको बताउनुभयो ।

सचेत जनता र बुद्धिजीवीको सङ्घर्षले मात्र बहुसङ्ख्यक जनताको पक्षमा कानुन बन्ने धारणा राख्दै अध्यक्ष बिजुक्छे“ले नेमकिपाका अग्रजहरूको मोहियानी हकको आन्दोलनले नै भक्तपुरका किसानहरूको जीवनस्तर उकासिएको बताउनुभयो ।

कमैया मुक्तिको नाममा कमैयाहरूलाई मोहियानी हकबाट वञ्चित गर्ने ठूलो षड्यन्त्र भयो, अध्यक्ष बिजुक्छे“ले स्पष्ट पार्नुभयो ।

उहा“ले भन्नुभयो, “बेरोजगार युवाहरूले क्रान्ति गर्लान् भन्ने डरले नै राणाकालमा गोर्खा भर्तीकेन्द्र खोलेको थियो र अहिले पनि छ । गोर्खा भर्तीकेन्द्रका सिपाहीहरूले देशको निम्ति नभई पैसाको लागि विदेशीको इसारामा लागि लड्छ्न, त्यसैले गोर्खा भर्तीकेन्द्र बन्द गर्नु आवश्यक छ । नेपाली युवाहरूलाई रोजगारीको नाममा विदेशमा सस्तो ज्यामीको रूपमा देश हितविपरीत पठाइरहेका छन् । वैदेशिक रोजगारले देश आत्मनिर्भर हुनेछैन ।”

क्रान्ति सफल पार्न एक ऐतिहासिक युग पनि लाग्न सक्ने धारणा राख्दै उहा“ले भन्नुभयो, “क्रान्तिको लागि नया“ पुस्तालाई तयारी गर्नुपर्छ । शैक्षिक प्रमाणपत्रले मात्र मानिसको चरित्र र योग्यताको निर्धारण गर्न मिल्दैन । मुख्य कुरा विचार र व्यवहार हो ।”

देशमा राजनीतिक सड्ढट हुने बेला भारतीय विस्तारवादले देशको सिमाना मिच्ने गरेको प्रवृत्तिप्रति सरकार सजग हुनुपर्नेमा उहा“ले जोड दिनुभयो । संसद् विघटन स्वाभाविक र औचित्यपूर्ण कदम भएको र जनताको ताजा जनादेश प्राप्त गर्न निर्वाचनमा भाग लिनु आवश्यक भएको अध्यक्ष रोहितले बताउनुभयो ।

उहा“ले सरकारले प्रगतिशील कर लागू गर्नेतर्फ जोड दिद“ै नेमकिपाले सधै“ देश र जनताको इमानदारीपूर्वक सेवा गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थापनाकालदेखि नेमकिपाले कहिल्यै पनि पदको निम्ति काम नगरेको चर्चा गर्दै नेमकिपाले नैतिकता र सिद्धान्तको राजनीति गरिरहेको बताउनुभयो ।

भनपा ख्वप विश्वविद्यालय सञ्चालनको तयारीमा निरन्तर जुटिरहने जानकारी गराउ“दै उहा“ले एक न एक दिन ख्वप विश्वविद्यालय पाउने बताउनुभयो । नेमकिपाको मुख्य उद्देश्य कामदार वर्गलाई शासनसत्तामा पु¥याउन कानुनी र गैरकानुनी सङ्घर्षलाई जोड दिन्छ, प्रमुख प्रजापतिले भन्नुभयो ।

संसद्बाट समाजवाद आउ“छ भन्नु संशोधनवादी सिद्धान्त भएको बताउ“दै उहा“ले नेकपाको लडाइर्“ सैद्धान्तिक र वैचारिक नभई पद र भागबन्डाको लडाइ“ सावित भइरहेको बताउनुभयो ।

ख्वप कलेजका प्राचार्य रूपक जोशीले भागबन्डा नमिल्दाको परिणाम संसद् विघटन भएको र ठूला दलहरूले सत्तामा पुगेर पनि जनताको सेवामा काम गर्न नसकेको बताउनुभयो ।

ख्वप माविका प्राचार्य प्रकाश श्रेष्ठले नेमकिपाले अमेरिकी एमसीसी सम्झौता संसद्बाट पारित गर्न नहुने र यसलाई अस्वीकार गर्नुपर्ने अडान लिएको बताउ“दै भ्रष्टाचारविरूद्ध नेमकिपाले निरन्तर आवाज उठाइरहेको बताउनुभयो । कार्यक्रममा कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *