भाषा संस्कृतिको संरक्षण गर्नु मानव सभ्यताकै संवद्र्धन

  • मंसिर ३, २०७७

काठमाडौँ । नयाँ वर्ष नेपाल संवत् ११४१ को अवसरमा काठमाडाँै टोखाको नयाँ वर्ष आयोजना समितिको आयोजनामा सोमबार अनलाइन शुभकामना आदानप्रदान कार्यक्रम भयो । विगत केही वर्षअघि विभिन्न सांस्कृतिक झाँकीसहित हुने गरेको सांस्कृतिक उत्सव यो वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी अनलाइन कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपाल संवत्को सुरूआतको वैज्ञानिक आधारबारे थप खोज–अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भाषा, साहित्य,संस्कृति र सम्पदाबारे नयाँ पुस्तालाई पनि शिक्षित बनाउनुपर्नेमा जोड दिनुहँुदै घरमा केटाकेटीसँग मातृभाषामै बोल्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

कुनै पनि भाषाको हजाराँै वर्षको इतिहास हुने चर्चा गर्नुहँुदै सांसद सुवालले भाषा र संस्कृतिको संरक्षण गर्नु भनेको मानव सभ्यताको संवद्र्धन गर्नुभएको स्पष्टपार्नुभयो ।

उहाँले भन्नुभयो, “ज्योतिषशास्त्र विज्ञान हो । त्यसकारण विज्ञान पढ्ने विद्यार्थीले ज्योतिषशास्त्र अध्ययनलाई पनि जोड दिन आवश्यक छ ।”

उहाँले विकास र समृद्धिको नाममा सरकारले बनाइरहेका फास्टट्रयाकले विस्तारवाद र साम्राज्यवादी शक्तिलाई नेपालभित्र पस्न सहज बनाउने बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा काठमाडाँै जिल्ला समिति अध्यक्ष नारायण महर्जनले शङ्खधर साख्वाले जनताको ऋण मोचन गरेर जनतालाई सहयोग गरेजस्तै आजका शासकहरूले पनि नेपालीे जनताका समस्या मोचन गर्न नसकेको बताउनुभयो ।

उहाँले नयाँ वर्ष मनाउने नाममा फैलिएका विकृति र विसङ्गतिबाट समाजलाई जोगाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सृजना सैँजूले जनता बाँचे मात्र कुनै पनि भाषा र संस्कृति बाँच्ने हो भन्दै जातीय र भाषिक आन्दोलनलाई वर्ग सङ्घर्षबाट अलग्ग राख्न नसकिने बताउनुभयो ।

शासक दलहरूमा अझै पनि प्रदेश र स्थानीय तहको सरकार भनेको केन्द्रीय सरकारकै एकाइ भएको गलत बुझाइ भएकोले संविधान घोषणा भएको वर्षा बित्दा पनि प्रदेश र स्थानीय तहले प्रभावकारी काम गर्न नसकेको चर्चा गर्नुभयो ।

नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले शासक वर्गले धर्मलाई जनतामाथि दमन र शोषण गर्ने हतियारको रूपमा प्रयोग गर्ने गरेको चर्चा गर्नुहँुदै धर्मको नाममा अन्धविश्वासलाई समर्थन गर्न नहुने र धर्म– संस्कृतिप्रति आलोचनात्मक दृष्टिकोण कायम राख्नुपर्ने धारणा राख्नुभयो ।

इन्जिनियर राजदास श्रेष्ठले धर्मका कुप्रभावलाई हटाई संस्कृतिलाई जोगाउनुपर्ने बताउनुभयो । देशमा गणतन्त्र स्थापना भए पनि भाषिक दमनको रूप फेरिएको तर भाषिक दमनको सिलसिला चालू रहेको उहाँको भनाइ थियो ।

उहाँले नेपाल संवत्लाई संस्कृति संवद्र्धनको आन्दोलनको रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

जनसाहित्य समाज टोखाका संस्थापक तथा आयोजक समितिका सल्लाहकार राजवीर डंगोलले काठमाडाँै उपत्यकामा विकास र समृद्धिको नाममा मौलिक संस्कृति तथा सम्पदामाथिको हमला एवम् जनताका उत्पादनका साधन खोस्ने शासक दलको गतिविधि रोक्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा फास्टट्र्याकविरूद्ध बुङ्गमती सरोकार समितिका सचिव महेन्द्र ब्रह्माचार्य, काठमाडाँैस्थित कमलपोखरी पुनःस्थापनाका अभियन्ता भागवतनरसिंह प्रधान, चन्द्रागिरि नपाका सुनिल महर्जन, कागेश्वरी नपाका अनिल श्रेष्ठ, तारकेश्वर नपाका श्रीकुमार महर्जन, ललितपुर सुनाकोठी सडक सङ्घर्ष समितिका अशोक डंगोल, टोखाका शोभालाल महर्जनलगायतले शुभकामना दिनुभयो ।

आयोजक समितिका संयोजक काशिलाल डंगोलको सभापतित्वमा भएको कार्यक्रममा मदन श्रेष्ठ, शैलेश डंगोल, समीक्षा डंगोल, विकल प्रजापति, कृष्णबहादुर डंगोल, बुद्ध लामालगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आयोजक समितिका सचिव कमलबहादुर डंगोल, रमेश डंगोल, आशिष डंगोललगायतले बोल्नुभएको थियो ।

स्रोतः श्रमिक साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *