नजी कम्पनीद्वारा सरकारी गाडीको दुरुपयोग

  • मंसिर ५, २०७७

भक्तपुर, ४ मङ्सिर । भक्तपुर नपा वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुको फोहर सङ्कलनको लागि नेप्से म्याक कम्पनीले सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ । नेप्सेम्याक नामक निजी कम्पनीले भक्तपुर नगरपालिकाको स्वीकृतिबिना भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुको फोेहर सङ्कलन सरकारी गाडीबाट गरेको पाएपछि सो गाडीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको छ ।

कानुनतः सरकारी गाडी निजी क्षेत्रले प्रयोग गर्न नमिल्ने हुँदा बा १ ग २७६२ सरकारी नम्बर प्लेटको गाडी प्रयोग गरी फोहर सङ्कलन गर्दै आएको सो गाडीका चालक र गाडीमा सवार दुई जना व्यक्तिहरुलाई समेत आवश्यक कारबाहीको लागि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । भक्तपुर उद्योग क्षेत्र भक्तपुर नगरपालिकाको भौगोलिक क्षेत्रमा पर्ने भएकोले सो क्षेत्रको फोहर व्यवस्थापन भक्तपुर नपाले नै गर्दै आएकोमा एउटा निजी कम्पनीले नगरपालिकाको स्वीकृति नै नलिई सरकारी गाडी दुरुपयोग गरी फोहर सङ्कलन गर्र्दै गर्दा आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको सम्बन्धित निरीक्षकहरुले बताएका छन् ।

सोसम्बन्धी आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई र नेप्से म्याक कम्पनीलाई भक्तपुर नगरपालिकाको स्वीकृति नलिई भक्तपुर औद्योगिक क्षेत्रको सरसफाइ कार्य कसरी अगाडि बढाइएको हो सोको जानकारी गराउन र सम्झौतापत्र भक्तपुर नपामा बुझाउन पत्राचार गरेको सम्बन्धित स्रोतले जनाएको छ ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *