भर्खरै :
भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु | नेमकिपा काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलन सुरू – कम्युनिस्टको बदनाम नक्कली कम्युनिस्टहरूले गरे | इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी | अमेरिकाको सुरक्षामाथि फेरि प्रश्न |

भेनेजुयलामा अमेरिकाद्वारा पठाइएको सैन्य उपकरणको नयाँ खेप कब्जा

  • आश्विन ३, २०८१

कारकस, सेप्टेम्बर (टेलेसुर) । भेनेजुयलाका नागरिक सुरक्षा मन्त्री डिओसडाडो काबेलोले देशका सुरक्षा बलहरूले अमेरिकाबाट भेनेजुयलाका हिंस्रक तत्वहरूलाई पठाइएका सैन्य उपकरणहरू जफत गरेको पुष्टि गर्नुभएको छ । भेनेजुयाली सुरक्षाकर्मीहरूले सेप्टेम्बर १४ का दिन २०० भन्दा बढी अमेरिकी राइफलहरू जफत गरेका हुन् ।

बरामद गरिएका हतियारहरूमा एके राइफलको प्रतिकृति निर्माण गर्ने कम्पनी सेन्चुरी आम्र्सका कलाश्निकोभ राइफल र अन्य बन्दुकहरू छन् । अधिकारीहरूले एक कार्बाइन फारममा एक स्वचालित आक्रमण राइफल पनि जफत गरेका छन्, जुन विशेष रूपमा अमेरिकी सेनाले प्रयोग गर्दछ ।

नागरिक सुरक्षा मन्त्रीले हतियारको ढुवानी जुलाई २८ का दिन भएको भेनेजुयलाको राष्ट्रपति चुनावको परिणामको विरोधको नाउँमा दुरूपयोग गर्ने नियतले पठाइएको दाबी गर्नुभयो । उहाँले भेनेजुयलामा सत्ता विद्रोह (कू) षड्यन्त्र गर्नेहरूको इजरायलको ह्याकर माफियासँग सम्बन्ध रहेको पनि खुलासा गनुृभयो ।

“हामीले ग्रेनेड आक्रमणमा संलग्न तीन जनालाई पक्राउ गर्यौं । यी अपराधीहरू जोसे मिगुएल एस्ट्राडासँग सम्बन्धित थिए, जो राष्ट्रपति निकोलस मादुरोको हत्या प्रयासको लागि सजाय काटिरहेका छन्”, उहाँले भन्नुभयो ।

“पक्राउ परेका चौध गिरोहका सदस्यहरूसित सोधपुछ भइरहेको छ किनभने उनीहरूले जेलभित्र विस्फोटक पदार्थ राख्ने योजना बनाएका थिए”, काबेलोले भन्नुभयो । सक्रिय अमेरिकी सेना सदस्य अरागुआ ट्रेन भनेर चिनिने विल्बर कास्टानेडाको आपराधिक गिरोहसँग सम्बन्धित व्यक्तिलाई सम्पर्क गरेको उहाँले पुष्टि गर्नुभयो ।

“हतियारहरू कोलम्बियाबाट भेनेजुयलामा प्रवेश गराइएकोे थियो”, बोलिभारियाली गणतन्त्र भेनेजुयलाका नागरिक सुरक्षा मन्त्रीले भन्नुभयो ।

चुनाव अघि, अति–दक्षिणपन्थी ‘कू’ षड्यन्त्रकारीहरूले मियामी र कोलम्बियामा पर्चाहरू वितरण गरे, उनीहरूले भेनेजुयलाको सरकारी मुख्यालय कब्जा गर्ने षडयन्त्र गरेको उहाँले दाबी गर्नुभयो ।

सोमबार राति, राष्ट्रपति निकोलस मादुरोले भन्नुभयो कि यी घटनाहरूले अरागुआ ट्रेनका नेता हेक्टर गुरेरो (उर्फ निनो) आतङ्कवादी हमलाहरूसँग प्रत्यक्षरूपमा जोडिएको छ भन्ने अघिल्लो आरोपहरू पुष्टि गर्दछ । उहाँले क्याबेलोले सार्वजनिकरूपमा प्रस्तुत गरेको छ, “आतङ्कवादी योजनाहरूसम्बन्धी पूर्ण प्रमाणको १० प्रतिशत पनि होइन” जुन भेनेजुयला अभियोजकको कार्यालयसँग पहिले नै रहेको छ ।

विदेश मन्त्रालयद्वारा नयाँ अमेरिकी प्रतिबन्धको आलोचना
यसअघि भेनेजुयलाको विदेश मन्त्रालयले सेप्टेम्बर १२ का दिन एक विज्ञप्ति जारी गरी अमेरिकाले आफ्ना अधिकारीहरूमाथि नयाँ प्रतिबन्ध लगाएकोमा निन्दा गरेको थियो ।

त्यसदिन अमेरिकी ट्रेजरी विभाग (अर्थ मन्त्रालय) ले भेनेजुयलाका १६ अधिकारीहरूविरूद्ध प्रतिबन्धहरू लागू गर्ने छ र देशमा राष्ट्रपति चुनाव प्रक्रियामा त्रुटि फेला पार्ने घोषणा गरेको थियो । अमेरिकी ट्रेजरी विभागको विज्ञप्तिमा यसलाई एकतर्फी, गैरकानुनी र जबरजस्ती कार्य र नयाँ आक्रामक अपराधको संज्ञा दिइएको छ ।

अमेरिकाको प्रतिबन्धको कदमले एक पटक फेरि देखाएको छ कि देशले अन्तर्राष्ट्रिय कानुन मात्र होइन तर भेनेजुयलाका जनताको आत्मनिर्णयको अधिकार र लोकतान्त्रिक इच्छालाई पनि पूर्णरूपमा बेवास्ता गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *