भर्खरै :
भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु | नेमकिपा काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलन सुरू – कम्युनिस्टको बदनाम नक्कली कम्युनिस्टहरूले गरे | इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी | अमेरिकाको सुरक्षामाथि फेरि प्रश्न |

भनपामा टेबुल टेनिस कभर्ड हल उद्घाटन

  • जेष्ठ ७, २०८१

भक्तपुर, ६ जेठ । नेमकिपा केन्द्रिय सचिव एवं प्रतिनिधि सभाका सांसद प्रेम सुवालले भनपा–१० बेखालस्थित टेबुल टेनिस कभर्ड हलको नवनिर्मित भवनको आइतबार एक समारोह् बिच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुवालले खेलकुद क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेको तर सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यक्रम नभएको बताउनुभयो ।

उहाँले राजनीति कहिल्यै पनि फोहोर नहुने बताउनुहँुदै सरकारमा गएका राजनैतिक व्यक्तिहरुको चरित्र फोहोर भएकोले देशको राजनीति प्रदुषित भएको बताउनुभयो ।

उहाँले पुँजीवादी देशमा उत्पादनका साधनहरु केही व्यक्तिको कब्जामा रहने र जनताले दुःख पाउने भएकोले समाजवादी व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्नमा भनपाले जोड दिँदै हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्दै आएको हो, भन्नुभयो । उहाँले खेलाडीहरु अनुशासित हुनुका साथै राजनीतिक विषयमा जानकारी राख्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेश सभाका सांसद सृजना सैंजुले कभर्ड हल निर्माणले खेल जगतमा नयाँ पुस्तालाई आकर्षण हुने बताउनुभयो । खेलकुदले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने बताउनुहुँदै खेलकुद राजनीतिशास्त्र र कुटनीतिशास्त्रसँग पनि जोडिएको छ, भन्नुभयो । उहाँले राज्यले खेलकुद क्षेत्रलाई अगाडि बढाउन नसकेको अवस्थामा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य सरहानीय रहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र अनुसार खेलकुद क्षेत्रमा कार्य गरिरहेको बताउनुभयो । उहाँले भक्तपुर नपाले विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुबीच नियमित रुपमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक राजेन्द्र कपालीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै कार्य गरिरहेको ज्वलन्त उदाहरण भएको बताउनुहुँदै सरकार र खेलकुद परिषद्ले गर्नुपर्ने कामलाई भनपाले अगाडि बढाइरहेको चर्चा गर्नुभयो । त्यसैगरी अखिल नेपाल टेबुलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यले कभर्ड हललाई राष्ट्रिय प्रशिक्षण केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुहुँदै खेलाडीहरुले समाज परिवर्तनको लागि भूमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुरमा टेबुलटेनिसको लोकप्रियता बढ्दै गएको चर्चा गर्नुभयो ।

कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भनपाले हरेक वर्ष उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गर्दै आएको स्मरण गर्नुहुँदै प्रत्येक वडामा खुल्ला व्यायामशालाको व्यवस्था र नगरभित्रका विद्यालयहरुमा खेलकुद प्रशिक्षकहरुको बन्दोबस्त गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. १० का वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौंमिखा र भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले पनि बोल्नुभएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *