भर्खरै :
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन चालु – संसद्वादी दलहरूको नाममा कम्युनिस्ट भए पनि व्यवहारमा कम्युनिस्ट पार्टी होइनन् | नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेदन उद्घाटन – जनताको मुक्तिका निम्ति समाजवादी व्यवस्था स्थापनाको विकल्प छैन | नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको अपिल | सन्दर्भ : सहिद दिवस – अमर सहिदहरूको सङ्क्षिप्त परिचय | “शासक दलहरूको ‘प्रजातन्त्र दिवस’ लाई नेपाली जनताले व्यङ्ग्यको रूपमा लिइरहेका छन्” | सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू |

भक्तपुरलाई आत्मनिर्भर नगरको रुपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव हुने

  • मंसिर ५, २०८१

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा भक्तपुर महोत्सव २०८१ बारे छलफल कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउने नपाको उद्देश्यलाई साकार तुल्याउन भक्तपुर महोत्सवले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो ।

उहाँले देश विदेशका पर्यटकहरुले भक्तपुरको कला, संस्कृति, जीवनशैली, पेशा व्यवसाय, खाना, भेषभूषा आदिलाई नजिकबाट नियाल्ने अवसर महोत्सवमा मिल्ने बताउँदै यहाँका मूर्त र अमूर्त सम्पदाहरुले भक्तपुरलाई जीवित संग्रहालय बनाएको प्रष्ट पार्नुभयो ।

आन्तरिक पर्यटन प्रवद्र्धनले नगरको दिगो विकासमा समेत टेवा पुर्याउने बताउँदै उहाँले दिगो पर्यटन विकासको अवधारणालाई भक्तपुरले व्यवहारिक रुपमा लागू गर्न अग्रसर रहेको बताउनुभयो ।

भक्तपुर नपाले देशमै अनुकरणीय काम गरेको प्रसंग जोड्दै उहाँले भक्तपुरलाई आत्मनिर्भर नगरको रुपमा विकास गर्ने लक्ष्यअनुरुप भक्तपुर नपाले काम गरेको प्रष्ट पार्नुभयो ।

भक्तपुर नगरपालिकाले समाजवादउन्मुख गतिविधि सञ्चालन गरी नगरबासी जनतालाई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सस्तोमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउँदै भक्तपुर महोत्सव भक्तपुरका शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधि आन्तरिक र बाह्य पर्यटकमाझ प्रदर्शन गर्ने उपयुक्त थलो हुने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले महोत्सव आयोजनाले लोप भइसकेका र लोप हुन लागेका कला संस्कृतिहरु पुनर्जीवित हुने बताउँदै यसले भक्तपुरको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवको विशेषता, आकर्षण क्षेत्रबारे प्रस्तुतीकरण दिनुभएको थियो भने वडा नं. २ का वडा सदस्य मन्जुमैंया लाखाले पनि बोल्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *