बल्ल आयो डीएपी मल

  • कार्तिक १७, २०७७

डोटी, १६ कार्तिक । धान काटेर गहुँ छर्ने बेला भइसक्दासमेत जिल्लामा मल नपाउँदा किसान चिन्तित भइरहेको बेला जिल्ला बल्ल डीएपी मल आएको छ । राष्ट्रिय समाचार समितिमा मल नहँुदा किसान चिन्तित भन्ने समाचार प्रकाशित भएपछि कृषि साम्रगी कम्पनी लिमिटेडले यहाँका एग्रेभेटका व्यापारीमार्फत बिक्रिका लागि मल पठाएको हो ।

डीएपी मल आएसँगै यहाँका किसानको मल किन्नका लागि पसलमा भीड लमग्न थालेको छ । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा रहेको साजन एग्रोभेट तथा शाही एग्रोभेटले डीएपी मल ल्याएका हुन् । ती व्यापारीहरुले कम्तीमा दुई÷दुई टन डीएपी मल ल्याएपछि अहिले मलका लागि किसानको भीड लाग्ने गरेको स्थानीयवासी हर्कबहादुर बमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लामा कम्तीमा पनि २५ टन मल आवश्यक पर्छ, अहिले व्यापारीले चार टन मल ल्याएपछि केही राहत भएको छ ।” कैलालीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट यहाँका व्यापारीले मल ल्याएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले कम्पनीमा मल पठाउनका लागि आग्रह गरेपछि बल्ल जिल्लामा मल आएको हो । डीएपी मल आए पनि युरिया मल भने अहिलेसम्म आउन सकेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया मल नभएका कारण पठाउन नसकिएको कम्पनीले जनाएको छ । भारतबाट नै मल नआएका कारण यहाँका जिल्लामा मल पठाउन नसकिएको कम्पनीको दाबी छ ।

स्रोतः मजदुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *