संसारकै सबभन्दा बढी वायु प्रदूषण दक्षिण एसियाली देशहरूमा

  • कार्तिक ३०, २०७८

दक्षिण एसियाली देशहरुमा वायु प्रदूषणको समस्या हरेक वर्ष विकराल बन्दै गएको छ । वायुको गुणस्तर नाप्ने स्वीस प्रविधि आइक्युएयरका विज्ञहरुका अनुसार सन् २०२० मा संसारको सबभन्दा प्रदूषित हावा भएका सहरमध्ये बीस वटा भारतमा रहेको जनाएको छ । त्यो सूचीमा बङ्गलादेशका दुई सहर र पाकिस्तानका तीन सहर पनि समावेश भएको बताइको छ ।

आइक्युएयरले निकालेको नतिजाअनुसार संसारकै सबभन्दा वायु प्रदूषण भएका देशहरुमा तीन वटा दक्षिण एसियाकै छन् । जसमा सबभन्दा पहिला बङ्गलादेश र त्यसपछि क्रमशः पाकिस्तान र भारत छन् ।

विश्व स्वास्थ्य सङ्गठनअनुसार संसारका ९० प्रतिशतभन्दा बढी बालबालिकालाई वायु प्रदूषणको कारण श्वासप्रश्वासको समस्या भोग्नुपरिरहेको छ ।

ढाका त्रिव्युनमा विवेक मेनेजेस दक्षिण एसियाली देशहरुमा वायु प्रदूषण अत्यधिक बढ्नुका धेरै कारणमध्ये एउटा प्रमुख कारण कमजोर प्रशासन पनि भएको बताएका छन् । उत्तर दायित्वविहीनताको कारण पनि वायु प्रदूषणको समस्या विकराल बन्दै गएको उनको तर्क थियो ।

“हालै चीनको राजधानी पेइचिङमा वायु प्रदूषणको निकै खराब भयो । त्यसको वायु गुणस्तर सूचाङ्क २२० पुगेको थियो । तर, चीन सरकारले नियन्त्रणका लागि कदम चाल्यो । अनावश्यक सवारी साधन गुड्न रोक लगायो । सबै प्रमुख राजमार्ग बन्द ग¥यो । केटाकेटीलाई नागरिकलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरियो । तर, त्यही बेला भारतमा सूचाङ्क ३१३ पुग्दा पनि रोकथामको निम्ति कुनै प्रयास भएको थिएन । भारतको उत्तर प्रदेशको सहर मेरुतको वायु गुणस्तर सूचाङ्क बढेर ४४० पुगेको थियो ।

केही साताअघि सेप्टेम्बर महिनामा सिकागो विश्वविद्यालयले एयर क्वालिटी अफ इन्डेक्स जारी गरी बङ्गलादेश, भारत, नेपाल र पाकिस्तानका जनताले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आफ्नो देशको हावाको गुणस्तर बढाउन सके अहिलेभन्दा ५.६ वर्ष बढी बाच्ने निष्कर्ष निकाल्यो ।

सो अध्ययनअनुसार सन् २०१९ को तहमा वायु प्रदूषण कायम रहे दिल्ली र कोलकोत्ताका बासिन्दाको औसत आयु नौ वर्षले घट्नेछ ।

हालै भारतको राजधानी दिल्लीमा वायु प्रदूषण अचाक्ली बढ्दा त्यहाँको सर्वाेच्च अदालतले केही दिन दिल्लीमा लकडाउन गर्न सल्लाह दिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *