भर्खरै :
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन चालु – संसद्वादी दलहरूको नाममा कम्युनिस्ट भए पनि व्यवहारमा कम्युनिस्ट पार्टी होइनन् | नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेदन उद्घाटन – जनताको मुक्तिका निम्ति समाजवादी व्यवस्था स्थापनाको विकल्प छैन | नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको अपिल | सन्दर्भ : सहिद दिवस – अमर सहिदहरूको सङ्क्षिप्त परिचय | “शासक दलहरूको ‘प्रजातन्त्र दिवस’ लाई नेपाली जनताले व्यङ्ग्यको रूपमा लिइरहेका छन्” | सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू |

“वर्तमान सामाजिक, राजनैतिक परिवेशलाई नाटक, ख्याल र गीतमार्फत प्रस्तुत गरिनुपर्छ”

  • भाद्र १७, २०८१

भक्तपुर, भदौ । चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्या सफल बनाउन सांस्कृतिककर्मीहरूको भेला सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले परम्परागत नाचहरू पनि पहिलाको नाटक भएको बताउँदै खःप्याखँ, नवदुर्गा नाच, भैल प्याखँ, देवी प्याखँ सबै त्यतिबेलाको नाटक भएको बताउनुभयो ।

उहाँले नाटक जनताले बुझ्ने भाषामा हुनुपर्ने बताउँदै देश, काल, परिस्थितिअनुसार भेषभूषा, रहनसहन र लवाइखवाइको दृश्य हुनुपर्ने बताउनुभयो ।
उहाँले साहित्य आदर्शवादीभन्दा यथार्थवादी हुनुपर्ने बताउँदै लामो समयको भन्दा एक दिनको घटना विवरणअनुसारको नाटक राम्रो हुने बताउनुभयो ।

उहाँले ‘वर्ग परिचय’ नाटकमार्फत श्रममा बाँच्ने कामदार जनता र शोषक सामन्तहरूको बिचमा जनताले बुझ्ने भाषामा प्रदर्शन गरेको चर्चा गर्दै अहिलेको सामाजिक र राजनीतिक परिवेशलाई नाटक, ख्याल र गीतमार्फत प्रस्तुत गर्नुपर्ने आवश्यकता  अाैँ ल्याउनुभयो ।

अध्यक्ष बिजुक्छेँले विषयवस्तुलाई जीवन्त बनाउन अभिनय गर्ने कलाकारहरूले स्वाभाविक अभिनय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लेखक एवम् वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छँेले प्रगतिशील साहित्य अगाडि लानुपर्ने बताउँदै कलापक्ष मिठास र गुणस्तर हुनुपर्नेमा खस्किरहेको तर्फ तःमुंज्याले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जारले नाटकमा कथावस्तु, घटना, सहकथा वा पटकथा, संवाद, देश, काल, परिस्थिति र कौतुहलता हुनुपर्ने बताउँदै संवाद जनताको हृदय छुने खालको हुनुपर्ने बताउनुभयो ।

आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मीप्रसाद चवाल र सांस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *