भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत्

  • कार्तिक ३०, २०७७

भक्तपुर, २९ कार्तिक । नेपाल संवते ११४१ अवसरमा सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजले शनिबार साँझ शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

अनलाइन आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपाल संवत्लाई नेवारको मात्र भन्नु गलत भएको भन्दै नेपाल संवत् चलेको गरिएका ८८८ वर्षमा पूरै नेवार शासन थिएन भन्नुभयो ।

उहाँले नेपालको अलग्ग अस्तित्व पुष्टि गर्न संयुक्त राष्ट सङ्घमा नेपालले नेपाल संवत्, रञ्जना लिपि, तीनकुने झंण्डा, दौरा सुरुवाल भादगाउँले टोपीलगायतको भेषभुषा प्रस्तुत गरेको भन्दै नेपाल संवत्को प्रयोग पूर्व कोसीपारिदेखि पश्चिम कर्णालीसम्म व्यापकरुपमा भएको ऐतिहासिक प्रमाणहरु रहेको धारणा राख्नुभयो । उहाँले नेपाल संवत् नेपालको भूमिबाट जन्मिएको भन्दै नेपालको सांस्कृतिक गतिविधि सञ्चालनको निम्ति यो संवत् प्रचलनमा रहेको उल्लेख गर्नुभयो ।

केन्द्रीय सदस्य गोसाईले तिहार धार्मिकभन्दा सांस्कृतिक महत्वको पर्व भएको भन्दै जनतामाथि प्रभाव वा नियन्त्रण कायम गर्न धर्मलाई प्रयोग भइरहेबाट सचेत हुुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले प्रकृतिको पूजा गर्नु मानिसकै विशेषता हो भन्नुभयो ।

आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको कार्यक्रममा श्यामकृष्ण खुलिमुलीले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *