भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न

  • पुष २८, २०८१

भक्तपुर, २७ पुस । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २० औँ स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा भएको भक्तपुर नगरस्तरीय टेबलटेनिस प्रतियोगिता–२०८१ को फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

कार्यक्रममा अतिथि खत्रीले भक्तपुर नगर शिक्षा, स्वास्थ्य, सांस्कृतिक, पर्यटन तथा अन्य विविध क्षेत्रमा परिचित रहेकोमा आगामी दिनहरूमा खेलकुद क्षेत्रमा पनि उत्तिकै विकास गर्दै विश्वभरि परिचित गर्ने कदमहरू चाल्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्दै आएको र यस वर्ष पनि सोहीअनुसार अन्तर नगरस्तरीय खेलकुद प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।

अखिल नेपाल टेबुलटेनिस सङ्घका सदस्य तथा राष्ट्रिय खेलाडी महासङ्घका महासचिव शिवसुन्दर गोथेले कुनै पनि खेलकुदको विकासका लागि पूर्वाधारहरूको पर्याप्त व्यवस्था हुनुपर्नेमा जोड दिँदै खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी तयार हुने बताउनुभयो ।

भक्तपुर जिल्ला टेबुलटेनिस सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले सङ्घबाट टेबुलटेनिस क्षेत्रको विकासका लागि गर्दै आएका विविध गतिविधिहरूका बारेमा जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरूले वित्तीय कारोबारका अलावा विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै समाज विकासको लागि योगदान दिनुपर्ने औँल्याउनुभयो ।

युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त समापन कार्यक्रममा इन्द्रभक्त पञ्चले पनि बोल्नुभएको थियो । पाँच वटा विभिन्न विधाहरूको क्वाटर फाइन, सेमिफाइनल तथा फाइनल खेलहरूबाट प्रतियोगितामा Boys’ Singles (Upto Class 7) मा प्रोक्सिमा इन्टरनेसनलका नयन लालुवा, प्रभात इ.स्कूलका सफल सुवाल, लनर्स एकेडेमीका प्रत्युश शिल्पकार र प्रोक्सिमा इन्टरनेसनलका अरबीत गाइजु क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै Girls’ Singles (Upto Class 10) प्रभात इ.स्कुलका उरबी सुवाल, रेश्ना कोजु, श्रोणा बासुकला र सेफिना कोजु क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् । Boys’ Singles (Class 8 to 10) मा द राइजिङ इ.स्कूलका निशान रन्जितकार, ओजिन सुवाल, दीपेश सुवाल र एभरेस्ट इ.स्कूलका निरल बासुकला क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । Men’s Singles (College Level) मा सिद्धि गणेश साकोसका रजोजमान थकु, भिन्तुना साकोसका सृजल सुवाल, न्युनिश सुवाल र लशकुश साकोसका रोशन आचार्य क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । Master’ Single मा थी थी उपभोक्ता सहकारीका सुबोध जोन्छे, होटल सेन्ट्रल भक्तपुरका जीवन गोसाई, कृष्णगोविन्द शिल्पकार र लोकेश्वर साकोसका लक्ष्मण खुसु क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । प्रतियोगिताबाट हिमालयन ग्लोरी इ.स्कूलका आर्यन सुवाल र बरदायणी आधारभूत विद्यालयका संगीता रानामगर उदीयमान खेलाडी घोषणा गरियो । विजयी खेलाडीहरूलाई प्रमाणपत्र, शिल्ड, मेडल तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *