लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
मियामी, संयुक्त राज्य अमेरिका, (एएफपी) । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो ।
यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १६ पटक उचालेको छ ।
निर्धारित ९० मिनेटको समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गर्नुभएको हो ।
अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसी घाइते भएर दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।
अर्जेन्टिना साविक विजेता हो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो । कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो भने त्यसयताका सबै २८ खेल जितेको थियो ।
त्यसैगरी, बर्लिनमा सोमबारै भएको यूरो कप फाइनल खेलमा स्पेनले इङ्ल्यान्डविरूद्ध २ः१ गोल गर्दै उपाधि जितेको छ ।
स्पेनले युरो कप २०२४ को उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गर्दै खेलमा स्पेनले अग्रता लिएको थियो ।
खेलको ७३ औँ मिनेटमा इङ्ल्यान्डले गोल गरी खेललाई बराबरीमा फर्काएको थियो । इङ्ल्यान्डका कोल पालमरले खेलको दोस्रो हाफमा प्रवेश गरेको तीन मिनेटमा नै लामो दूरीबाट उत्कृष्ट गोल गर्न सफल हुनुभएको थियो ।
तर, ८६ औँ मिनेटमा स्पेनले विजयी गोल ग¥यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जीत दिलाए । स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ । इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन ।
तर, ८६ औँ मिनेटमा स्पेनले विजयी गोल ग¥यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जीत दिलाउनुभएको हो । स्पेनको यो चौथो युरो उपाधि हो । युरो कप उपाधि जित्न नसकेको इङ्ल्यान्ड लगातार दोस्रोपटक युरो कप फाइनलमा पराजित भएको छ ।
Leave a Reply