भर्खरै :
सरकारी जग्गा र पोखरी संरक्षण गर्न भक्तपुरका प्रजिअको ध्यानाकर्षण | माओ कसरी क्रान्तिकारी बन्नुभयो ? | बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न | भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु |

वार्ताबाट बाहिरिएको हमासको भनाइ

  • श्रावण २, २०८१

गाजा, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, जुलाई (एएफपी) । प्यालेस्टिनी लडाकू समूह इजरायली ‘नरसंहार’ र वार्तामा उसको मनोवृत्तिका कारण गाजा युद्धसम्बन्धी युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले आइतबार एएफपीलाई बताएका छन् ।

हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता मोहम्मद देइफलाई लक्षित गरी आक्रमण गरे पनि उहाँ ‘सकुशल’ रहेको र इजरायलले गाजाको दक्षिणी शिविरमा व्यापक गोलाबारी गरिरहेको बताएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले शिविरमा भएको आक्रमणमा परी ९२ जनाको मृत्यु भएको जनाएको छ ।

हमासका राजनीतिक नेता इस्माइल हनियाले अन्तर्राष्ट्रिय मध्यस्थकर्ता कतार र इजिप्टलाई अमेरिकी राष्ट्रपति जो बाइडनले मे महिनामा पहिलोपटक अघि सारेको युद्धविराम योजनामा वार्ता समाप्त भएको बताउनुभएको छ ।

युद्धविराम योजनामा सम्झौताको पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा लिइएका अधिकांश बन्धकहरूको आदानप्रदानसहित छ हप्ताको युद्धविराम हुने थियो ।

हनियाले भन्नुभयो, “हमासले इजरायली गम्भीरताको कमी, ढिलासुस्ती र अवरोधको निरन्तर नीति र निहत्था नागरिकविरुद्ध जारी नरसंहारका कारण वार्ता रोक्नेछ ।”
हमासले सम्झौतामा पुग्न र आक्रामकता अन्त्य गर्न ठुलो लचकता देखाएको छ र जब इजरायल सरकारले युद्धविराम सम्झौता र कब्जा कैदी आदानप्रदान सम्झौतामा पुग्न गम्भीरता देखाउँछ तब वार्ता पुनः सुरु गर्न तयार छ ।

हनियाले शनिबार अबेर एक वक्तव्य जारी गर्दै आफूले मध्यस्थकर्ता र अन्य देशलाई फोन गरेर आक्रमण रोक्न इजरायललाई दबाब दिन आग्रह गरेको बताउनुभएको छ ।
इजरायलले अक्टोबर ७ मा भएको आक्रमणको ‘मास्टरमाइन्ड’ मध्येका एक मानिएको देइफ दक्षिणी गाजाको अल–मावासी शिविरमा भएको आक्रमणको निशानामा रहेको बताएको छ ।

तर, हमासले भने देइफ शिविरमा रहेको पुष्टि नगरी उहाँ जीवित रहेको र काम गरिरहेको बताएको छ ।

“कमान्डर मोहम्मद देइफले इजेदिन अल–कासम ब्रिगेड र प्रतिरोध अभियानको प्रत्यक्ष रेखदेख गरिरहनुभएको छ,” हमासको सशस्त्र शाखालाई उद्धृत गर्दै ती अधिकारीले भने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *