भर्खरै :
भेनेजुयालीहरूले अमेरिकी नेतृत्वको षड्यन्त्रमाथि विजयको उत्सव मनाए | युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू | नरसंहारकारी राष्ट्रपति, नरसंहारको राजनीति | शिक्षकहरूबिच राष्ट्रिय/अन्तर्राष्ट्रिय विषयमा नियमित छलफल र अन्तरक्रिया गर्नुपर्ने | लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न | सुस्वास्थ्य र दीर्घायुको लागि जीवनलाई क्रियाशील बनाइरहनु आवश्यक | भक्तपुर नगरपालिकाको सत्रौँ नगरसभा सुरु | नेमकिपा काठमाडौँ जिल्लाको सातौँ जिल्ला सम्मेलन सुरू – कम्युनिस्टको बदनाम नक्कली कम्युनिस्टहरूले गरे | इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी | अमेरिकाको सुरक्षामाथि फेरि प्रश्न |

शाङ्घाईतिर – १०

  • माघ २२, २०८०

-नारायणमान बिजुक्छेँ

पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)

मजदुर निवास क्षेत्रका उपप्रधानसँगको कुराकानीपछि हामी हिँडेरै मजदुरहरू बस्ने घरहरू हेर्न गयौँ । बिच बिचमा हामीहरू घर घरमा घुसेर हेथ्र्यौँ । जम्मै घरहरू सफा थिए । उपप्रधान घरका मालिकहरूसँग हाम्रो परिचय दिँदै जानुहुन्थ्यो ।

घुम्दा घुम्दा हामी एउटा सानो दुईतले घरमा घुस्यौँ । त्यस घरको ढोकामा २७–२८ वर्षकी एक युवती हातमा एउटा प्लास्टिकको झोला लिएर बाहिर जान लागेकी थिइन् । उपप्रधानले उनीसँग परिचय गराइन् । हामी जम्मै तिनको कोठामा गयौँ र कोही मेच, कोही खाटमा बस्दै कुराकानी चल्न लाग्यो । तिनी कपडा कारखानामा काम गर्ने एक मजदुर थिइन् । तिनको नाम वाङ पाङ थियो । कोठा सा¥है सफा थियो र भित्ताको चारैतिर देश विदेशका कम्युनिस्ट नेताहरू र लेखकहरूका फोटोहरू थिए । तिनी ६–७ वर्षकी उमेरदेखि नै कारखानामा काम गर्थिन् । आमाबाबु उनको बालककालमै खसेका थिए । तिनले च्याङ काईशेक प्रतिक्रियावादी शासनको समयमा सा¥है दुःख पाएकी थिइन् । दिनरात काम गर्दा पनि सन्तोषको सास फेर्न पाउँदैन थिइन् । तर, १९४९ मा चीनको मुक्तिपछि वाङ पाङको जीवन नै कायापलट भयो । कम्युनिस्ट पार्टीले वाङ पाङ र अरु सबै मजदुरहरूलाई शिक्षा दिने व्यवस्था ग¥यो । त्यसले गर्दा वाङ पाङको सांस्कृतिक स्तरमा धेरै सुधार आयो र उत्पादनको प्रतियोगितामा भाग लिएर समत्न्दा धेरै अगावै आफ्नो लक्ष्य पार गरिन् । तिनले लामो कुदाइमा भाग लिएर प्राविधिक आविष्कार र शुद्धीकरण आन्दोलनमा भाग लिएर कामलाई ६ दोब्बर चाँडै सिध्याउने कलपुर्जा बनाइदिइन् । तिनको त्यस कार्य सफलताको लागि अध्यक्ष माओ र सरकारबाट वाङ पाङलाई एउटा राम्रो सिँगै घर र अरु धेरै इनाम दिइयो ।

उपप्रधान बोल्दै जानुभयो र वाङ पाङ सुन्दै थिइन् । उनले इनाम पाएको घर खोइ त ? त्यस घरमा किन बस्न जानुभएन भन्ने हाम्रो प्रश्नको उत्तरमा तिनले भनिन्, “मलाई यही घर नै पर्याप्त छ, म र मेरो लोग्नेबाहेक अरु कोही छैन, त्यसैले मलाई अरु घर र कोठाहरूको जरुरत छैन र म यसै घरमा छु ।” त्यो घर के त, तपाईँले बेच्नुभयो ? भन्ने हाम्रो प्रश्नको उत्तरमा तिनले भनिन्, मैले इनाम पाएकै बेला मैले भनिदिएकी थिएँ, त्यो घरमा म बस्दिनँ र लिन्न, बरु घर नभएका अरु मजदुरहरू राखून् । हुन पनि यस्तै भयो । यति भनेर तिनले भित्तामा टाँगिएका अध्यक्ष माओका चित्रहरू भएको २–३ वटा प्रमाणपत्रहरू औँल्याएर देखाउँदै भनिन्, “यी प्रमाणपत्रहरू उत्पादनका रेकर्ड (कीर्तिमान) हरू तोडेको (उछिनेको) मा पाएको, यो प्राविधिक सुधारमा र यो ‘वीर श्रमिक’ को पदकको प्रमाणपत्र । साँच्चै जम्मै गरेर ९ वटाभन्दा बढी प्रमाणपत्रहरू थिए । उपप्रधानले भन्नुभयो, तिनी चीनका नामी अपेरा कलाकार पनि हुन् । तिनले २–३ वटा फिल्ममा पनि हिरोइनको पाठ खेलिसकेकी छिन् । फिल्मी कलाकारको नाउँ सुन्दा मसँगै आएकी भारतीय साथीहरूका कान ठाड ठाडा भए र अनेक प्रकारका प्रश्नहरू गर्न थाले । वाङ पाङको सरल र मिलनसार स्वभाव देखेर हामी असाध्यै प्रभावित भयौँ । तिनीसँग बिदा लिएर हामी फेरि अर्कैतिर घुम्न गयौँ ।

घुम्दा घुम्दै हामी त्यस चुन्यान मजदुर निवास क्षेत्रको १९५२ मा बनाइएको मजदुर निवास स्थानहरूतिर पुग्यौँ । यी घरहरू तीनतले र नयाँ किसिमको थियो । १९५२ मा बनेका यी घरहरूमा १०७२ मजदुरहरू बस्छन् अर्थात् ९५७ मात्रै मजदुर परिवार बस्छन् । यस क्षेत्रमा जम्मा ३३ बालोद्यानहरू छन् । क्लवहरू र ‘आदर निवास’ को पनि राम्रै व्यवस्था रहेछ । हरेक जोडी (स्त्री–पुरुष) लाई एक कोठा ती घरहरूमा पाउँछन् र खाना सामूहिक भान्छा घरमै गर्छन् । घरहरू जम्मै बरण्डा भएका लामालामा थिए । बरण्डा घुम्दा घुम्दै म एउटा कोठामा पसेँ ।

कोठामा ५५ वर्षका एक बुढा बा किताब हेरिरहेका थिए । समय करिब ४ बजेको थियो । म बिनाअनुमति कोठाको दैलोसम्म पुगिसकेको थिएँ । मेरो जुत्ताको आवाजले उनले ढोकातिर आँखा उठाएर हेरे । भादगाउँले टोपी, दौरा–सुरुवालको एक युवक उनको आँखा अगाडि खडा भएको देखेर उनी अक्कमक्क परे । सायद जिन्दगीमा उनले यस्तो पोशाक कहिल्यै देखेकै थिएन होला । एक क्षण अक्कमक्क परिसकेपछि उनले भित्र आउनुस् भने । म भित्र पसिहालेँ । मेरो पछि द्वेभाषी, उपप्रधान र साथीहरू आइहाले । फेरि कोठामा मित्रतापूर्ण कुराहरू सुरु भइहाल्यो ।

परिचयपछि हामीले उनको जीवनको विषयमा सोधपुछ सुरु गरिहाल्यौँ । मैले उनीसँग प्रश्न गरेँ, “तपाईँलाई क्रान्तिभन्दा पहिलेको जीवन राम्रो कि क्रान्तिभन्दा पछिको ?”
क्रान्तिभन्दा पहिले र क्रान्तिपछि कता हो कता आकाश पातालको फरक छ भन्दै उनले आफ्नो अतीतको जीवनक्रमलाई अगाडि राखे । उनले भन्दै गए, हामी तीन पुस्तादेखि यही कपडा कारखानामा काम गर्दै आएका छौँ । मैले यो कारखानामा १३ वर्षको उमेरदेखि नै काम गर्न सुरु गरेको थिएँ । म अपरेटरको काम गर्थेँ । मेरो स्वास्थ्य बरोबर खराब हुन्थ्यो, म बरोबर बिरामी पर्थेँ । बिरामी हुनासाथ काम गर्न नसक्ने भनेर म कारखानाबाट निकालिन्थेँ । क्रान्तिको समयमा म जीवनमरणको दोसाँधमा थिएँ । यदि अध्यक्ष माओ र कम्युनिस्ट पार्टीले नगरेका भए म पहिले नै मरिसक्थेँ हुँला । मुक्ति हुनासाथै म अस्पतालमा भर्ना गरिएँ, जुन अस्पतालमा पहिले धनी मानिसहरूले मात्रै भर्ना हुन पाउँथे । पछि म स्वस्थ हुँदै आएँ । १३ मे १९५७ मा म रिटायर भएँ, किनभने डाक्टरले मलाई आराम गर्ने सल्लाह दिएका थिए । मैले कारखानामा ४० वर्षभन्दा बढी काम पनि गरिसकेको थिएँ ।

सँगै दराजमा राखिएको औषधिका सिसी र बट्टाहरू देखाएर उनले भने, “जम्मै औषधिहरू म निःशुल्क पाउँछु र हप्ताको दुईचोटि डाक्टर आफँै मेरो कोठामा आएर हेर्छन्, यस्तो सहुलियत क्रान्तिभन्दा पहिले सपनामा पनि कल्पना गर्न सकिन्नथ्यो ।” बिच बिचमा हामी उनीसँग अनेक प्रकारका प्रश्नहरू गर्दै पनि जान्थ्यौँ । परिवारसम्बन्धी प्रश्नको उत्तरमा उनले भने, “मेरो जहान (स्वास्नी) पनि रिटायर्ड भइसकेकी छिन्, तर तिनको शरीर बलियो र खाना पकाउनमा सा¥है सिपालु भएकीले उनी अहिले भान्छा घरमा होलिन् र रिटायर्ड भत्ताबाहेक उनले भान्छा घरको विशेष कामको पनि पैसा पाउँछिन् ।” भित्ताका तस्बिरहरू देखाउँदै भन्दै गए, “मेरा दुई छोराहरू सियानको कारखानामा काम गर्छन् र सँगै बसेका बुहारीहरू हुन् ।” उनको भत्ता र पैसाको बारे मैले यसरी प्रश्न राखेँ, “तपाईँ रिटायर्ड भत्ता कति पाउनुहुन्छ र त्यो भत्ताले तपाईँलाई पुग्छ कि पुग्दैन ?” उनले यसरी उत्तर दिए, “म खानाबाहेक २० युआन भत्ता पाउँछु र मेरो जहानको भत्ता र भान्छा घरको ज्याला गरेर जम्मा हाम्रो महिनाको ५० युआन जति हुन्छ । ५० युआनमध्ये अपर्झट खर्च आदि गर्दा महिनाको खर्च ३० युआन जति हुन्छ ।” त्यो बचेको पैसा तपाईँ के गर्नुहुन्छ नि भन्ने मेरो प्रश्नको उत्तरमा उनले भने, “बाँकी बचेको पैसा म कम्युनिस्ट पार्टीलाई दिन्छु ।” अध्यक्ष माओ र कम्युनिस्ट पार्टीलाई तपाईँ किन चन्दा दिनुप¥यो र किन दिनुहुन्छ भन्ने हाम्रो प्रश्नको उत्तरमा उनले भने, “हामीलाई चाहिने खर्च गर्दा पनि हरेक महिना पैसा बच्छ । पैसा जम्मा गर्नु भविष्यमा बिरामी होला, छोराछोरीले दुःख पाउलान् भनेर जम्मा गरिन्छ । तर, अहिले हामीलाई बिरामी भएमा निःशुल्क उपचार गरिरहेकै छ । साथै मेरा छोराहरूको आफ्नै कमाइ छ र उपचार जम्मै निःशुल्क हुन्छ भने पैसा जम्मा गर्नुपर्ने मैले कुनै जरुरी देखिनँ । अध्यक्ष माओ र कम्युनिस्ट पार्टीले मलाई नयाँ जीवन दान गरेको छ र मजस्तै अरू कतिको व्यवस्था पनि उहाँहरूले गर्नुपर्ला । त्यसैले म मेरो बचेको पैसा कम्युनिस्ट पार्टीलाई चन्दा दिन्छु ।”

त्यसपछि उनले अध्यक्ष माओका सङ्कलित रचनाहरू देखाएर भने, “अहिले म यी जम्मै लेखहरू बुझ्छु ।” अब तपाईँलाई के कुरो हेर्ने इच्छा छ भन्ने मेरो प्रश्नको उत्तरमा सरल चिनियाँ भाषामा उनले भने, “मर्नुभन्दा पहिले मेरो देशमा साम्यवादी समाज स्थापना भएको हेर्ने इच्छा गर्छु ।” साधारण चिनियाँ भाषा म बुझ्थेँ । उनको त्यस वाक्य सा¥है सरल थियो र अत्यन्त मिठासपूर्ण । किनभने, एक त चिनियाँ भाषै अति स्वादिलो (Charming) छ । बुढाबाको त्यो वाक्य मेरो मानसमा सधँै ताजा भइरहेको छ र साथै रहने पनि छ । मलाई आश्चर्य लाग्यो, एउटा साधारण चिनियाँ बुढा पनि कत्रो आदर्श कुराको इच्छा राख्दछ । यस कुराले चिनियाँ जनताको राजनैतिक चेतनाको झलक दिन्छ ।
उनीसँग बिदा लिएर हामी मजदुर निवास क्षेत्रका क्लव, सहकारी पसलहरू, सामूहिक स्नानघर आदि हेर्न गयौँ । सहकारी पसलहरूमा सबै मालसामानको मूल्य निर्धारित थियो र स्नानगृह धेरै सीट र आधुनिक ढङ्गको थियो । १९५८ मा मजदुरहरूको लागि बनेको नयाँ निवासहरू पनि हे¥यौँ । ती नयाँ निवासहरू झन् राम्रो र आधुनिक ढङ्गको थियो ।

हामीले यस चुन्यान मजदुर निवास क्षेत्रको प्राइमरी स्कूल, नर्सरी, किनरगार्डनहरू पनि हेर्न गयौँ । प्राइमरी स्कूलमा भित्र पस्नासाथै हामीलाई आश्चर्य लाग्यो । त्यहाँ विद्यार्थीहरूको कोलाहल आवाज थिएन, जस्तो हाम्रो देशका साधारण स्कूलहरूमा सुन्ने गर्छौँ । मतलब स्कूल कम्पाउन्डमा पूर्ण शान्ति थियो । हामी २–३ वटा कक्षाकोठामा घुम्यौँ, कक्षामा विद्यार्थीहरू कालो पाटी (ब्लाय्क बोर्ड) मा टाँगेको फलफुलको चित्र हेरेर ब्रुसले आफ्नो कापीमा उतार्दै थिए अथवा त्यस्तै चित्र कोर्दै थिए या बनाउँदै थिए । त्यहाँ स–साना, ठीक ठीकका डेक्स र मेचहरू थिए । डेक्समा रङ्गका बट्टाहरू खुलिरहेको थियो । विद्यार्थीहरू बरोबर रङ्गमा बु्रस चोप्दै कापीमा भर्दै थिए । फेरि हामी अर्को कक्षामा गयाँै । त्यहाँ पनि विद्यार्थीहरू कालो पाटीमा झुन्ड्याइएको कारखानाको एक तस्बिरलाई माटोको मोडल बनाउनमा व्यस्त थिए । तस्बिर ठिक्कको थियो । विद्यार्थीहरू सबैसँग एक एक डल्ला माटो थियो । तस्बिरको कारखानामा चिम्नीबाट धुवाँ उडिरहेको थियो । विद्यार्थीहरूले कारखाना बनाइसकेका थिए र तिनीहरू चिम्नी र उडिरहेको धुवाँलाई साकार रूप दिन तल्लीन थिए । अरू कक्षाहरूमा भूगोल, गणित आदि विषयहरूको पढाइ हँुदै थियो । हामी स्कूलको प्रधानाध्यापकसँग कक्षा १ मा गयौँ । त्यहाँ स–साना बालक या विद्यार्थीहरूलाई नाचगानको शिक्षा दिइँदै थियो । बालबालिकाहरूले गीत गाए र नाच नाचे, नाचगान सा¥है राम्रो र मिलेको थियो । स्कूलको व्यवस्था अत्यन्त राम्रो थियो र हामीले आफ्नो देशका प्राइमरी स्कूलहरूलाई सम्झन लाग्यौँ । एक दुई प्रश्न उत्तरपछि हामी स्कूलका प्रधानाध्यापकसँग बिदा लिएर नर्सरी र किनरगार्डेन हेर्न गयौँ ।

शिशुशाला चिटिक्क परेको सानो एकतले भवनमा थियो, बरण्डासहित । भवनको चारैतिर फूलबारीमा राम्रा राम्रा अनेक प्रकारका फूलहरू फुलिरहेका थिए । शिशुशालामा केही बालकहरू खेलिरहेका थिए, केही खाइरहेका थिए र केही सुतिरहेका थिए । शिशुशालामा बालकहरूको स्वास्थ्य र सेवामा सा¥है राम्रोसँग ध्यान दिएको देखिन्थ्यो । नानीहरूलाई हामीले गर्ने व्यवहारमा सेविकाहरू (सिस्टर भन्दछन् साधारण भाषामा) बढी सतर्क थिए । बालकहरू सुतिरहेका कोठामा मुश्किलले घुमिफिर गर्न दिन्थे । कारण सोध्दा बालकहरूको निद्रा बिग्रला भन्ने उत्तर पायौँ । हुन पनि ससाना नानीहरूको स्वास्थ्य निन्द्रामा धेरै निर्भर गर्छ ।

बालोद्यानमा घुस्नासाथै ‘काका नमस्ते’ को मधुर स्वरहरूले कोठा गुञ्जन थाल्यो र हरेकले नमस्ते भन्दै हात मिलाउन आए । त्यसपछि बालबालिकाहरूले ‘काका स्वागत’, ‘अध्यक्ष माओ जिन्दावाद’, ‘समाजवाद राम्रो छ’ आदि गीतहरू सुनाएर ‘ताईवान छोड’ ‘अमेरिकी साम्राज्यवाद निक्कली जा’ भन्ने नाचहरू नाचेर देखाए । त्यसपछि मैत्रीगीत र हातेमालो गरेर नाच्ने नाच नाच्न हात र लुगा समातेर नाच्न आइहाले । हाँसो उठ्यो । हामीलाई त्यस्तो नाच नाच्न आउँदैनथ्यो । तैपनि, स–साना बालबालिकाहरूसँग उनीहरूले भने जस्तै घुमी घुमी हात समातेर नाच्यौँ । हामीले यस प्रकारको नाचमा साँच्चै आनन्द अनुभव ग¥यौँ । नाच सिध्याएर सबैसँग बिदा लियौँ । सारा बालबालिकाहरू बरण्डामा आएर हाम्रो मोटर देखुञ्जेल हात हल्लाउँदै कराउँदै थिए, ‘काका बिदा ।’

हामी जुनसुकै कारखाना अथवा निवासस्थान अथवा कम्युनको बालोद्यान हेर्न जान्थ्यौँ, सबै ठाउँमा एकै प्रकारको बालबालिकाहरूको अत्यन्त चाखलाग्दो र उचित तरिकाले व्यवस्था गरेको पायौँ, त्यहाँका बाद्योद्यानका बालबालिकाहरूको व्यवस्था देख्दा हामी आफ्नो घर र देशका बाल–बालिकाहरूको सम्झना हुँदा मनमा ठुलो दुःखको अनुभव हुन्थ्यो ।

पूर्वी चिनियाँ कपडा संस्थान
करिब ५ बजिरहेको थियो । रिसेप्सन हल (सत्कारगृह) पूर्वी चिनियाँ कपडा विश्व विद्यालयका मुख्य मुख्य शिक्षक अथवा प्राध्यापकहरू र विद्यार्थी युनियनका विद्यार्थीहरूले भरेको थियो । प्रिन्सिपल चेन सङ–कुङले नेपाल र भारतका विद्यार्थीहरूलाई आफ्नो विद्यालयमा स्वागत गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो र चीन–नेपाल, चीन–भारतको बिचको मैत्रीको उत्तरोत्तर वृद्धिको कामना गर्नुभयो । विद्यालयका प्रिन्सिपल, प्रोफेसर र विद्यार्थीहरूको भेषभूषा सा¥है साधारण थियो र व्यवहार असाध्यै मिलनसार ।
यस पूर्वी चिनियाँ कपडा संस्थानको स्थापना शाङ्घाईको ११ विश्वविद्यालयहरू मिलाएर १९५१ मा भएको थियो । यस विद्यालयमा जम्मा चार विभागहरू छन् –
१) टेक्सटायल मेसिनरी (कपडासम्बन्धी प्राविधिक विज्ञान),
२) टेक्सटायल मेसिनरी (कपडा कारखाना),
३) डाइङ एन्ड प्रिन्टिङ केमिस्ट्री (रङ लगाउने र छाप्ने रसायनशास्त्र) तथा
४) हिसाब र प्राकृतिक विज्ञान ।
१९५९ देखि यस विद्यालयले ४ वर्षको पाठ्यक्रम चालु ग¥यो । अहिले यस विद्यालयमा ४०९६ विद्यार्थीहरू पढ्छन् र ४५६ शिक्षक या प्राध्यापकहरू काम गर्छन् । केमिस्ट्री (रासायनिक शास्त्र), फिजिक्स (भौतिक विज्ञान), हिटटेक्स टायल आदि विषयहरूको २३ प्रयोगशालाहरू छन् । कपडा, कपास र सिल्क (रेशम) आदिको जम्मा ८ वटा कारखानाहरू छन् ।

विद्यालयको परिचयपछि प्रि. चेन सङ कुङले देशको नयाँ शिक्षा नीतिको विषयमा भन्नुभयो, ९ वर्षसम्मको यस विद्यालयको इतिहासले यो कुरो राम्रोसँग बताएको छ कि कम्युनिस्ट पार्टीको नेतृत्वमा देशको शिक्षा व्यवस्था झन्झन् व्यवहारिक र देश सुहाउँदो भएको छ । १९५८ को ‘लामो कुदाइ’ को लागि शिक्षा उत्पादन श्रमसँग मिलाउनु जरुरी छ भन्ने नीतिले देशको समाजवादी निर्माणमा धेरै महत्वपूर्ण पाठ खेलेको छ । पुरानो शिक्षा व्यवस्थाले देशको समाजवादी निर्माणमा केही पनि योगदान दिन सकेन । नयाँ शिक्षा नीति लागू भयो । नयाँ शिक्षण कला परिपक्व भएको हुनाले चाँडै प्रगति गरियो । पार्टीको आम दिशाअनुसार सारा विद्यार्थीहरू उत्पादन श्रममा भाग लिएर विस्तार विस्तार विद्यार्थीहरूमा माक्र्सवादी–लेनिनवादी चेतना पनि बढ्दै गयो र पार्टीको आम दिशाअनुसार स्वास्थ्यप्रतिको हेरचाह पनि बढ्दै गएको छ र अहिले विद्यार्थीहरू श्रम र वैज्ञानिक खोजबिनको साथसाथै १० महिना कारखानामा काम गर्छन् र २ महिना कम्युन अथवा गाउँमा गएर खेतीको काम गर्छन् । यसरी विद्यार्थीहरू कारखाना र खेत (कम्युन) मा मजदुर र किसानहरूसँगै काम गर्दा उनीहरूमा समाजवादी उत्साह बढ्दै जानुको साथै मानसिक र शारीरिक स्तर पनि माथि उठ्दै गएको छ ।

नयाँ शिक्षा नीतिबाट विद्यार्थीहरूले गरेको प्रगतिसम्बन्धी कुरा बताउँदै प्रि. चेन सङ कुङले भन्नुभयो, नयाँ शिक्षा नीतिले विद्यार्थी र शिक्षकहरूको बिचमा भएको खाडललाई पुरिदिएको छ । अहिले शिक्षक र विद्यार्थीहरूसँगै बसेर साथीहरू सम्झेर छलफल गर्छन्, काम गर्छन्, सैद्धान्तिक ज्ञानमा एक भएर परस्पर सहायताको भावनाले काम गर्छन् र सिक्छन् । यसले सामूहिक जीवनमा धेरै राम्रो प्रगति गरेको छ । नयाँ शिक्षा नीति लागू हुनुभन्दा पहिले विद्यार्थीहरूले किताब र लेक्चरहरूको भरमा सैद्धान्तिक ज्ञानबाट मात्रै राम्रो प्राविधिक ज्ञान हासिल गर्न सकेका थिएनन् । तर, नयाँ शिक्षा नीति व्यावहारिक भएकोले उनीहरूमा प्राविधिक ज्ञान पनि पहिलेको दाँजोमा बढ्न गएको छ । नयाँ शिक्षा नीतिअनुसार जुन कुरो उनीहरू किताब र लेक्चरबाट सिक्दछन्, त्यही कुरो उनीहरू प्रयोग पनि गरेर हेर्छन् र सिक्छन् । यसरी नयाँ शिक्षा नीतिको सैद्धान्तिक र व्यावहारिक ज्ञान सँगसँगै जाने भएकोले विद्यार्थीहरूले परीक्षामा पनि राम्रै नतिजा निकालेका छन् । खास गरेर मेटरोजिकल टेक्नोलजीमा लेक्चरले मात्रै पुग्दै नपुग्ने हुँदा विद्यार्थीहरू प्रयोगबाटै सिक्छन् । पहिलो वर्षका छात्रहरूले पनि कारखानाका सबै कुराहरू सिक्छन् अनि क्लासको लेक्चर पनि राम्रैसँग बुझ्छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *