बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
- माघ २५, २०८१
भक्तपुर,। ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको शैक्षिक–सत्र २०८१/८२ मा स्नातक तहको इन्जिनियरिङ र आर्किटेक्ट विषयमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम आइतबार एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यार्थीले अध्ययन पूरा गरी स्वदेशमै काम गर्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । पोलिटिकल साइन्सका एकजना व्यक्तिले हप्तामा एकवटा पुस्तक पढी देशविदेशको बारेमा जानकारी राखेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूले पनि पोलिटिकल साइन्सबारे ध्यान दिनु आवश्यक छ भन्नुभयो ।
देशको अवस्था राम्रो बनाउन राजनीति राम्रो हुनुपर्नेमा स्पष्ट पार्दै उहाँले युवाहरू बिदेसिनुमा सरकारमा रहेका विदेशी दलालको धेरै साँठगाठ छ, युवाको अभावमा नेपालको विकास पछि पर्छ, नेपाललाई ध्वस्त पार्ने विदेशी राजनीति हो, त्यसकारण सरकारमा बस्ने राजनैतिक दलको दरिद्र बुद्धि र मानसिकताले नेपाली जनताले दुःख पाइरहेका छन् भन्नुभयो ।
सरकारले युवाहरूलाई काम दिनसक्छ र दिनुपर्छ, यसको लागि घचघच्याउनु आवश्यक छ भन्दै उहाँले अमेरिका र भियतनामबिच युद्ध हुँदा अमेरेकी सैनिकले भियतनामको विरुद्धमा लडाइँ गर्न नचाहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
विज्ञान र प्रविधिको विकास भएको देशमा धेरै विकास हुने बताउँदै उहाँले चीन आर्थिकरूपले धेरै अगाडि बढ्नुमा चीनमा धेरै वैज्ञानिकहरूको आकर्षण हुनु हो भन्नुभयो ।
अमेरिकाको संरचनाभन्दा उत्तर कोरियाको संरचना धेरै राम्रो र आकर्षक भएको बताउँदै उहाँले उत्तर कोरिया पर्यटनको केन्द्र बन्दै छ भन्नुभयो ।
अतिथि रोहितले ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पूर्वाधारहरू पूरा भएर पनि स्वीकृतिमा ढिलाइ गर्नु नेपाल सरकारको दरिद्र बुद्धि हो भन्नुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजको उद्देश्यबमोजिम गुणस्तरीय शिक्षा दिने, देशभक्त नागरिक बनाउने र सक्षम प्राविधिक तयार गर्ने काम भइरहेको बताउनुभयो ।
प्राविधिकहरूको कमीकमजोरीले देश र जनताको लागि धेरै नोक्सान हुने भएकोले प्राविधिकहरू अनुशासित, इमानदार, लगनशील, मेहनती र सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बीआरआई र एमसीसीलाई एउटै थालमा राख्न खोज्ने नेपाल सरकार कस्तो सरकार हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले सरकारी विद्यालय र अस्पताललाई राम्रो र गुणस्तरीय बनाउन लागिपरेको बताउँदै उहाँले विद्यार्थी प्राविधिक मात्र भएर पुग्दैन भविष्यमा आइपर्ने जिम्मेवारी सम्हाल्न र वहन गर्नसक्ने हुनुपर्छ भन्नुभयो ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्न भक्तपुर नगरपालिका लागिपरेको बताउनुभयो । भनपाले शैक्षिक ऋण, कला र संस्कृति संरक्षणमा जोड दिएको बताउँदै उहाँले यही मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव अवलोकनको लागि आमन्त्रण गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत वसन्त भट्टराईले ऐतिहासिक र सांस्कृतिक नगर भक्तपुरमा अध्ययन गर्ने विद्यार्थीहरू अनुशासित, सृजनात्मक र उत्कृष्ट प्राविधिक बन्ने आशा व्यक्त गर्नुुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई.सुजन माकले शैक्षिक सत्र २०८१/८२ मा भर्ना हुने नयाँ विद्यार्थीहरूमध्ये छात्रा ४७५ र छात्र ५३५ भएको बताउँदै उहाँले विद्यार्थीहरू अब्बल हुने गरी अध्ययन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले तनावलाई सामना गर्न सक्ने क्षमताको विकास गरेमा मानसिक तनावबाट मुक्त हुन सकिन्छ भन्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिले देश र जनताको हितमा समर्पित भई काम गर्नु आवश्यक छ भन्नुभयो ।
ख्वप इन्जिनियरिङ्ग कलेजको शैक्षिक–सत्र २०७५ सालमा भर्ना भई पूर्वाञ्चल विश्वविद्यालयको २०८१ सालको परीक्षामा सर्वोत्कृष्ट भई डा. राम शोभाना पोखरेल, स्वर्ण पदक विजेता ई. विकास पाण्डेलाई प्रमुख अतिथिले स्वर्ण पदक र नगद पुरस्कारले सम्मान गर्नुभएको थियो । कार्यक्रममा राजन जतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply