भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

मङ्गल ग्रहः तीनवटा भूमिगत ताल पत्ता लागेको दाबी

  • आश्विन १६, २०७७

लण्डन, १५ असोज (बीबीसी) । वैज्ञानिकहरूले सन् २०१८ मा सड्ढेत पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन् । जीवनका लागि तरल पानी महत्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ ।

तर, ती तालहरू अत्यधिक नुनिनो भएको अनुमान गरिएकोले कुनै सूक्ष्मजीवलाई जीवित रहन कठिन हुन्छ ।

अबाँै वर्ष अघि मङ्गल ग्रहको सतहमा नदीमार्पmत पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए । त्यसपछि मङ्गल ग्रहले आफ्नो तात्कालिक पर्यावरण गुमाएकोले लामो समयसम्म त्यहाँको सतहमा पानी तरल अवस्थामा रहन सक्दैन । भूमिगत पानीको लागि भने त्यस्तो अवस्था हँुदैन ।

यसले के सड्ढेत गर्छ ?
इटलीको नेसनल इन्स्टिच्युट अफ एस्ट्राफिजिक्स बोलोग्नाका डा. रोबेर्टाे ओरोसीले भने, “पानीका यी प्रणालीहरू विगतमा थिए भन्ने अधिक सम्भावना देखिन्छ । त्यसले वास्तवमै पूरा ग्रहको इतिहासमा त्यहाँ तपाईँका लागि वासस्थान थियो वा वासस्थानकै समान थियो भन्ने देखाउँछ ।”

उनका अनुसार मङ्गल ग्रह जलवलायु विनाशबाट गज्रिँुदै गर्दा अधिक तातो ग्रह बन्दै गएको थियो । तर त्यो कति तातो बनेको थियो भन्ने कुरा स्पष्ट छैन ।

“त्यहाँ एउटा ठाउँ थियो जहाँ जीवन रहनसक्थ्यो,” उनी भन्छन् ।

युरोपियन स्पेस एजन्सी (ईएसए) को मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर यो कुरा पत्ता लगाइएको हो । उक्त यानले सन् २००३ देखि मङ्गल ग्रहको परिक्रमा गरिरहेको छ ।

सन् २०१८ मा अध्येताहरूले रेडारले पठाएका विवरणहरू प्रयोग गरेर मङ्गल ग्रहको दक्षिणी धुव्रका सतहको डेढ किलोमिटरमुनि २० किलोमिटर फराकिलो भूमिगत तालहरू रहेको सड्ढेत गरेका थिए ।

तर त्यो सड्ढेत सन् २०१२ देखि २०१५ सम्म मार्सिसले भेला पारेका गरिएका २९ वटा सूचनामा आधारित थियो ।

अहिले पनि उक्त टोलीमै सहभागी वैज्ञानिकहरूले सन् २०१० देखि २०१९ सम्मका १३४ वटा रेडार प्रोफाइलको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् ।

इटलीको रोमा ट्रेयूनिभर्सिटीकी वैज्ञानिक एलेन पेट्टिनेली भन्छिन्, “हामीले सन् २०१८ को अध्ययनले देखाएका सम्भावनाहरूको अवस्था, सीमा र बललाई मात्र पुष्टि गरेनौँ थप तीनवटा उज्ज्वल क्षेत्र पनि भेट्यो ।”

“मुख्य ताल पानीको दहबाट घेरिएको छ, तर रेडारको प्राविधिक विशेषता र मङ्गलको सतहबाट यो सम्मको दुरीका कारण हामी तिनीहरू आपसमा जाडिएका छन् किन छैनन् भन्ने तय गर्नसक्दैनौँ ।”

उक्त समूहले एन्टार्कटिका, क्यानडा र ग्रीनल्यान्डका हिमतालको अनुसन्धानमा प्रयोग गरिने रेडार साउन्डर प्रविधिको आधारमा मार्सिसले पठाएका विवरणहरूको विश्लेषण गरेको हो ।

जुन गहिराइमा तालहरू रहेका छन् त्यहाँ हिउँ पगाल्न सक्ने तापक्रम छैन । त्यसैले त्यहाँ तरल पानी देखिनुमा त्यसमा नुनको उच्च मात्रा हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ । त्यस्ता नुनले पानीलाई सजिलै जम्न दिँदैन ।

पछिल्ला अध्ययनहरूले म्याग्नेसीयम र क्याल्सीयम पर्कलोरेट नुनयुक्त पानी १२३ डिग्री सेल्सीयससम्म तरल अवस्थामा रहनसक्ने देखाएका छन् ।

पृथ्वीमा धेरै नुनको मात्रा भएका तालमा नुनको मात्रा ४० प्रतिशतसम्म छ । तर मङ्गलमा कति मात्रामा छ भन्ने ठीक जानकारी छैन । यो एउटा कठिन प्रश्नको रूपमा रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको भनाइ छ ।

अध्ययनहरूले के देखाएका छन् भने पृथ्वीमा बढी तापक्रम भएको अवस्थामा नुनको मात्रा बढी भएको स्थलमा पनि सूक्ष्मजीवहरूले सहन सक्छन् । तर, तापक्रम कम भएको स्थानमा तिनले नुनको कम मात्रामात्रै सहन सक्छन् ।

तर, जब धेरै जाडोर धेरै नुन भएको अवस्थामा उनीहरू जीवित रहने सम्भावना सीमित हुन्छ । मङ्गलमा भेटिएका जस्ता तालमा सूक्ष्मजीवहरू बाँच्न सक्छन् कि सक्दैनन् भन्ने एउटा अध्ययन भइरहेको छ ।

डा. आरोसी भन्छन्, “नुनको धेरै मात्रा जीवनका लागि उपयुक्त हँुदैन । यद्यपि जीवनको सम्भावना देखिन्छ तर त्यसका लागि धेरै काम गर्नुपर्छ ।”

सन् २०१८ को मङ्गल ग्रहसम्बन्धी उक्त शोधको कतिपयले आलोचना पनि गरेका थिए । उनीहरूले त्यहाँ ताल हुने कुरा असाधारण अवस्था भएको बताउँदै जमिनमुनि ज्वालामुखी भएमा मात्र त्यो हुनसक्ने दाबी गरेका थिए ।

उक्त शोध अहिले नेचर एस्ट्रनमी जर्नरल प्रकाशित भएको छ ।

स्रोतः मजदुर दैनिक

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *