भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

भक्तपुर महोत्सव नेपालकै महोत्सव- सुरेन्द्रराज गोसाई

  • मंसिर २३, २०८१

भक्तपुर, २२ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको प्रचार्राथ शनिबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा साइकल ¥याली भयो । साइलक ¥यालीको उद्घाटन सभामा अतिथि गोसाईले नयाँ पुस्ताका साथीहरुले साइकल ¥यालीमार्फत जनतालाई सचेत पार्नुका साथै विभिन्न विषयको जानकारी दिनु भनेको नयाँ संस्कृतिको विकास भएको बताउँदै निरन्तरताको निम्ति हौसला प्रदान गर्नुभयो ।

उहाँले भक्तपुर महोत्सव नेपालकै महोत्सव भएको उल्लेख गर्दै महोत्सवलाई सफल बनाउन उपत्यकावासीलगायत सम्पूर्णले आ–आफ्नो ठाउँमा प्रचारप्रसार गरी योगदान गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुर्खाले सिर्जेको कला, संस्कृति र सम्पदालाई संरक्षण र पुनजाग्रित गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाले देशमा विभिन्न नकारात्मक घटनाहरु भईरहेको अवस्था पुर्खाले हामीलाई छोडेर गएको कला, संस्कृति र सीपको उजागर गर्दै बाहिय पर्यटकलाई आर्कषित गर्न यस्ता महोत्सवको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रम भनपा ९ वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले पर्यटकीय हिसाबले भक्तपुर सुरक्षित र सफा भएको संदेश दिनुका साथै भक्तपुरका जनताले महोत्सवमा अवलोकन गर्न आउनुहुने अतिथिलाई सत्कार गर्न तयार भएको बताउनुभयो । उहाँले महोत्सवमा भक्तपुरका जनताका जीवनशैली प्रदर्शन हुनुका साथै नयाँ पुस्तालाई मौलिक सीप पुस्तान्तरण हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर महोत्सवका सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले स्वागत गर्नुभयो भने न्हुज किजु र सुमित बालाले पनि बोल्नुभएको थियो । साइकल ¥याली भक्तपुरको दत्तात्रयबाट सुरु भई थिमि, बोडे, पेप्सीकोला, हाडीगाँउ, बसन्तपुर दरबार, टेकु, त्रिपुरेश्वर, पाटनदरबार स्वाक्यर, र्गाको, कोटेश्वर, सूर्यविनायकहुँदै लिबाली पुगी समापन भएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *