अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण
- आश्विन २२, २०८१
भक्तपुर, भदौ । बाल विकास सेकेण्डरी स्कूलमा २०४५ सालमा पञ्चायती राज्यस्तरबाट नेमकिपालाई समूल नष्ट पार्न रचिएको ‘भक्तपुर काण्ड’ भदौ–९ को विरोध एवम् भत्र्सना तथा उक्त घटनाका भुक्तभोगी अग्रजसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशभर पञ्चायतको एकछत्र दबदबा भएको अवस्थामा पनि भक्तपुरमा उक्त व्यवस्था विरोधी जनमत बढिरहेको देखेपछि व्यवस्था ढल्ने डरले पञ्चायतले राज्यस्तरबाटै भक्तपुर काण्ड रचेको र त्यसले गर्दा पञ्चायत आफूले खनेको खाडलमा आफै परेको बताउनुभयो ।
इमानदारीपूर्वक नझुकी सङ्घर्ष अघि बढाएमा जीत निश्चित रहेको पाठ भक्तपुर काण्डले सिकाएको बताउँदै उहाँले कार्यकर्ताहरू निःस्वार्थरूपले निरन्तर सङ्घर्षशील रहनुपर्ने बताउनुभयो ।
स्थापनाकालदेखि नै राज्यसत्ताले नेमकिपालाई सिध्याउन खोजे पनि पार्टीका अग्रज कार्यकर्ताको सुझबुझपूर्ण प्रयासले नै पार्टी आज कम्युनिस्ट आन्दोलनको आशाको दियो बन्न पुगेको धारणा राख्दै नयाँ पुस्तालाई अध्ययनशील बन्न उहाँले सल्लाह दिनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजुले परिवर्तनको आवाजलाई दबाउन राज्यले रचेको भक्तपुर काण्डले नेमकिपालाई सङ्घर्षशील बन्न महिलालाई सशक्तिकरण गराउन सिकाएको बताउनुभयो ।
भक्तपुर काण्डकै कारण पञ्चायती व्यवस्था ढलेको बताउँदै उहाँले सबैलाई इतिहासबाट पाठ सिक्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा उक्त काण्डका भुक्तभोगी मोहनप्रसाद प्रजापतिले नेमकिपाले प्रतिक्रियावादीभन्दा पनि प्रतिक्रियावादी सङ्घ–संस्था भित्र गएर जनताको सेवा गर्न पार्टी नीतिका कारण नेमकिपा पञ्चायती व्यवस्थाको आँखाको कसिङ्गर बनेकाले राज्यस्तरबाटै भक्तपुर काण्ड रचिएको धारणा राख्नुभयो ।
उहाँले नङ र मासु जस्तै बसेको साथी पनि भोलि शत्रु बन्न सक्ने भएकोले पार्टी कार्यकर्ताले शत्रु चिन्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले त्यतिबेलाको पञ्चायती दमनचक्र र आफू २० महिना भूमिगत बस्दाको अनुभव सुनाउनुभयो ।
कार्यक्रममा पार्टीका अग्रज कार्यकर्ता तथा त्यतिबेलाका जनप्रतिनिधि चन्द्रबहादुर उलकले भक्तपुर राजधानीसँग जोडिएको जिल्ला भए पनि राज्यबाट अपहेलित र तिरष्कृत रहेको अवस्थामा नेमकिपाका कार्यकताले यहाँको जनताको पक्षमा काम गरेको देखेपछि राज्यले भक्तपुर काण्ड रचेको बताउनुभयो ।
नाम मात्रका कम्युनिस्ट र कामदार जनताको पक्षमा काम नगर्नेहरूले नेमकिपालाई सधैँ दबाउन खोजेको उल्लेख गर्दै उहाँले कामदार वर्गलाई दबाउन नसकेसम्म आफ्नो सत्ता सुरक्षित नहुने सोच तत्कालीन शासकमा रहेको बताउनुभयो ।
कार्यक्रममा उक्त घटनाका अर्का भुक्तभोगी नेक्रामसङ्घका उपाध्यक्ष कमलमैया सुवालले त्यतिबेला सहकारी पक्षले झूटो सरजिमिन गराउन खोज्दा आफूहरूले गरेको सङ्घर्ष, त्यतिबेलाको प्रहरी ज्यादती, समाजमा फैलाइएको राज्य आतङ्क, महिलाहरूले गरेका कार्य आदिबारे चर्चा गर्नुभयो ।
उक्त काण्डका अर्का भुक्तभोगी विश्वराम प्रजापतिले पञ्चायती सरकारले कैदीबन्दीहरूलाई निकै अमानवीय र क्रुर यातना दिने गरेको सुनाउँदै आफ्ना लागि जेलजीवन एउटा छुट्टै विश्वविद्यालय भएको बताउनुभयो ।
Leave a Reply