माओ कसरी क्रान्तिकारी बन्नुभयो ?
- माघ २५, २०८१
-एन्थोनी मोरेटी
संरा अमेरिका कति सुरक्षित छ ? दुर्भाग्यवश, त्यस देशले फेरि घरेलु आतङ्कवादको घटनाहरूको प्रकाशमा यो प्रश्न सोध्न बाध्य पार्छ । यो हप्ता लुइसियाना रान्यको न्यु अर्लिन्समा एक अमेरिकी नागरिकले नयाँ वर्षको उत्सव चलिरहेको स्थानमा आफूले चलाएको ट्रकबाट ठक्कर दिएर कम्तीमा १४ व्यक्तिको हत्या गरे, दर्जनौँलाई घाइते पारे र नेभाडाको लस भेगासमा पनि निर्दोषको ज्यान लिनसक्ने यस्तै घटना भयो र घटना गर्ने व्यक्तिले आत्महत्या ग¥यो ।
तीतो सत्य यो हो कि अपराधको धारणा र वास्तविकता अमेरिकामा सामञ्जनस्यता छैन । यसको अर्थ अमेरिकीहरूले यो तथ्यलाई बुझ्नुपर्छ कि एक व्यक्ति, प्रायः घृणा, आक्रोश वा क्रोधबाट प्रेरित भएर, धेरै दुःखपीडा निम्त्याउन सक्छन् । त्यसैगरी, अमेरिकी राजनैतिक नेताहरूले पहिले नगरेको काम गर्नुपर्छ ः त्यस्ता घटनाहरू हुने जोखिमलाई कम गर्न उचित समाधानहरू पहिचान गर्नुपर्छ ।
लस भेगास पुलिसले भन्यो कि सुसाइड नोटमा अमेरिकीहरूलाई चेतावनी दिइएको थियो कि तिनीहरूलाई ‘खराब’ व्यक्तिहरूले नेतृत्व गरिरहेका छन्, जो केबल ‘आफूलाई समृद्ध’ बनाउन चाहन्छन् ।
न्यु अर्लिन्समा भएको घटनाबारे एफबीआईले चालकले एक्लै घटना गरेको र शतप्रतिशत आईएसबाट प्रेरित भएको बताएको छ ।
अमेरिकीहरूले आफ्नो देश कतिको सुरक्षित छ भनेर सोध्न जारी राख्नुपर्छ । घरेलु आतङ्कवाद के हो भन्ने बहस जारी छ, तर २०२५ को सुरुका दिनमा के भयो भन्ने कुरामा कसैलाई शङ्का छैन । प्रायः कट्टरपन्थी सोच वा मानिसहरूको विशेष समूहप्रति घृणाबाट प्रेरित एक व्यक्ति वा सानो समूहले धेरै मानिसलाई मार्छ वा घाइते बनाउँछ ।
घरेलु आतङ्कवादको परिभाषा फरक छ । एफबीआईको परिभाषाले घरेलु आतङ्कवादभित्र ‘मानव जीवनको लागि खतरनाक कार्यहरू समावेश गर्ने गतिविधिहरू’ समावेश गर्दछ जसले जनसङ्ख्यालाई तर्साउन, सरकारी नीतिलाई प्रभाव पार्न वा सरकारको आचरणलाई असर गर्न खोज्छ । वर्ष २०२३ मा अमेरिकामा घरेलु आतङ्कवादको जाँच गर्दा लफेयर मिडियाले निष्कर्ष निकाल्यो, “जातीयरूपमा उत्प्रेरित हिंसात्मक चरमपन्थीहरू, सरकारविरोधी र अख्तियारविरोधी हिंसात्मक चरमपन्थीहरू र घरेलु चरमपन्थीहरूसहित हिंसात्मक चरमपन्थी परिदृश्यको विभिन्न कुनाहरूबाट खतराहरू देखा परेका थिए ।”
त्यसकारण, सामूहिक गोलीबारीबाट हुने मृत्युलाई, बन्दुक हिंसा वा घरेलु आतङ्कवादको रूपमा वर्गीकृत गरिएको भए तापनि बहसलाई यसको सबैभन्दा आधारभूत तत्वहरूमा सरल बनाउनुले यो बिन्दु छुटेको छ : अमेरिकाभर अपराध दर घट्दै गएको भए पनि, लाखौँ मानिसहरूको बिचमा त्रास छ । अमेरिकी नागरिकहरू आफू घरमा होस् वा सार्वजनिक ठाउँमा सुरक्षित छैनन् भन्ने ठान्छन् । तिनीहरूको लिङ्ग, विश्वास, यौन झुकाव, राजनीतिक प्राथमिकताहरू र अधिकले मृत्युको सम्भावना बढाउन सक्छ । अपवादवादमा आफ्नो विश्वासलाई बढावा दिने देशमा यस्तो हुनुहुँदैन ।
यस सङ्कटले देशका नेताहरूलाई अर्थपूर्ण, खुला र इमानदारीपूर्वक सार्वजनिक सुरक्षाको बारेमा छलफलमा संलग्न हुन आवश्यक छ । घरेलु आतङ्कवादको सटीक परिभाषा खोज्नमा रुमलिनु समयको बर्बादी हो । बरु, कट्टरपन्थी विचारहरूलाई अन्यथा आम नागरिकहरूलाई प्रभाव पार्नबाट रोक्नको लागि नीतिगत परिवर्तनहरू आवश्यक पर्न सक्छ भन्नेबारे स्पष्टता हुनु आवश्यक छ ।
ती सबै गर्न सजिलो हुनेछैन । तर, अमेरिकासँग अर्को विकल्प छैन । भाँचिएको घरेलु राजनीतिक अवस्थाले थोरै आशा दिन्छ । यदि अमेरिकामा रहेको घरेलु आतङ्कवादलगायतका चुनौतीहरूलाई सम्बोधन गर्न द्विपक्षीय समाधान चाहिन्छ भने दुवै पक्षले आ–आफ्नो छातीमा हात हालेर एकअर्कामाथि गाली गर्न बन्द गर्नुपर्छ ।
सङ्क्षेपमा, वास्तविक समस्याहरूको सामना गर्ने मामिलामा नेतृत्व चुकिरहेको छ । यसको अर्थ घरेलु आतङ्कवादमाथि कसरी लगाम लगाउने भनेर छलफल गर्ने तर आर्थिक तथा सामाजिक असमानता, प्रणालीगत नस्लवाद, जलवायु परिवर्तन इत्यादि जारी रहन्छ भने आतङ्कवादमाथि लगाम निश्चितरूपमा सम्भव हुनेछैन ।
(लेखक रोबर्ट मोरिस विश्वविद्यालयको सञ्चार र सङ्गठनात्मक नेतृत्व विभागमा सहयोगी प्राध्यापक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply