भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु

  • मंसिर ८, २०८१

जेनेभा, ७ मङ्सिर (एएफपी) । गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध सुरू भएयता लेबनानमा करिब २३० स्वास्थ्यकर्मीको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शुक्रबार जनाएको छ ।

गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच १३ महिनाभन्दा बढी समयदेखि जारी सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा १८७ वटा आक्रमण भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

लेबनानस्थित डब्लुएचओका प्रतिनिधि अब्दिनासिर अबुबकरले बेरूतबाट भिडियो लिङ्कमार्फत भन्नुभएको छ, “सन् २०२३ अक्टोबर ७ देखि यस वर्षको नोभेम्बर १८ सम्ममा २२६ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने १९९ जना घाइते भएका छन् ।”
उहाँले भन्नुभयो, “यो अत्यन्तै चिन्ताजनक प्रवृत्ति हो, नागरिकहरूलाई जीवनरक्षक हेरचाहको पहुँचबाट बञ्चित गर्नु र स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हो ।”

अबुबकरले लेबनानमा जारी द्वन्द्वको एउटा विशेषता भनेको स्वास्थ्य सेवाका लागि यो कतिको विनाशकारी छ भन्ने रहेको बताउँदै ४७ प्रतिशत आक्रमण ‘कम्तीमा एक जना स्वास्थ्यकर्मी वा बिरामीका लागि घातक साबित भएको’ उल्लेख गर्नुभयो ।
युक्रेन, सुडान र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रसहित विभिन्न द्वन्द्व परिस्थितिहरूको डेटालाई इङ्गित गर्दै अबुबकरले भन्नुभयो, “तुलनात्मक रूपमा विश्वव्यापी रूपमा स्वास्थ्य सेवामा केवल १३.३ प्रतिशत आक्रमणहरू यसै अवधिमा भएका घातक परिणामहरू थिए ।”

उहाँले लेबनानमा स्वास्थ्य सेवामा घातक आक्रमणको उच्च प्रतिशत ‘अधिक एम्बुलेन्सहरूलाई लक्षित गरिएको’ तथ्यको कारण हुन सक्ने बताउनुभयो ।

“वास्तवमा, जब एम्बुलेन्स लक्षित हुन्छ त्यसपछि तपाईंसँग तीनदेखि पाँच स्वास्थ्यकर्मी प्रभावित हुन्छन् वा मारिन्छन् ।”
द्वन्द्वले हालैका वर्षहरूमा गम्भीर सङ्कटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठुलो धक्का पु¥याएको छ ।
डब्लूएचओले लेबनानका १५३ अस्पतालमध्ये १५ वटा अस्पताल बन्द भएको वा आंशिक रूपमा मात्र सञ्चालनमा रहेको चेतावनी दिएको छ ।

पूर्वी भूमध्यसागरीय क्षेत्रका लागि डब्लुएचओका क्षेत्रीय निर्देशक हनान बाल्खीले भन्नुभयो, “यस स्तरको स्वास्थ्य सेवामा हुने आक्रमणले स्वास्थ्य प्रणालीलाई प्रभावित बनाउँछ ।” ज्यान गुमाउनुबाहेक, स्वास्थ्यकर्मीको मृत्युले वर्षौंको लगानी गुमाउनुपर्ने हुन्छ ।”

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *