ताथलीमा मानव कङ्काल फेला

  • मंसिर ८, २०७८

भक्तपुर, ८ मङ्सिर । चाँगुनारायण नपा वडा नं ९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सूर्यबहादुर शाहीलगायत विशेषज्ञसमेतको टोली घटनास्थल पुग्दा ३ फिट गोसाइ भएको लप्सीको रुखको फेद नजिकै ५ फिट ६ इन्चको मानव कङ्काल फेला परेको थियो । प्रहरीले घटनास्थलसहितको लास जाँच मुचुल्का कार्य गर्ने क्रममा उल्लेखित लप्सीको रुखको हाँगामा जुटको डोरीको पासो चुडिएको अवस्थामा रहेको, रुखको फेदमा H=P=Invent लेखेको कालो रङ्गको झोला फेला परेको, झोलासँगै नाम्लोको फिता रहेको, उक्त झोला भित्र चेक सर्ट थान १, चोया काट्ने कर्द (चक्कु), प्लाष्टिकको फिता, बाँसको चोया, प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा रुद्राक्ष, दाँत माझ्ने ब्रस, प्रयोग गरेको मास्क, पत्रिकाको टुक्रा, १ जोर अं.४० नम्बरको खरानी रङ्गको गोल्ड स्टार जुत्ता, Supreme लेखेको सेतो टिसर्ट, Gold Original कालो ज्याकेट र खैरो रङ्गको पाइन्ट रहेको, पाइन्टको दाहिने गोजीमा लाइटर फेला परेको बताइएको छ । कङ्काल पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *