भेनुजुयलामा शान्तिपूर्ण निर्वाचन

  • मंसिर ९, २०७८

संयुक्त राष्ट्रसंघ, ८ मङ्सिर (सिन्ह्वा) । संयुक्त राष्ट्रसंघले भेनेजुयलामा आइतबार भएको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको बताए ।

संयुक्त राष्ट्रसंघले यहाँको क्षेत्रीय र नगरपालिका निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको आफ्नो अनुमानबाट देखिएको बताएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले सो कुरा जनाएको हो । मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरेर संयुक्त राष्ट्रसंघका महासचिवको प्रेस कार्यालयले यहाँको निर्वाचन आयोग र निर्वाचनका अधिकारीहरुले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ ।

सो विज्ञप्तिमा निर्वाचनको क्रममा भएको केही हिंसाका घटनाहरुका बारेमा जानकारी आएको भन्दै ती सबै घटनाको छानबिन यहाँको सरकार र संयुक्त राष्ट्रसंघले गर्ने बताइएको छ ।

विज्ञप्तिमा यहाँका सबै खालका हिंसा तथा विवादहरु अब यो निर्वाचनमार्फत समाधान हुने अपेक्षा गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *