लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
भक्तपुर, २७ पुस । वाकुपति चाँगुनारायण मन्दिर परिसर सहयोग समिति र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा शनिबार भक्तपुर नगरव्यापी दोस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता एक समारोहबिच शनिबार सम्पन्न भयो ।
उक्त प्रतियोगिताको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नाचगान र बाजागाजामा धनी यो पुरातात्विक सहरमा कला, संस्कृति र सम्पदाको संरक्षणसँगै लोप हुन लागेका खेललाई नयाँ पुस्तामाझ पु¥याउन पाठ्यक्रमको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले खेल, नाचगान र वाद्यवादनलाई व्यवसायीकरण गर्नसके आयआर्जन पनि हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले लोप हुन लागेका खेलहरू नयाँ पुस्तामा हस्तान्तरण गर्न, एक आपसमा सद्भाव र मित्रताको विकास गर्न खेलमा भाग लिनुपर्ने आवश्यकता औँल्याउँदै खेलको विस्तार र विकास गर्न प्रतियोगिता गरिरहनुपर्ने बताउनुभयो ।
वाकुपति चाँगुनारायण मन्दिर परिसर सहयोग समितिका अध्यक्ष कृष्णगोपाल प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा भनपा वडा नं. ९ का वडा सदस्य इन्द्रबहादुर प्याथ र प्रगति सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रवीन्द्रप्रसाद कुसीले खेलकुद प्रतियोगितको आवश्यकताबारे चर्चा गर्नुभयो ।
सोही दिन प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।
पुरस्कार वितरण तथा समापन कार्यक्रममा वडाध्यक्ष रवीन्द्र ज्यावले खेल खेल्नु पनि एक कसरत हो† हरेक समारोह सिक्ने थलो पनि हो भन्नुभयो ।
सहयोग समितिका सल्लाकार विष्णुगोपाल कुसीले विजयी महानुभावहरूलाई बधाई दिँदै ज्येष्ठ नागरिकहरूलाई अस्पताल, गाडी, सरकारी कार्यालय जहाँ पुगे पनि सेवा सुविधा दिएर सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले हालै ल्याएको सहकारी अध्यादेशमा सहकारी ठगहरूलाई कारबाही गर्ने कुनै प्रावधान नभएको उल्लेख गर्दै उहाँले उक्त अध्यादेश खराब संस्थालाई तह लगाउनुको सट्टा असल सहकारीलाई मर्का पर्ने खालको रहेको बताउनुभयो ।
सिकाइ केन्द्रका अध्यक्ष रवीन्द्रप्रसाद कुसीको सभापतित्वमा भएको सो कार्यक्रममा सवीन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूबिच भएको सो प्रतियोगितामा गणेशलाल खत्री प्रथम, धनेश्वर प्रजापति द्वितीय, इन्द्रबहादुर देउपाला तृतीय र गणेशमान दुवाल चौथो (सान्त्वना) हुनुभएको थियो ।
विजयी ज्येष्ठ नागरिकहरूलाई नगदसहित प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा ८३ वर्षका तुल्सीलाल दनेखु, ८७ वर्षका विष्णुभक्त ग्वाछा र ८९ वर्षका बुद्धिबहादुर ज्याख्वले पनि भाग लिनुभएको थियो ।
Leave a Reply