भर्खरै :
जर्मनीका चान्सलर स्कोल्ज चीन भ्रमणमा | इरानले इजरायलमाथि गरेको प्रत्याक्रमणपछि पश्चिमा राष्ट्रहरू गम्भीर चिन्तामा | ‘जादुगरी हतियार’ मिथक र सैन्य–औद्योगिक बृहत् योजना मृत्युबाट लाभ उठाउने बहाना | नेपाल–भारत सीमास्तम्भ हराउने क्रम रोकिएन | संसद्को भए गरेका विवरण स्पष्ट हुनु जरुरी | धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी | संयुक्त राष्ट्रसङ्घीय अधिकार परिषद्द्वारा इजरायललाई हतियार बिक्री रोक्न आग्रह | प्रभात सेकेन्डरी स्कूलको ४२ औँ स्थापना दिवस | इलाम-२ मा नेमकिपाका श्यामबहादुर दर्जीले उम्मेदवारी दर्ता गराए | राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता |

धादिङमा एमसीसी विरुद्ध नेमकिपाको जुलुस

  • मंसिर १, २०७८

धादिङबेसी, मंसिर १ गते । नेपाल र अमेरिकाबीच भएको देशघाती एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीको देशव्यापी जनजागरण अभियान अन्तर्गत धादिङको सदरमुकाम धादिङबेसीमा विरोधसभा सम्पन्न भयो । पुछारबजारबाट सुरु भएको जुलुस माझबजारसम्म पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य कामरेड सुरेन्द्रराज गोसाईँले भन्नुभयो, “युद्ध नचाहने, शान्ति चाहनेले एमसीसीको विरोध गर्नुपर्छ ।” एमसीसी लागू भए हाम्रो देश अर्को छिमेकी देश चीनविरुद्ध प्रयोग हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको संघर्षकै कारण एमसीसी पारित हुनसकेको छैन ।”

सभामा बोल्दै नेक्राविसंघका केन्द्रीय सहसंयोजक सुरेश परियारले भन्नुभयो, “एमसीसी पास भयो भने इतिहासले नेतालाई मात्र कठघरामा उभ्याउने होइन, जनतालाई पनि छोड्नेछैन ।” शासकहरुले गरेका देशघाती सम्झौताहरुबारे जानकारी दिँदै उहाँले देशभक्त जनताले एमसीसीको विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेक्रायुसंघका मीनबहादुर बाटाले धादिङबेसीका जनतालाई एमसीसीविरोधी देशव्यापी संघर्षमा होमिन आह्वान गर्नुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *