भर्खरै :
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन चालु – संसद्वादी दलहरूको नाममा कम्युनिस्ट भए पनि व्यवहारमा कम्युनिस्ट पार्टी होइनन् | नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेदन उद्घाटन – जनताको मुक्तिका निम्ति समाजवादी व्यवस्था स्थापनाको विकल्प छैन | नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको अपिल | सन्दर्भ : सहिद दिवस – अमर सहिदहरूको सङ्क्षिप्त परिचय | “शासक दलहरूको ‘प्रजातन्त्र दिवस’ लाई नेपाली जनताले व्यङ्ग्यको रूपमा लिइरहेका छन्” | सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू |

“सङ्घीय राजधानी दाङ नसारेसम्म काठमाडौँ सुरक्षित हुनेछैन”

  • आश्विन १५, २०८१

काठमाडौँ,  असोज । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भूगर्भशास्त्रीहरूका अनुसार काठमाडौँ उपत्यकाको जमिन खँदिलो र बलियो नभएको हुँदा धेरै संरचना थेग्न नसक्ने बताउनुभयो ।

“सङ्घीय राजधानी पश्चिम नेपालको दाङमा सारेर देशको सन्तुलित विकास गर्नु जरूरी छ । यसले मात्र काठमाडौँको बस्ती सुरक्षित गर्नेछ । नेपालको नदी नाला र जलविद्युत् भारतीय एकाधिकार पुँजीलाई दिनु हुँदैन । दिइएका नदी नाला र जलविद्युत् परियोजना फिर्ता लिनु आवश्यक छ”, सांसद सुवालले जोड दिनुभयो ।

नेपालका सबै जाति र भाषा संरक्षण गर्न अलग अलग प्रतिष्ठान बनाउनुपर्ने उल्लेख गर्दै सांसद सुवालले स्थानीय भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्न स्थानीय तहलाई आवश्यक अधिकार र स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद सुवालले थप्नुभयो, “संविधानको भावनाअनुसार संसद्ले ऐन बनाएको छैन, भएका ऐन नियम पनि कार्यान्वयन भएको छैन । २०७२ सालको भूकम्पमा क्षति भएको भक्तपुर दरबार क्षेत्रको राष्ट्रिय कलासङ्ग्रहालय भएको मल्लकालीन भवन सिंहध्वाका दरबार अझै पुनःनिर्माण भएको छैन । समयमा पुनःनिर्माण नभए यो सङ्ग्रहालयमा भएको सम्पदाहरूसँगै जनको पनि क्षति हुने खतरा बढ्दो छ ।”

“राणा शासनविरूद्ध नेपाली जनताले सङ्घर्ष गरे । तर, दिल्ली सम्झौतामा राणा, राजा र नेकाको सम्झौता गरी जनतालाई धोका दिइयो । ०४६ सालको आन्दोलनको बेला पनि भारतीय नेताहरू काठमाडौँमा बोल्न आए । यसरी अघोषितरूपमा नेपाललाई साम्राज्यवादी र विस्तारवादीहरूले अप्रत्यक्ष उपनिवेश बनाएका छन्”, सांसद सुवालले उल्लेख गर्नुभयो ।

नेपालका कामदारवर्ग मजदुर र किसानहरू राजनीतिकरूपले सचेत भएपछि आफ्नो पार्टी नेपाल मजदुर किसान पार्टी नै हो भनी आउनेछन् । जनताका प्रतिनिधिको आवाजलाई नसुन्ने सरकार प्रजातान्त्रिक हुनेछैन । जनतालाई धोका दिने संसद्वादी नेताहरू नै दोषी छन्, उहाँले भन्नुभयो ।

नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती सम्झौता, नेपाललाई भारतको सुरक्षा छातामा राखेको सन् १९५० को नेपाल–भारत सन्धि, अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज नभएसम्म नेपाल सार्वभौम हुनेछैन, सांसद सुवालले स्पष्टसँग राख्नुभयो ।

“सङ्घीयता बलियो बनाउन स्थानीय तहलाई देशको आधा बजेट विनियोजन गर्ने र आवश्यक अधिकार दिनु जरूरी छ । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न विधेयक र सल्लाघारीको नेपाल ट्रस्टको १०८ रोपनी जग्गा माग गर्दै छ । सरकारले सहरी विश्वविद्यालय सञ्चालनको नमुना भक्तपुरबाट सुरू गर्नु जरूरी छ”, सांसद सुवालले थप्नुभयो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *