‘चिलीमा फासिवादको प्रतिरोध’ पुस्तकको अध्ययन गोष्ठि

  • मंसिर ८, २०७७

भक्तपुर, ५ मङ्सिर ।

नेपाल क्रान्तिकारी विद्यार्थी संंघ २३ औं भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘चिलीमा फासिवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले कुनै ठाउँको विषयवस्तु अध्ययन गर्दा त्यस ठाउँको भुगोल, इतिहास, रहनसहनका बारेमा पनि जानकारी राख्नुपर्ने बताउनुभयो ।

विश्वको कम्युनिष्ट आन्दोलनबारे चर्चा गर्दै उहाँले भन्नुभयो ‘साम्राज्यवादी शक्तिहरुले विश्व कम्युनिष्ट आन्दोलनलाई निरन्तर प्रहार गर्दै आएको र चिलीको घटना पनि त्यसको क्रम मात्र हो । सिद्धान्तका आधारमा कार्यकर्ताहरु तयार गर्नुपर्नेमा जोड दिनुहुँदै कार्यकर्ताहरु परिपक्व नभए क्रान्ति पनि नटिक्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका अतिथि नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले सम्झौतामा बनेको सरकारले इच्छा अनुसार काम गर्न नसक्ने भन्नुहुँदै अहिलेको दुईतिहाई सरकार पनि सम्झौतामै बनेको र शसस्त्र संघर्ष नगरिकन आएको हुनाले केही पनि काम गर्न नसक्ने बताउनुभयो ।

पुस्तक र पत्रपत्रिकाहरुको अन्तरक्रिया र अध्ययन गोष्ठीजस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई अध्ययनशिल र सैद्धान्तिक रुपमा परिपक्व बनाउने भएकाले त्यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन जोड दिनुभयो ।

नेक्राविसंघ २३ औं भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक मिलन गणेजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा दिनेश खड्गी, राजन अवाल, बिलम सुवाल, प्रमिला ज्याख्व, प्रविन लाखाजू,सम्राट प्रजापति, रमा माताङ, शिला दुवाले आ–आफ्नो अध्ययन पत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *