अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण
- आश्विन २२, २०८१
‘बहु मोर्चामा लडाइँ’ को विचार सैन्य रणनीतिकारहरूको लागि विरलै राम्रो समाचार हो । इतिहासले देखाउँछ कि धेरै मोर्चाहरूमा संलग्न हुन प्रयास गर्ने देशहरूले अक्सर विनाशकारी परिणामहरू सामना गर्छन् । यद्यपि, संरा अमेरिकामा तीन समवर्ती युद्धहरूमा संलग्नताको लागि वकालत गर्ने आह्वानहरू बढ्दै छन् ।
यस्तो नवीनतम आवाज डाटा माइनिङ सफ्टवेयर कम्पनी पालान्टिर (Palantir) को सीईओ एलेक्स कार्पबाट समेत आएको छ, जो रक्षा र बुद्धिमत्तामा आफ्नो कामको लागि परिचित छन् । उनले चेतावनी दिए कि अमेरिकाले भविष्यमा चीन, रुस र इरानसँग तीन फरक थिएटरमा युद्ध लड्नु पर्नेछ ।
पेन्टागनलाई पूर्ण गतिमा स्वायत्त हतियारहरू विकास गर्न जारी राख्न सुझाव दिँदा उनले एक अनौठो सन्दर्भ अगाडि ल्याए ।
“मलाई लाग्छ कि हामी यस्तो युगमा छौँ जब आणविक अवरोध वास्तवमा कम प्रभावकारी छ किनभने ‘नैतिक असमानताको कारण’ हाम्रा विरोधीहरूमाथि पश्चिमले आणविक बमजस्तो केही पनि प्रयोग गर्ने सम्भावना कम छ,” उनले भने ।
पश्चिमले आणविक बम प्रयोग गर्ने सम्भावना धेरै छैन भन्दा, उनले बिर्सेका हुन सक्छन् कि संरा अमेरिका पृथ्वीमा एकमात्र देश हो जसले युद्धको समयमा परमाणु बम प्रयोग गरेको छ ।
नैतिक असमानताको कुरा गर्दा, पाँच आणविक शक्तिहरूमध्ये, चीन एकमात्र देश हो जसले आणविक हतियारको पहिलो प्रयोग (हमला) नगर्ने नीति अनुसरण गरेको छ ।
अर्कोतर्फ, संरा अमेरिका आणविक हतियारको पहिलो प्रयोग नगर्ने नीतिको पहललाई विचार गर्न पनि धेरै हिचकिचाइरहेको छ । ‘नैतिकता’ को बहाना केवल एक धुँवाको पर्दा हो । संरा अमेरिकाको वार्मोन्जर बयानको पछाडिको वास्तविक चालक शक्ति सैन्य–औद्योगिक परिसर हो । तिनीहरू आफ्नो नाफा बढाउन, हतियार बिक्री बढाउन र सम्बन्धित सैन्य उद्योगहरूमा ऊर्जा वृद्धि गर्न विश्वलाई नै द्वन्द्वतिर धकेल्छन् । युद्ध तिनीहरूको व्यवसाय हो ।
तिनीहरूले हतियार बेच्न सक्ने अवस्थामा द्वन्द्वको नतिजाको वास्ता गर्दैनन् । यसैले तिनीहरू आफ्नो लोभको लागि धम्की सिद्धान्तहरूको प्रवाहलाई निरन्तरता दिन्छन् ।
‘संयुक्त राज्य अमेरिका र सहयोगी सैन्य बलका लागि उन्नत रक्षा सफ्टवेयर समाधानहरू’ बनाउने पालान्टिर (Palantir) ठुलो–स्तरीय सैन्य–औद्योगिक परिसरको एक हिस्सा हो । यस वर्षको मे महिनामा अमेरिकी सेनाले पाँच लडाकु कमान्डहरू : अमेरिकी केन्द्रीय कमान्ड, युरोपेली कमान्ड, इन्डो–प्यासिफिक कमान्ड, उत्तरी कमान्ड, यातायात कमान्ड र विश्वभरका अधिक सैन्य प्रयोगकर्ताहरूका लागि तथ्याङ्क विश्लेषण र निर्णय गर्ने उपकरण विस्तार गर्न पलान्टिर टेक्नोलोजीहरूलाई ४८० मिलियन अमेरिकी डलरको ठेक्का प्रदान ग¥यो ।
यसै वर्षको फेब्रुअरीमा टाइम म्यागजिनले रिपोर्ट गरेको थियो कि पालान्टिर (Palantir) प्राविधिक दिग्गजहरूमध्ये एक हो जसले युक्रेनलाई एआई युद्ध प्रयोगशालामा परिणत गर्यो । यस्तो देखिन्छ कि पालान्टिर (Palantir) यत्तिले मात्र सन्तुष्ट छैन; यो आफ्नो ठुलो भोक मेट्न थप युद्ध चाहन्छ ।
यद्यपि, अमेरिकी सैन्य–औद्योगिक परिसरले युद्ध ज्वालालाई हावा दिइरहँदा, एउटा अपरिहार्य प्रश्न उठ्छ : तीन युद्धहरूको मूल्य कसले चुकाउने छ ?
वासिङ्टनको लागि, युक्रेनलाई सहयोग गर्नु पहिले नै स्रोतहरू कमजोर छ । इजरायल–प्यालेस्टिन द्वन्द्वको विपत्तिपछि, युक्रेनका लागि तोपका गोलाहरू पनि इजरायलमा पुनः निर्देशित गरियो । इजरायललाई दिइने सहायताले संरा अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा र नैतिक दुविधालाई मात्र गहिरो बनाएको छ भन्ने कुरा उल्लेख नगरौँ, दुई मोर्चा पहिले नै अस्तव्यस्त अवस्थामा छन्, संरा अमेरिकाले प्रशान्त क्षेत्रमा तेस्रो मोर्चा कसरी व्यवस्थापन गर्न सक्छ ?
ती द्वन्द्वहरू सामान्यतया कसरी समाप्त हुन्छ भनेर बुझ्नको लागि तीन मोर्चाको युद्धहरूलाई उचाल्नेहरूले सैन्य इतिहास अध्ययन गर्नुपर्छ । इतिहासभरि, बहुमोर्चाका युद्धहरूमा संलग्न सेनाहरू प्रायः पराजित भएका छन् । यदि संरा अमेरिकाले तीनवटा समसामयिक युद्धहरूमा संलग्न भएको भए, यो सम्भव छ कि सैन्य–औद्योगिक परिसर समृद्धि हुनेछ, जबकि सम्पूर्ण देशले अभावको पीडा सहन गर्नुपर्नेछ ।
युद्धविरोधी अभियन्ता जिमी डोरेले टकर कार्लसनसँगको फक्स न्यूज कार्यक्रममा भनेझैँ संरा अमेरिकाको शत्रु चीन वा रुस होइन, तर यो देशलाई सयौँ अर्ब र खर्बौँ डलरको धुनमा बलि चढाउने गर्ने सैन्य–औद्योगिक परिसर हो ।
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : आरोही
Leave a Reply