भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

बङ्गलादेशमा बाढीका कारण १३ जनाको मृत्यु : ४५ लाख प्रभावित

  • भाद्र ९, २०८१

बङ्गलादेश, ७ भदौ (एएफपी) । बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।

‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’ का अनुसार बङ्गलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशमध्ये एक हो । करीब एक करोड ७० लाख जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशका सयौँ नदीहरूमा पछिल्लो समयमा बारम्बार बाढी आएको छ ।

विपद् मन्त्रालयको शुक्रबारको बुलेटिनमा प्रभावित तथा मृतकको पुष्टि गरेको हो । बुलेटिनअनुसार लगभग एक लाख ९० हजार प्रभावितहरूलाई आपतकालीन राहत शिविरमा राखिएको छ । बङ्गलादेशका ६४ जिल्लामध्ये ११ जिल्ला बाढीबाट प्रभावित भएको विपद् मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको बुलेटिनमा उल्लेख भएअनुसार चितागङको मुख्य बन्दरगाह सहरबाट करिब एक सय किलोमिटर उत्तरपश्चिममा रहेको फेनी बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले विनाशकारी अवस्था निम्त्याएको बताउँदै उद्धारकर्मी जाहिद हुसेन भुयाले फेनीमा मानिसहरूलाई बचाउन अथक प्रयास गरिरहेको बताउनुभएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *