पार्टी कार्यक्रमबारे अन्तरक्रिया कार्यक्रम

  • आश्विन १६, २०७७

काठमाडौँ, १५ असोज । नेमकिपा काठमाडाँै महानगर समितिको आयोजनामा पार्टीको कार्यक्रमबारे अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले ३१ वर्षमा २७ वटा सरकार फेरिए पनि जनताको जनजीविकामा परिवर्तन नआएको बताउनुभयो । पँुजीवादी सरकारमा सामेल हुन पँुजीपतिको सेवक बन्नु सरह भएको उल्लेख गर्दै उहाँले समाजवादको लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले संयुक्त राज्य अमेरिका विश्वबाट एक्लिँदै गइरहेको बताउनुभयो ।

केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाको कार्यक्रमअनुसार समाजवाद र साम्यवादको लागि सबै कार्यकर्ताहरू सक्रिय हुनुपर्ने बताउनुभयो ।

केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले पार्टी कार्यकर्ताहरूको कर्तव्य र अनुशासनबारे प्रस्ट पार्दै माओ त्सेतुङ्गले चिनियाँ जनसेनालाई दिएको अनुशासनका कुराबारे बताउनुभयो ।

काठमाडाँै महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको कार्यक्रममा रत्ना डंगोल, इन्द्रमान महर्जन, कुलनारायण डंगोल, मनिष श्रेष्ठ, सानुकाजी महर्जनलगायतले आ– आफ्नो धारणा राख्नुभएको थियो ।

स्रोतः मजदुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *