भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए
- पुष २८, २०८१
–झेंग योङनियन
आज कसैले पनि विश्वयुद्ध सुरु हुने सम्भावनालाई कम आँकलन गर्न सक्दैन । विश्व तीव्रगतिमा ध्रुवीकरण भइरहेको छ । यो ध्रुवीकरण आर्थिक, वैचारिक र भूराजनीतिकलगायतका प्रमुख आयामहरूमा स्पष्ट छ । यो ध्रुवीकरणलाई पिँढदेखि अर्गानिकरूपमा उदाउनुको सट्टा कृत्रिमरूपमा माथिबाट तलतिर जाने गरी योजना गरिएको छ भन्ने कुरामा ध्यान दिनु महत्वपूर्ण छ ।
पहिलो, त्यहाँ आर्थिक ध्रुवीकरण छ । विश्वव्यापीकरणले कुनै समय विश्व अर्थतन्त्रको एकीकरणलाई निहित गरेको थियो । यदि भूमण्डलीकरण सरकारी समर्थनमा पुँजीको प्रभुत्व ल्याउने प्रक्रिया हो भने आर्थिक ध्रुवीकरण अब सरकारहरूमाथि हाबी हुने र पुँजीको आदेश पालना गर्ने प्रक्रिया आउनेछ । जब पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक चीनसँग व्यापार युद्ध सुरु गरे, विश्वको आर्थिक र व्यापारिक अवस्थामा हालको स्थितिमा तीव्र गिरावट आउने थोरैले अनुमान गरेका थिए । ट्रम्पको उच्च ट्यारिफ (कर) नीति चाँडै अमेरिकी राष्ट्रपति जो बाइडेनको व्यापक ध्रुवीकरण नीतिमा विकसित भयो । लगभग सबै प्रायोगिक प्रमाणहरूले सङ्केत गरेका छन् कि “एक संसार, दुई बजार“ को स्थितिले आकार लिएको छ ।
दोस्रो, वैचारिक ध्रुवीकरण छ । संरा अमेरिका र पश्चिमी देशहरूले चीन विश्वव्यापीकरणको प्रक्रियामा बढ्दै गएपछि अर्को पश्चिमी देश बन्न अस्वीकार मात्र गरेको छैन तर अझ बढी विशिष्ट चिनियाँ विशेषतासहितको विकास गरेको पत्ता लगाएका छन् । यस सन्दर्भमा, संरा अमेरिकाले फेरि एकपटक वैचारिक विरोधको सहारा लिएको छ, चीनसँगको सम्बन्धलाई वैचारिक दृष्टिकोणबाट लोकतन्त्र र अधिनायकवादबिचको प्रतिस्पर्धाको रूपमा परिभाषित गरेको छ । यदि अर्थशास्त्रमा प्रचारात्मक युद्धले विदेशी लगानीकर्ताहरूलाई चीन रोज्नबाट रोक्नको लागि प्रभाव पार्नेबारेमा बढी हो भने, वैचारिक प्रचारात्मक युद्धले राष्ट्रिय समाजलाई मात्र होइन तर चिनियाँ घरेलु जनसङ्ख्यालाई पनि लक्षित गरेको छ ।
तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा, यहाँ भूराजनीतिक ध्रुवीकरण पनि छ । वाशिङ्गटनले स्पष्टरूपमा चीनलाई विश्वव्यापीरूपमा संरा अमेरिकासँग प्रतिस्पर्धा गर्न अन्तर्राष्ट्रिय व्यवस्थालाई पुनः आकार दिने नियत र क्षमतालाई आश्रय दिने देशको रूपमा परिभाषित गरेको छ । यसको भूराजनीतिक रणनीतिको प्रत्यक्ष उद्देश्य चीनलाई नियन्त्रणमा राख्नु हो । यस सन्दर्भमा, संरा अमेरिकाले चीनको परिधि वरिपरि धेरै लघुपक्षीय समूहहरू स्थापना गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा, अन्तर्राष्ट्रिय सम्बन्धको अमेरिकी शैक्षिक समुदायले ग्लोबल इस्ट नामक नयाँ अवधारणाको आकारलाई तीव्रता दिइरहेको छ, जसले चीन, रुस, इरान र प्रजग (उत्तर) कोरियालाई एकसाथ मिलाएर यी देशहरूलाई ‘विश्वव्यापी तानाशाही शिविर’ नामकरण गरेको छ ।
विश्वयुद्धको सम्भावनालाई कम आँकलन गरिएको हुन सक्छ । आजको अवस्थालाई हेर्दा रुस–युक्रेन द्वन्द्वजस्ता धेरै देशहरू, विशेषगरी ठूला शक्तिहरू संलग्न रहेको क्षेत्रीय युद्धहरू भइसकेका छन् । मध्यपूर्वमा भएका युद्धहरू मुख्यतया इजरायल र हमासबिचको द्वन्द्वको रूपमा प्रकट भए पनि अन्य धेरै देश, विशेषगरी संरा अमेरिका, गहिरो रूपमा संलग्न भएका छन् । यो पनि तर्क गर्न सकिन्छ कि यो बहुराष्ट्रिय संलग्नता हो जसले यी स्थानीयकृत द्वन्द्वहरूलाई एक लामो चरित्र प्रदान गरेको छ जुन कसैले सोचेको थिएन ।
आणविक हतियारको आगमनपछि, मानिसहरूले प्रायः विश्वास गरेका छन् कि ठूला शक्तिहरू समावेश नहुने विश्वयुद्ध अब सम्भव छैन, किनकि दुई आणविक अस्त्रसम्पन्न राज्यहरूबिचको युद्धको अर्थ आपसी विनाश हुनेछ । यद्यपि, यस्तो तर्कले गैर–आणविक रूपहरूमा देखापर्ने युद्धहरूको सम्भावनालाई धेरै न्यूनाङ्कन गरेको छ । वास्तवमा, आणविक हतियारहरू युद्ध हटाउन मात्र असफल भएका छैनन् अन्य रूपहरूमा पनि युद्धको नेतृत्व गरेका छन् । आणविक हतियारहरूले आणविक–सशस्त्र राज्यहरूलाई हिंसा र युद्धको प्रयोग फरक तरिकाले आफ्ना लक्ष्यहरू प्राप्त गर्न प्रयोग गर्न प्रोत्साहन दिन्छ, किनभने आणविक–सशस्त्र राज्यहरू विश्वास गर्छन् कि उनीहरूका समकक्षहरूले युद्धमा पारस्परिक विनाशको लागि आणविक हतियारहरू प्रयोग गर्दैनन्, उनीहरूले हिंसाको सहारा लिने सम्भावना बढी हुन्छ ।
आज एआईको विकास र अन्य क्षेत्रहरूमा यसको व्यापक प्रयोग, विशेषगरी सेनामा, युद्धको जटिलता र विविधतालाई विस्तार गर्दै छ । युद्धका विभिन्न रूपहरूलाई बेवास्ता गर्दा महत्वपूर्ण रणनीतिक त्रुटिहरू निम्त्याउन सक्छ । युद्ध मानव प्रकृतिको अन्तिम अभिव्यक्ति हो, तर युद्धको रूप परिवर्तन हुँदैछ ।
बाँकी प्रश्न छ, विश्वयुद्धको मुख्य रणभूमि कहाँ हुन सक्छ, मध्यपूर्व, युरोप वा एसिया–प्रशान्त ? इजरायल–हमास द्वन्द्व अझै मध्यपूर्वमा जारी छ । यो स्थानीय युद्ध कुनै पनि उपायले विश्वयुद्धमा विकसित हुने सम्भावना कम छ । यो भन्न सकिन्छ कि रसिया–युक्रेन युद्ध “घट्ने” चरणमा प्रवेश गरिरहेको छ, जबकि एसिया–प्रशान्त क्षेत्रमा द्वन्द्वहरू उच्च प्रवृत्तिको अनुभव गरिरहेका छन् ।
संरा अमेरिका र सम्पूर्ण पश्चिम एसिया–प्रशान्ततर्फ सर्दै छन् । हालै, तिनीहरू युक्रेनसँगको युद्धमा रसियाको अपराजयतालाई चीनको तथाकथित समर्थनलाई श्रेय दिँदै आरोप लगाउने युद्धमा संलग्न भएका छन् । यसको तात्पर्य यो हो कि चीनको समर्थनले नै रुसले युद्धलाई टिकाउन सक्षम भइरहेको छ । धेरै हदसम्म वाशिंगटनको आरोप लगाउने युद्ध प्रभावकारी भएको छ, जसले सफलतापूर्वक एसिया–प्रशान्त क्षेत्रमा युरोपको रणनीतिक ध्यानलाई निर्देशित गरेको छ ।
संरा अमेरिकाका लागि एसिया–प्रशान्त क्षेत्र ‘पाउडर केग’ (विस्फोटक) बन्नु नै विजयको अन्तिम माध्यम हो । संरा अमेरिकाले यस क्षेत्रको शान्तिको संरक्षक भएको दाबी गर्छ तर वास्तवमा उसले एसिया–प्रशान्त क्षेत्रलाई विभाजन गर्दै चरम हदसम्म द्वन्द्व सिर्जना गरिरहेको छ ।
अमेरिकी शासकवर्ग चीनको चरम त्रासमा फसेको देखिन्छ । संरा अमेरिकाको लागि, जबसम्म उसले चीनलाई हराउन सक्छ र अन्तिम विजेता बन्न सक्छ, तबसम्म यो युद्धद्वारा सम्पूर्ण एसियाको विनाशको जोखिम लिन इच्छुक छ । संरा अमेरिकामा रहेका केही चरम चीनविरोधी शक्तिहरूले खुलारूपमा घोषणा गरेझैँ, चीनसँगको प्रतिस्पर्धामा वाशिङटनको लक्ष्य साँच्चै विजय हुनुपर्छ ।
संरा अमेरिकाले चीनको वरिपरि द्वन्द्वको वातावरण सिर्जना गर्दै विश्वयुद्धलाई एसिया–प्रशान्त क्षेत्रमा केन्द्रित गर्न खोज्दै छ र अन्ततः चीनलाई घेरेर बस्ने आफ्नो रणनीतिक लक्ष्य हासिल गरेको छ भन्ने तथ्यलाई कसरी प्रभावकारीरूपमा जवाफ दिने भन्ने चीनसामु सबैभन्दा गम्भीर चुनौती हो ।
(लेखक हङकङको चाइनिज युनिभर्सिटी शेन्जेनका प्रोफेसर र द इन्स्टिच्युट फर इन्टरनेसनल अफेयर्स, छिनहाईका अध्यक्ष हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवादः प्रकाश
Leave a Reply