कामदारवर्गको मुक्तिको साहित्य कामदारवर्गले नै लेख्न जरूरी
- चैत्र २०, २०८०
साहित्य
घोषणा !
तिमीहरू मिल्दा र नमिल्दा पनि
तिमीहरू फुट्दा र जुट्दा पनि
जनताले खान पाउँदैनन्, लाउन पाउँदैनन्
जनताले काम पाउँदैनन्, बास पाउँदैनन्
जनताले उपचार पाउँदैनन्, बाँच्न पाउँदैनन्
जनताले सुख पाउँदैनन्, सुरक्षा पाउँदैनन्
जनताले क्रान्ति देख्न पाउँदै पाउँदैनन् भने
अब फेरि तिमीहरू मिल या नमिल
अब फेरि तिमीहरू फुट या जुट
अवसान तिमीहरूको निश्चित
मलामी, सलामी अनिश्चित !
कोभिड–१९ र ‘गोभिड–२०’
यतिखेर,
जनता कोभिड–१९ बाट आक्रान्त
शासक ‘गोभिड–२०’ बाट सिकिस्त
‘गोभिड–२०’ अर्थात् गोयल भाइरस !
मलाई थाहा छैन,
जनता खाने कोभिड खतरनाक कि
शासक सिध्याउने गोभिड ?
कोभिड महामारीसँग लड्ने कि
यतिखेर गोभिड महामारीसँग ?
कोभिड–१९ फैलिए,
कोभिड–१९ बिग्रिए
आईसियू छ, भेन्टिलेटर छ
अनि, भ्याक्सिन बन्दै छ
(बेसारपानी, हाँछ्यू साँछ्यू त छँदैछ !)
‘गोभिड–२०’ फैलिए
‘गोभिड–२०’ बिग्रिए
के गर्ने होला ?
कहाँ लाने होला ?
भ्याक्सिन कहिले बन्ने होला ?
कि सिधै पशुपति लाने
अथवा, दिल्ली दरबार पु¥याउने ?
Leave a Reply