सानो उद्योग क्षेत्रमा ध्वनि र धुवाँ प्रदुषण फाल्ने उद्योग किन ?

  • कार्तिक २०, २०७७

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मोतिलाल दुगडसहित मन्त्रालयका अधिकारी र औद्योगिक व्यवस्थापन मुख्य कार्यालय बालाजुका महाप्रबन्धकसमेतका अधिकारीहरुको टोलीले कार्तिक १८ गते भक्तपुर साना औद्योगिक क्षेत्रको स्थलगत अध्ययन ग¥यो । विसं २०३५ सालमा भक्तपुरको सीप र साधनमा आधारित साना उद्योगको प्रवद्र्धन गर्न मित्र देश जर्मनीको सहयोगमा योग औद्योगिक क्षेत्र स्थापना भएको हो । व्यवस्थापन कार्यालयका तत्कालीन अधिकारीहरुले कमिशन खाँदै ध्वनि र धँुवा फाल्ने टेक्सटाइल र डाइङलगायत ठूला उद्योगीहरुलाई यहाँको जग्गा र भवन कौडीको दरमा बहालमा दिएका थिए ।

भक्तपुरका साना उद्योगहरुलाई प्रवद्र्धन गर्न नै यो औद्योगिक क्षेत्र मानव बस्ती र भक्तपुरको दरबार क्षेत्र लायकुसँग जोडिएर स्थापना गरिएको हो । स्थापनाको प्रकृतिअनुसार यो औद्योगिक क्षेत्रमा ध्वनि, धुँवा र रसायन प्रदुषण फाल्ने टेक्सटाइल, डाइङ उद्योग सञ्चालन हुनसक्दैन । यो औद्योगिक क्षत्रको वरिपरि ब्यासी, खौमा, इटाछेँ, सहिद उद्यान, देकोचा क्षेत्रमा हजारौँ मानिस बसोबास गर्छन् ।

जर्मनी सरकारको सहयोगमा यो औद्योगिक क्षेत्रमा झिङ्गटी छानासहितको एक तले भवन बनाइएको थियो । यसले पनि यो औद्योगिक क्षेत्र ध्वनि र धँुवा फाल्ने टेक्सटाइल र डाइङको लागि नभएको पुष्टि गर्छ । साना उद्योग भनेको टेक्सटाइल र डाइङ उद्योग होइन ।

पवन सांघाई र रोहित सांघाईले स्वेटर कारखाना सञ्चालन भइरहेको उद्योगको भवनमा झिङ्गटी छाना हटाई चारैतिर जस्तापाता बेरेर जस्तापाता नै छाना राखाी टेक्सटाइल र डाइङ उद्योग सञ्चालन गरे । बिहानदेखि रातिसम्म वरिपरिका मानिस घरभित्र बस्नै नहुने गरी पवन र रोहित सांघाईले टेक्सटाइल र डाइङ उद्योग सञ्चालन गरेपछि जनता सडकमा उत्रे र आफ्ना पीडा लेखेर प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, व्यवस्थापन कार्यालयमा ध्वनि र धुँवा प्रदुषण फाल्ने टेक्सटाइल र डाइङ उद्योग बन्द गर्न आग्रह गरे ।
पीडित जनतामो आग्रहपछि उद्योग राज्यामन्त्री दुगड औद्योगिक क्षेत्रमा स्थलगत अध्ययन गर्न आएका थिए । तर पवन र रोहित सांघाईले आफ्ना ४२ थान स्वचालित टेक्सटाइल मेसिनमध्ये ५–७ थानमात्र चलाएर राज्यमन्त्री दुगडलाई छल्ने काम गरे ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय छ । यो मन्त्रालयले मानव बस्तीबीचमा परेको भक्तपुर साना औद्योगिक क्षेत्रका टेक्सटाइल, डाइङलगायत कुन–कुन उद्योगको ध्वनि र धुँवा मानिसको हानिकारक छ, अध्ययन गर्नु गराउनु आवश्यक छ । के जस्तापाताले बेरेको टहरामा स्वचालित टेक्सटाइल र डाइङ मेसिनले सँगैको मानव बस्ती ध्वनि र धुँवा प्रदुषणबाट अवरोध हुदैँन ? निश्चय नै हुन्छ ।

उद्योग राज्यमन्त्री दुगड आफै उद्योगी हुन् । मानव बस्तीसँगै जोडिएको टेक्सटाइल र डाइङ मेसिनले त्यहाँका जनताको स्वास्थ्यमा कति प्रतिकूल असर पर्छ भनी राज्यमन्त्री दुगडलाई थाहा छ । औद्योगिक व्यवस्थापन कार्यालय र उद्योग मन्त्रालयका अधिकारीहरुलाई पनि ध्वनि र धुँवा प्रदुषणबाट मानव स्वास्थ्यमा कति नोक्सान पु¥याउँछ थाहा छ ।

–अजय सुवाल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *